अधिकांश वाणिज्य बैंकको ईपीएसमा गिरावट, कुनको कति छ ? (सूचीसहित)
काठमाडौं । अधिकांश वाणिज्य बैंकहरुको प्रतिशेयर आम्दानी (ईपीएस) मा गिरावट आएको छ । वाणिज्य बैंकहरुले प्रकाशित गरेको चालु आर्थिक वर्षको प्रथम त्रैमासिक वित्तीय विवरण अनुसार बैंकहरुको ईपीएस निरन्तर खुम्चिदै गएको देखिएको हो । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत भएका...
सिटिजन्स क्यूआर मर्चेन्ट लोन: क्यूआर कारोबार आधारमा ५० हजारदेखि ५ लाखसम्म ऋण सुविधा
काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आफ्ना ग्राहकहरुलाई उत्कृष्ट बैंकिङ सेवा सुविधाहरु प्रदान गर्ने क्रममा बैंकमा आवद्ध क्यूआर मर्चेन्टहरूका लागि नयाँ डिजिटल ऋण सुविधा “सिटिजन्स क्यूआर मर्चेन्ट लोन” योजना सार्वजनिक गरेको छ। यो योजना बैंकको डिजिटल बैंकिङ यात्राको अर्को...
महालक्ष्मी विकास बैंकका ग्राहकलाई सिदार्थ हस्पिटालिटीसहित ५ स्थानमा आकर्षक छुट, कुनमा कति ?
काठमाडौँ । सबल बैंक, सफल सहकार्य को नारालाई आत्मसाथ गर्दै नेपाली जनताको घरदैलोमा विगत ३१ वर्ष देखि अनवरत रुपले गुणस्तरीय वित्तीय सेवा प्रदान गर्दै आएको यस महालक्ष्मी विकास बैंक लिमिटेडले स्वास्थ्य, होटल तथा रेष्टुरेन्ट क्षेत्रका संस्थासँग समन्वय गरी अगाडि...
माछापुच्छ्रे बैंकको संस्थापक शेयर बिक्रीमा
काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले संस्थापक शेयरधनी गान्धी पंडितको नाममा रहेको ९८ हजार ८९७ कित्ता संस्थापक शेयर बिक्रीमा राखेको छ। बैंकले उक्त शेयर हाल बैंककै विद्यमान संस्थापक शेयरधनीले मात्रै किन्न पाउने गरी बिक्रीमा राखेको हो। इच्छुक संस्थापक शेयरधनीले आगामी...
ऋण असुली नहुँदा बैंकिङ क्षेत्रमा चुलिँदै खराब कर्जाः १५ बैंकको एनपीएल बढ्यो, हिमालयनको सबैभन्दा उच्च
काठमाडौँ । १५ वाणिज्य बैंकको खराब कर्जा बढेको छ । जेनजी आन्दोलनले कर्जा असुलीमा समस्या ल्याउँदा खराब कर्जा चुलिँदै गएको हो । चालु आर्थिक वर्ष २०८२।०८३ को पहिलो त्रैमास (साउनदेखि असोज) सम्मको तथ्याङ्गले यस्तो देखाएको हो । गत आर्थिक...
नेपाल फाइनान्सकी स्वतन्त्र सञ्चालक रोजिना श्रेष्ठले दिइन् राजीनामा
काठमाडौं । नेपाल फाइनान्स लिमिटेडकी स्वतन्त्र सञ्चालक रोजिना श्रेष्ठले आफ्नो व्यक्तिगत कारण देखाउँदै सञ्चालक पदबाट राजीनामा दिएकी छिन्। संस्थाको कात्तिक २१ गते शुक्रबार दिउँसो बसेको ४०६औं सञ्चालक समितिको बैठकले श्रेष्ठको राजीनामा स्वीकृत गरेको हो। कम्पनीले सो निर्णय तत्काल लागू...
आइसिएफसि फाइनान्सद्वारा लाभांश घोषणा
काठमाडौँ । आइसिएफसि फाइनान्सले लाभांश घोषणा गरेको छ । गत आर्थिक वर्षको मुनाफाबाट कम्पनीले लाभांश प्रस्ताव गरेको हो । कम्पनीको कात्तिक २३ गते बसेको सञ्चालक समितिको बैठकले हाल कायम रहेको चुक्तापूँजी १५.७८९५ प्रतिशत नगद लाभांश (करसहित) दिने निर्णय गरेको...
स्वावलम्बन लघुवित्तले ५० करोड रुपैयाँको सहायक आवधिक ऋणपत्र जारी गर्ने
काठमाडौं । स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडले ५० करोड रुपैयाँ बराबरको सहायक आवधिक ऋणपत्र जारी गर्ने प्रक्रिया अघि बढाएको छ। संस्थाको सञ्चालक समितिको कात्तिक २१ गते बसेको ४६६औं बैठकले सुरक्षण नराखिएको ५० करोड रुपैयाँको सहायक आवधिक ऋणपत्र ८ प्रतिशत...
शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको लाभांश घोषणा
काठमाडौं । शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक लिमिटेडको कात्तिक २१ गते दिउँसो बसेको सञ्चालक समितिको बैठकले कुल १३ प्रतिशत लाभांश घोषणा गरेको छ। बैंकल गत आर्थिक वर्षको वितरणयोग्य सञ्चित मुनाफाबाट शयरधनीहरूलाई हाल कायम चुक्ता पूँजीको ३ प्रतिशत बोनस शेयर र...
मानुषी लघुवित्तको नाफासँगै प्रतिशेयर आम्दानी धनात्मक
काठमाडौं । मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडले चालू आर्थिक वर्ष (आव) को तीन महीनाको अवधिमै ४२ लाख ९१ हजार रुपैयाँ खुद नाफा कमाउन सफल भएको छ। गत आवको तीन महीनामा कम्पनी ५६ लाख १६ हजार रुपैयाँ खुद घाटामा रहेको...
एनआईसी एशिया लघुवित्तको सञ्चालकमा दिवाकर भट्टराई नियुक्त
काठमाडौं । एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडको सञ्चालकमा दिवाकर भट्टराई नियुक्त भएका छन्। संस्थापक एनआईसी एशिया बैंक लिमिटेडको सञ्चालक समितिको निर्णय अनुसार उनलाई संस्थापक समूहको प्रतिनिधि सञ्चालकका रूपमा मनोनयन गरिएको हो। कात्तिक १९ गते बसेको लघुवित्तको सञ्चालक समितिको...
मध्यरातसम्म प्रभु बैंकमा छापा, सिईओ सम्पर्कविहीन
काठमाडौं । हिजो मध्यरातमा प्रभु बैंकमा छापा मारेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो र नेपाल राष्ट्र बैंकको टोलीले हिजो मध्यरातमा प्रभु बैंकमा छापा मारेको हो । शुक्रबार दिउसो २ बजेदेखि साँझ १०ः३० बजेसम्म बैंकमा सिआइबी र राष्ट्र बैंकको...
महालक्ष्मी विकास बैंकको नाफा ९ करोड ७५ लाख, अधिकांश सूचकमा चमक
काठमाडौँ । महालक्ष्मी विकास बैंकले चालु आर्थिक वर्ष २०८२।०८३ को पहिलो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । विवरण अनुसार कम्पनीको मुनाफा ९ करोड ७५ लाख १२ हजार रुपैयाँ पुगेको हो । कम्पनीले आर्जन गरेको नाफा गत आर्थिक वर्र्षको...
गरिमा विकास बैंकको मुनाफा २५ करोड, अधिकांश सूचकमा लोभलाग्दो प्रगती
काठमाडौँ । गरिमा विकास बैंकले चालु आर्थिक वर्ष २०८२।०८३ को पहिलो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक विवरण अनुसार कम्पनीको नाफासहित अधिकांश सूचकमा सुधार देखिएको हो । तीन महिनाको अवधिमा बैंकको नाफा ११ प्रतिशतले बढेर २५ करोड...
माउण्टेन इनर्जीको लाभांश घोषणा, बोनस र नगद कति?
काठमाडौं । माउण्टेन इनर्जी नेपाल लिमिटेडले आफ्ना शेयरधनीहरूलाई लाभांश दिने घोषणा गरेको छ। कम्पनीको कात्तिक २० गते बसेको सञ्चालक समितिको बैठकले लाभांश घोषणा गरेको हो। बैठकले हाल कायम चुक्त पूँजीको २० प्रतिशत बोनस शेयर र १.०५२६ प्रतिशत नगद लाभांश...
विकास बैंकको नाफा ७८ करोड ३४ लाखः गरिमा अग्रस्थानमा हुँदा लुम्बिनीको भने ऋणात्मक, कसले कति कमाए ?
काठमाडौँ । चालु आर्थिक वर्ष २०८२।०८३ को पहिलो त्रैमाससम्मको अवधिमा राष्ट्रिय स्तरका विकास बैंकको नाफा प्रभावित भएको छ । बैंकहरुले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार नाफा ४५.२० प्रतिशतले घटेको हो । गत आर्थिक वर्ष २०८१।०८२ को पहिलो त्रैमाससम्ममा १...
मुक्तिनाथ विकास बैंकको नाफा साढे २२ करोड, कस्तो छ अन्य सूचकको वित्तीय अवस्था ?
काठमाडौँ । मुक्तिनाथ विकास बैंक लिमिटेडले चालु आर्थिक वर्ष २०८२।०८३ को पहिलो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । विवरण अनुसार कम्पनीको खुद नाफा २२ करोड ४७ लाख ७४ हजार रुपैयाँ रहेको हो । कम्पनीले आर्जन गरेको नाफा गत...
इन्भेष्टमेन्ट मेगा बैंकको नाफा ९७ प्रतिशतले घट्यो, इपीएसमा समेत भारी गिरावट
काठमाडौँ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको नाफामा गिरावट आएको छ । कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८२।०८३ को पहिलो त्रैमाससम्मको अवधिमा बैंकको नाफा ९६.९२ प्रतिशतले घटेर ४ करोड ५० लाख ५० हजार रुपैयाँमा सीमित भएको हो । गत...
पहिलो त्रैमाससम्ममा वाणिज्य बैंकको नाफा १३ अर्ब १४ करोड, ५ बैंक अर्ब क्लबमा, कुनको अवस्था कस्तो ?
काठमाडौँ । चालु आर्थिक वर्ष २०८२।०८३ को पहिलो त्रैमासम्म (साउनदेखि असोज) मा वाणिज्य बैंकले १३ अर्ब १४ करोड ९८ लाख २३ हजार मुनाफा आर्जन गरेका छन् । बैंकहरुले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार यस्तो देखाएको हो । बैंकहरुको नाफा...
प्राइम कमर्सियल बैंकको नाफासँगै घट्यो प्रतिशेयर आम्दानी, कस्ता छन् अन्य सूचाङ्क?
काठमाडौं । प्राइम कमर्सियल बैंक लिमिटेडले आज सार्वजनिक गरेको चालू आवको पहिलो त्रैमासिक वित्तीय विवरण अनुसार खुद नाफा २.२० प्रतिशतले घटेको छ। बैंकले गत आवको असोज मसान्तसम्म १ अर्ब २८ करोड ६७ लाख रुपैयाँ खुद नाफा कमाएकोमा यस वर्षको...




















