मोलुङ हाइड्रोपावरको लक इन अवधि आजदेखि समाप्त हुँदै

काठमाडौं । मोलुङ्ग हाइड्रोपावर कम्पनी लिमिटेडको कुल ५३ लाख २१ हजार ७० कित्ता शेयरको लकइन अवधि आज अर्थात् फागुन १८ गते सकिने भएको छ। कम्पनीको संस्थापकतर्फको ४४ लाख ९४ हजार कित्ता, कर्मचारीतर्फको ५४ हजार ५७० कित्ता र आयोजना प्रभावित...


निर्वाचन अवधिमा पनि बैंकिङ सेवा खुला राख्ने राष्ट्र बैंकको निर्देशन

काठमाडौं । प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि बैंक तथा वित्तीय संस्थाहरूले निर्वाचन अवधिमा पनि सेवा प्रदान गर्ने भएका छन् । नेपाल राष्ट्र बैंकले निर्वाचनलाई मध्यनजर गरी सार्वजनिक बिदाका दिनमा पनि वित्तीय सेवा सञ्चालन गर्न बैंकहरूलाई निर्देशन दिएको हो। सरकारले...


नबिल निःशुल्क जलन उपचार शिविर सम्पन्न, ६५ जना बिरामीको उपचार

काठमाडौं । कैलालीको धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा तीनदिने ‘नबिल निःशुल्क जलन उपचार शिविर’ सम्पन्न भएको छ । यही फागुन १२ देखि १४ गतेसम्म सञ्चालन भएको उक्त शिविरमार्फत ६५ जना जलनका बिरामीहरूले निःशुल्क उपचार पाएको बैंकले जनाएको छ । शिविरमा...


सिन्धु विकास बैंकको स्थगित साधारणसभा पुनः आह्वान

काठमाडौं । सिन्धु विकास बैंक लिमिटेडले फागुन १५ गते शुक्रबार दिउँसो साढे १ बजे काभ्रेपलाञ्चोकको धुलिखेलस्थित होटल सारथीमा बोलाएको सोह्रौं वार्षिक साधारणसभा स्थगित भएपछि फागुन २९ गते शुक्रबार पुनः साधारणसभा आह्वान गरेको छ। लाभांश वितरण नगर्ने निर्णय गरिसकेको यस...


कर्णाली डेभलपमेन्ट बैंकका तत्कालीन अध्यक्षसहित ५ जना सञ्चालकसँग पुनः स्पष्टीकरण माग

काठमाडौं । समस्याग्रस्त घोषित कर्णाली डेभलपमेन्ट बैंकका तत्कालीन अध्यक्षसहित पाँच जना सञ्चालकलाई नेपाल राष्ट्र बैंकले पुनः स्पष्टीकरण पेश गर्न निर्देशन दिएको छ। केन्द्रीय बैंकअन्तर्गतको वित्तीय संस्था सुपरीवेक्षण विभागले आइतबार सार्वजनिक सूचना जारी गर्दै बैंकका तत्कालीन अध्यक्ष डा. ओम प्रकाश...


श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्सको सीईओमा अनिल जोशी नियुक्त

काठमाडौँ । श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा अनिल जोशी नियुक्त भएका छन् । फागुन १५ गते बसेको सञ्चालक समितिको बैठकले जोशीलाई सीईओको जिम्मेवारी दिएको हो । उनलाई आगामी ४ वर्षका लागि सीईओ नियुक्त...


बैंकिङ प्रणालीबाट ११० अर्ब निक्षेप संकलन गर्दै राष्ट्र बैंक

काठमाडौँ ।  नेपाल राष्ट्र बैंक ले बैंकिङ प्रणालीमा देखिएको अत्यधिक तरलता व्यवस्थापन गर्न आज ११० अर्ब रुपैयाँ निक्षेप संकलन गर्ने भएको छ। केन्द्रीय बैंकले ८७ दिन अवधिको अल्पकालीन उपकरणमार्फत उक्त रकम उठाउन लागेको जनाएको छ। राष्ट्र बैंकका अनुसार इच्छुक...


स्वाभिमान लघुवित्तको लाभांश घोषणा, बोनस र नगद कति?

काठमाडौं । स्वाभिमान लघुवित्त वित्तीय संस्था लिमिटेडको फागुन १५ गते शुक्रबार बसेको सञ्चालक समितिको बैठकले लाभांश घोषणा गरेको छ। बैठकले गत आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट शेयरधनीलाई हाल कायम चुक्ता पूँजी १५ करोड ३४ लाख ४५ हजार रुपैयाँको ९.५० प्रतिशत...


सिबिफिनद्वारा राष्ट्र बैंकको अर्धवार्षिक मौद्रिक समीक्षा स्वागत, लगानी विस्तारमा सकारात्मक प्रभाव पर्ने विश्वास

काठमाडौं । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीतिको दोस्रो त्रैमासिक (अर्धवार्षिक) समीक्षा सार्वजनिक गरेसँगै सिबिफिनले त्यसलाई सावधानीपूर्ण, मापनयोग्य तथा स्थिरतामुखी दृष्टिकोणसहितको सन्तुलित कदमका रूपमा स्वागत गरेको छ। सिबिफिनका अनुसार विश्वका अधिकांश उदीयमान अर्थतन्त्रहरूमा देखिएको क्रमिक सुधारको...


सिटिजन्स बैंक र मेदान्ताबीच सम्झौता नवीकरण, भारतका ६ थप अस्पतालमा १५ प्रतिशतसम्म छुट

काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेसनल र भारत स्थित मेदान्त द मेडिसिटि अस्पतालबीच सिटिजन्स बैंकका कार्ड वाहक ग्राहकहरुलाई अस्पतालको सेवाशुल्कमा १५ प्रतिशतसम्म छुट दिने सम्बन्धी समझदारीपत्रमा पुन : हस्ताक्षर भएको छ । यसअघि प्रदान गरिएको छुट सुविधा केवल मेदान्ता, गुडगावँमा...


लक्ष्मी सनराइज बैंकको तीन लाख १६ हजार कित्ता शेयर बिक्रीमा, कहाँ दिने खरिद आवेदन ?

काठमाण्डौं । लक्ष्मी सनराइज बैंक लिमिटेडले तीन लाख १६ हजार ३०६ कित्ता शेयर बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक समुहको शेयर बिक्रीमा ल्याएको हो । बैंकले विद्यमान संस्थापक शेयरधनीहरुका लागि सो शेयर बिक्रीमा राखिएको जनाएको छ । शेयर खरिद...


नेपाल इन्भेष्टमेण्ट मेगा बैंक ४१ औँ वर्षमा प्रवेश, डिजिटल रूपान्तरण र समाजसेवामा सक्रिय

काठमाडौँ । नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडले ४१ औँ वार्षिकोत्सव मनाउँदै चार दशकभन्दा लामो सफल बैंकिङ यात्रामा ग्राहक, सेयरधनी, नियामक निकाय, साझेदार संस्था र सम्पूर्ण कर्मचारीहरूको योगदानप्रति आभार व्यक्त गरेको छ। बैंकले आफ्नो स्थायी वित्तीय उपस्थिति र विश्वासयोग्य सेवा...


२८ लघुवित्तको प्रतिशेयर आम्दानी २० रुपैयाँमाथिः चार कम्पनी ऋणात्मक, कुनको कति ?

काठमाडौँ । लघुवित्त संस्थाहरुको नाफामा सुधार देखिएसँगै प्रतिशेयर आम्दानी (इपीएस)मा पनि सुधार देखिएको छ । चालु आर्थिक वर्ष २०८२।०८३ को दोस्रो त्रैमाससम्मको अवधिमा अधिकांश कम्पनीको प्रतिशेयर आम्दानी बढेको हो । चालु आर्थिक वर्षको ६ महिनामा ५० लघुवित्तको प्रतिशेयर आम्दानी...


नेरुडे मिर्मिरे लघुवित्तको नायब सीईओमा पवन कुमार श्रेष्ठ नियुक्त

काठमाडौँ । नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडको नायब प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा पवन कुमार श्रेष्ठ नियुक्त भएका छन् । फागुन १ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले श्रेष्ठलाई नायब सीईओको जिम्मेवारी दिएको हो । उनलाई फागुन ५...


सहकारी ऋण नतिर्ने २८४ ऋणीलाई पाँच दिनभित्र तिर्न प्रशासनको चेतावनी

काठमाडौँ । काभ्रेपलाञ्चोकमा सञ्चालित समस्याग्रस्त सहकारी संस्थाबाट ऋण लिएर लामो समयसम्म भुक्तानी नगर्ने ऋणीमाथि प्रशासनले कडाइ सुरु गरेको छ। जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोक ले संयुक्त रूपमा सार्वजनिक सूचना जारी गर्दै बक्यौता रकम तत्काल चुक्ता गर्न...


कार किन्ने सुनौलो अवसर: ५.९१ प्रतिशत ब्याजदरमा नबिल बैंकको अटो लोन

काठमाडौँ । अटो बजारमा प्रतिस्पर्धा चुलिँदै जाँदा बैंकहरूबीच पनि कर्जा अफरमा आक्रामकता देखिन थालेको छ। यसैक्रममा नबिल बैंकले विद्युतीय तथा पेट्रोलियम दुवै प्रकारका प्यासेन्जर कार खरिदका लागि ५.९१ प्रतिशत वार्षिक ब्याजदरमा कर्जा उपलब्ध गराउने योजना सार्वजनिक गरेको छ। बैंकले...


साम्बाको उपचारमा कृषि विकास बैंकद्वारा १० लाख सहयोग

काठमाडौँ । कृषि विकास बैंक लिमिटेड ले नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान तथा आफ्नी ब्रान्ड एम्बेसडर सावित्रा भण्डारी (साम्बा) लाई घुँडाको जटिल शल्यक्रिया तथा पुनःस्थापनाका लागि १० लाख रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ। फुटबल खेल्ने क्रममा लागेको...


बैंकिङ प्रणालीबाट ४० अर्ब रुपैयाँ झिक्दै केन्द्रिय बैंक, बोलकबोल दिउँसो ३ बजे

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीमा भएको अधिक तरलता व्यवस्थापनका लागि आज ४० अर्ब रुपैयाँ झिक्न लागेको छ । केन्द्रीय बैंकले अल्पकालिन उपकरण निक्षेप संकलनमार्फत ८८ दिनका लागि उक्त रकम झिक्न लागेको हो । राष्ट्र बैंकले अनलाइन बिडिङ...


कालोसूचीमा कडाइभन्दा सुधारको बाटो: ऋणीलाई ६ महिनासम्म राहत दिने राष्ट्र बैंकको निर्णय

काठमाडौँ । आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा सार्वजनिक गर्दै नेपाल राष्ट्र बैंकले ऋणीलाई लक्षित गर्दै महत्त्वपूर्ण सहुलियत घोषणा गरेको छ। बैंकले परिस्थितिजन्य कारणले तत्काल ऋण चुक्ता गर्न नसक्ने ऋणीलाई कालोसूचीमा समावेश नगर्ने व्यवस्था प्रभावकारी रूपमा कार्यान्वयन...


छिमेक लघुवित्तको शेयर सर्वसाधारणलाई बिक्रीमा, मूल्य कति?

काठमाडौं । छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक शेयरधनी विनिता अधिकारीको नाममा रहेको ४२ हजार २३५ कित्ता संस्थापक शेयर बिक्रीमा राखेको छ। यसअघि कम्पनीकै विद्यमान संस्थापक शेयरधनीलाई प्राथमिकता दिएर खरीद आह्वान गरेकोमा संस्थापक शेयरधनीबाट निवेदन प्राप्त नभएकोले शेयरको न्यूनतम...