कामना सेवा विकास बैंकको नगद लाभांश शेयरधनीको खातामा जम्मा
काठमाडौं । कामना सेवा विकास बैंकले आर्थिक वर्ष २०८२/८३ का लागि साधारण शेयरधनीलाई पारित १५ प्रतिशत नगद लाभांश वितरण शुरु गरेको छ। बैंकको भदौ ३१ गते सम्पन्न २०औं वार्षिक साधारण सभाले नगद लाभांशमा लाग्ने करसमेत समेटेर १५ प्रतिशत नगद...
वित्तीय अपराध नियन्त्रणमा सिङ्गो सरकारी संयन्त्र सक्रिय हुनुपर्छः गभर्नर पौडेल
काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर प्रा. डा. विश्वनाथ पौडेलले वित्तीय अपराध नियन्त्रण तथा वित्तीय सुशासन कायम गर्न नियामक, अनुसन्धान र अभियोजनसँग सम्बन्धित निकायबीच प्रभावकारी सहकार्य, समन्वय र पृष्ठपोषण आवश्यक रहेको बताएका छन् । काठमाडौंमा असोज ४ गते आयोजित...
प्रभु बैंकले ल्यायो प्रवासी नेपालीका लागि आकर्षक घर कर्जा योजना
काठमाडौँ । प्रभु बैंक लिमिटेडले विदेशमा रही काम गरिरहेका तथा विदेशमा बसोबास गर्ने नेपाली नागरिकलाई लक्षित गर्दै “प्रभु प्रवासी समृद्धि घर कर्जा योजना २०८३/८४” सार्वजनिक गरेको छ। यस योजनामार्फत प्रवासी नेपालीलाई आफ्नो घर तथा जग्गा खरिदसम्बन्धी आवश्यकताका लागि सहज,...
सस्तो ब्याजदरले घरकर्जामा उत्साह: वर्षदिनमा ३७ बैंकले दिए ५१ अर्ब ऋण, कुनले कति?
काठमाडौँ । बैंक तथा वित्तीय संस्थाबाट ऋण लिएर व्यक्तिगत घर निर्माण गर्ने गर्नेहरूको संख्या बढ्दै गएको छ । एक वर्षको अवधिमा वाणिज्य बैंक र विकास बैंकबाट ब्यक्तिगत घर निर्माणका लागि झण्डै ५१ अर्ब रुपैयाँ कर्जा प्रवाह भएको हो ।...
राष्ट्र बैंकका पाँच उपनिर्देशकले लिए अवकाश
काठमाडौं । नेपाल राष्ट्र बैंकका विभिन्न कार्यालय तथा विभागमा कार्यरत पाँच जना उपनिर्देशकले भदौ महिनामा बैंक सेवाबाट अवकाश लिएका छन्। नेपाल राष्ट्र बैंकको मानव संसाधन व्यवस्थापन विभागका अनुसार उमेरहदका कारण उनीहरू सेवा निवृत्त भएका हुन्। बैंकको नियमअनुसार ५८ वर्ष...
शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले १६ प्रतिशत लाभांश दिने, साधारणसभा असोज २८ गते
काठमाडौं । शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को नाफाबाट कुल १६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। बैंकले १० प्रतिशत नगद लाभांश र ६ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्तावसहित १८औँ वार्षिक साधारण सभा बोलाएको...
हिमालयन बैंकको ८ लाख ५० हजार कित्ता संस्थापक शेयर सर्वसाधारणलाई बिक्रीमा
काठमाडौं । हिमालयन बैंक लिमिटेडले विभिन्न चारजना संस्थापक शेयरधनीहरूको नाममा रहेको ८ लाख ५० हजार १२४.५७ कित्ता संस्थापक शेयर बिक्रीमा राखेको छ। बैंकले संस्थापक शेयरधनी अमिर रत्न डंगोलको नाममा रहेको १ लाख कित्ता, मिना महर्जनको नाममा रहेको ३ लाख...
एक महिनामै विकास बैंकको नाफा ६५ करोड: मुक्तिनाथलाई पछ्याउँदै गरिमा, ५ कम्पनी ऋणात्मक
काठमाडौँ । चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो महिनामा विकास बैंकहरूले ६५ करोडभन्दा धेरै खुद नाफा आर्जन गरेका छन् । नेपाल राष्ट्र बैंकको तथ्याङ्कअनुसार हाल सञ्चालनमा रहेका १७ विकास बैंकले चालु आर्थिक वर्षको साउन मसान्तसम्ममा कुल ६५ करोड ७९...
साझा यातायातमा डिजिटल टिकटिङ, इन्भेष्टमेण्ट मेगा बैंक बन्यो पेमेन्ट पार्टनर
काठमाडौं । नेपालको सार्वजनिक यातायातलाई आधुनिक, पारदर्शी, प्रविधिमैत्री तथा अन्तर्राष्ट्रियस्तरको प्रणालीका रूपमा विकास गर्ने उद्देश्यअनुरूप साझा यातायात ९सहकारी संस्था लिले सार्वजनिक यातायात सञ्चालन तथा भाडा संकलन प्रणालीलाई डिजिटल प्रविधिमार्फत थप व्यवस्थित बनाउने पहल अघि बढाएको छ । यसै अभियानअन्तर्गत...
जनउत्थान सामुदायिक लघुवित्तका विभिन्न पदमा कर्मचारी माग, कति चाहिन्छ योग्यता?
काठमाडौं । पूर्वको पर्सादेखि कञ्चनपुरसम्मका तराईका ११ वटा जिल्ला र पहाडी ८ जिल्ला गरी जम्मा १९ जिल्ला कार्यक्षेत्र रहेको नेपाल राष्ट्र बैंकबाट घ वर्गको इजाजतपत्रप्राप्त जनउत्थान सामुदायिक लघुवित्तले विभिन्न पदहरूमा कर्मचारी माग गरेको छ। कम्पनीले अधिकृत पदमा १ जना,...
सिटिजन्स बैंकद्वारा सेती प्रादेशिक अस्पताललाई आर.ओ. प्रणाली सहयोग
काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायत्वि अन्तर्गत धनगढी–०१, कैलालीमा अवस्थित सेती प्रादेशिक अस्पतालको डायलासिस युिनटलाई रिभर्स ओस्मोसिस प्रणाली उपलब्ध गराई सहयोग प्रदान गरेको छ । यस सहयोगले सुदूरपश्चिम प्रदेशभरका मृगौला रोगी बिरामीहरूलाई प्रदान गरिने डायलासिस सेवालाई...
कालिका लघुवित्तको १२ हजार कित्ता शेयर सर्वसाधारणका लागि बिक्रीमा
काठमाडौँ । कालिका लघुवित्त वित्तीय संस्थाले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । कम्पनीले संस्थापक शेयरधनीको नाममा रहेको १२ हजार १८४ कित्ता संस्थापक बिक्रीमा राखेको हो । उक्त शेयर खरिदका गर्ने चाहाने जो सुकै व्यक्ति तथा कम्पनीले खरिद आवेदन दिन...
माछापुच्छ्रे बैंकको साधारणसभा असोज २८ गते, लाभांश पारित गरिने
काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले आफ्नो २८औँ वार्षिक साधारण सभा असोज २८ गते पोखरामा बोलाएको छ। बैंकको असोज २ गते बसेको सञ्चालक समितिको ५६५औँ बैठकले साधारण सभा होटल पोखरा ग्राण्ड, पार्दी, पोखरामा बिहान ११ बजे गर्ने निर्णय गरेको हो।...
प्रभु बैंकद्धारा बाढी प्रभावित परिवारहरुका लागी आश्रय स्थललाई बंक बेड हस्तान्तरण
काठमाडौँ । प्रभु बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत पहेंलो गुम्बामा आवश्यक ६ थान दुई तल्ले खाट हस्तान्तरण गरेको छ । देशमा आएका प्राकृतिक प्रकोप तथा बाढीका कारण उक्त गुम्बामा आश्रित परिवारहरुको तत्कालिन आवश्यकतालाई मध्यनजर गर्दे बैंकले काठमाण्डौं स्थित...
साउनको बैंकिङ तस्वीरः निक्षेप २० अर्ब ७१ करोड घट्दा कर्जा २३ अर्ब ५८ करोड बढ्यो
काठमाडौँ । चालु आर्थिक वर्ष २०८३।०८४ पहिलो महिनामा बैंक तथा वित्तीय संस्थाहरूमा रहेको निक्षेप ०.३ प्रतिशत (२० अर्ब ७१ करोड) ले घटेर ८२ खर्ब ५६ अर्ब २१ करोड कायम भएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्याङ अनुसार...
एकै महिनामा बैंक तथा वित्तीय संस्थाका ३ कार्यालय बन्द
काठमाडौँ । चालु आर्थिक वर्ष २०८३।०८४ को पहिलो महिनामा बैंक तथा वित्तीय संस्था ३ शाखा कार्यालय बन्द भएका छन् । २०८३ असार मसान्तमा बैंकतथा वित्तीय संस्थाहरू (लघुवित्त वित्तीय संस्थासमेत) को शाखा सङ्ख्या ११ हजार ३३२ रहेकोमा २०८३ साउन मसान्तमा...
महँगीले थिचिँदै सर्वसाधारण, मुद्रास्फीति पुग्यो ५.९६ प्रतिशत
काठमाडौं । चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो महिना साउनमा नेपालको वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति ५.९६ प्रतिशत पुगेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको साउन महिनाको आर्थिक तथा वित्तीय अवस्थासम्बन्धी तथ्याङ्कअनुसार गत वर्षको सोही महिनामा मुद्रास्फीति १.६८ प्रतिशत...
३९ खर्ब ४६ अर्ब पुग्यो विदेशी विनिमय सञ्चिति, २१.८ महिनाको आयात धान्ने
काठमाडौँ । २०८३ असार मसान्तमा ३८ खर्ब ९७ अर्ब ६७ करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति १.२ प्रतिशतले वृद्धि भई २०८३ साउन मसान्तमा ३९ खर्ब ४६ अर्ब २३ करोड पुगेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्याङ...
चालु खाता ९४ अर्ब ५९ करोडले बचतमा, शोधनान्तर स्थिति पनि ९० अर्बमाथि
काठमाडौँ । चालु आर्थिक वर्षको पहिलो महिनामा चालु खाता ९४ अर्ब ५९ करोडले बचतमा रहेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्याङ अनुसार यस्तो देखाएको हो । अघिल्लो वर्षको सोही अवधिमा चालु खाता ७८ अर्ब २९ करोडले बचतमा...
एकै महिनामा २ खर्ब १५ अर्ब रेमिट्यान्स भित्रियो
काठमाडौँ । आर्थिक वर्ष २०८३/८४ को पहिलो महिनामा विप्रेषण आप्रवाह २१.२ प्रतिशतले वृद्धि भई २ खर्ब १५ अर्ब ५ करोड पुगेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्याङ अनुसार यस्तो देखाएको हो । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण...



















