कामना सेवा विकास बैंकको साधारणसभा भोलि बस्दै, लाभांश प्रस्ताव पारित गरिने

काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडको १९औं वार्षिक साधारणसभा भोलि असोज २४ गते नक्सालस्थित लिसारा रिसेप्सनमा बिहान ११ बजे बस्दैछ। सभाले चुक्ता पूँजीको १० प्रतिशत बोनस शेयर र ५.७८९५ प्रतिशत नगद लाभांश शेयरधनीलाई वितरण गर्ने प्रस्ताव पारित गर्नेछ।...


महालक्ष्मी विकास बैंकका ग्राहकहरुलाई र्‍याडिसन एयरपोर्ट लाउन्जमा विशेष छुट

काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले स्वास्थ्य क्षेत्र, रेष्टुरेन्ट लगायतका संस्थाहरुसँग समन्वय गरी अगाडि बढ्ने अभिप्रायका साथ चाडपर्व तथा विदेश यात्रा गर्ने यात्रुहरुलाई लक्षित गर्दै र्‍याडिसन होटल लाजिम्पाट, काठमाण्डौसँगको सहकार्यमा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा रहेको र्‍याडिसन एयरपोर्ट लाउन्जमा विशेष छुट...


जुवातास खेलिरहेको अवस्थामा २० जना पक्राउ, १४ लाख रुपैयाँ बरामद

काठमाडौं । नेपाल प्रहरीले बाँके र दैलेखमा जुवातास खेलिरहेको अवस्थामा २० जनालाई पक्राउ गरेको छ भने जुवाखालबाट १४ लाख रुपैयाँ बरामद गरेको छ। प्रहरीले बाँकेको नेपालगंज उपमहानगरपालिका–२ बाईपास रोडस्थित मौरी रेष्टुरेन्टमा जुवातास खेलिरहेको अवस्थामा रेष्टुरेन्टका सञ्चालक विज्ञान श्रेष्ठसहित १४...


राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमआरआई मेसिन किन्दा भ्रष्टाचार, तत्कालीन उपकुलपति सहित १३ जनाविरुद्ध मुद्दा

काठमाडौं । दाङको घोराहीमा रहेको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमआरआई मेसिन किन्दा ठूलो भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन उपकुलपति प्रा. डा. संगिता सिंह भण्डारी, कार्यवाहक रजिष्ट्रार झन्कार लामिछानेसहित १३ जनामाथि भ्रष्टाचार मुद्दा दायर गरेको छ। अख्तियारका...


पञ्चकन्या माई हाइड्रोपावरका क्षतिग्रस्त आयोजनाबाट विद्युत उत्पादन सुरु

काठमाडौं । पञ्चकन्या माई हाइड्रोपावर लिमिटेडद्वारा सञ्चालित माई सि जलविद्युत आयोजनाबाट विद्युत उत्पादन पुनः सुरु भएको छ । केही दिन अघि आएको अविरल वर्षाको क्षतिका कारण उक्त आयोजनाको विद्युत उत्पादन बन्द रहेको थियो । सो पश्चात लगातार दिन–रात नभनि...


१७ दिनदेखि सेबोन ठप्प हुँदा अर्बौंको लगानी संकटमा, ‘लडाई टुडिखेलमा गर्नु बोर्ड लगानीकर्ताको हितका लागि काम गर्ने संस्था हो’

काठमाडौँ । देशको पुँजी बजार नियामक निकाय धितोपत्र बोर्ड (सेबोन) पछिल्ला दिनहरूमा अस्तव्यस्त बनेको छ । नेपाल धितोपत्र बोर्डका कर्मचारीहरू १७ दिनदेखि आन्दोलनमा उत्रिँदा बोर्डको दैनिक कार्य सम्पूर्णरूपमा प्रभावित बनेको छ । अर्थ मन्त्रालयले कर्मचारीहरूलाई दिँदै आएको सेवा सुविधा...


हरियो फर्सी, घिरौला र काक्रोमा अत्यधिक विषादी प्रयोग, उपभोक्ताको स्वास्थ्यसँग गम्भिर खेलवाड

काठमाडौं । काठमाडौंमा भित्रिने हरियो तरकारीमा फेरी अत्यधिक परिमाणमा विषादीको मात्रा पाइएको छ । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिमा बिहीबार भित्रिएको हरियो फर्सी, घिरौला र काक्रोमा अत्यधिक परिमाणमा विषादीको मात्रा पाइएको हो । केन्द्रीय कृषि प्रयोगशाला हरिहरभवनको...


इलामका बाढी–पहिरो पीडितलाई हेलिकप्टरमार्फत राहत वितरण सुरु

काठमाडौं । कोशी प्रदेश सरकारले इलाम जिल्लाका बाढी–पहिरो पीडितहरूका लागि विभिन्न राहत सामग्री पठाएको छ। प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले नेपाली सेनाको हेलिकप्टरमार्फत राहत सामग्री पठाएको हो। कोशी प्रदेशका मुख्यमन्त्री हिम्मत कुमार कार्कीले राहत सामग्रीलाई छिटो र प्रभावकारी...


दोलखामा फसेका ४ जना विदेशी पर्यटकको उद्धार

काठमाडौं । दालखाको बिगु गाउँपालिका वडा नम्बर १ मा रहेको लप्ची गुम्बामा ध्यान गरेर फर्कने क्रममा बीच बाटोमै फसेका ४ जना विदेशी पर्यटकहरूको उद्धार गरिएको छ। रसियाका २ जना र स्वीजरल्याण्डका २ जना गरी कुल ४ जना लप्ची गुम्बाबाट...


डा. निकोलस भुसालसहित ३ जना पक्राउ

काठमाडौं। नेपाल प्रहरीले काठमाडौंको माइतीघर मण्डलाबाट डा. निकोलस भुसाललाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भुसाल र सञ्जीव दाहालसहित ३ जना छन् । उनीहरूलाई जिल्ला प्रहरी परिसर काठमाडौंमा राखिएको छ । माइतीघर क्षेत्रमा डानिकोलस भुसाल नेतृत्वको समूहले शान्तिपूर्ण प्रदर्शन...


ऊर्जामन्त्री घिसिङसामु बाढीप्रभावित जलविद्युतका ७ माग, भन्सार छुटदेखि आरसीओडी थप सम्म

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान)ले बाढी प्रभावित जलविद्युत आयोजनाहरुलाई विभिन्न राहत प्याकेज दिन माग गरेको छ । बुधवार ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री कुलमान घिसिङसँग भेट गर्दै इप्पान अध्यक्ष गणेश कार्कीले बाढीबाट क्षति पुगेका जलविद्युत आयोजना पुर्ननिर्माणको...


शेयर बजारमा सकारात्मक सर्किट, २० मिनेटका लागि कारोबार स्थगित

काठमाडौँ । शेयर बजारमा सकारात्मक सर्किट लागेको छ। बजार खुलेको ३ मिनेटमा नै नेप्से ४ प्रतिशत बढेपछि सर्किट लागेर २० मिनेटका लागि कारोबार स्थगित भएको हो । लगानीकर्ताहरुले लामो समयदेखि माग गरिरहेको मार्जिन प्रकृतिको कर्जाको सीमा केन्द्रिय बैंकले हटाएसँगै...


१० प्रतिशत नि:शुल्क शेयर मागपछि बन्द भएको भोटेकोशी आयोजना खोल्न गृहमन्त्री अर्यालको निर्देशन

काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले जेन-जी युवाहरुको नाममा निशुल्क शेयर माग्दै बन्द गराइएको माथिल्लो भोटेकोशी जलविद्युत आयोजनालाई तत्काल सञ्चालनमा ल्याउन निर्देशन दिएका छन् । बुधवार स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान)का अध्यक्ष गणेश कार्कीको नेतृत्वमा पीडित जलविद्युत आयोजनाहरुका प्रतिनिधिसहितको...


जेनजी आन्दोलनको बीमा दावी घट्न थाल्यो, नयाँ थपिँदा पनि कूल दावी २३ अर्ब मात्रै

काठमाडौं । यही भदौं २४ गते देशैभरि घटेका आन्दोलनको क्रममा भएको भौतिक सम्पत्ति क्षतिको बीमा दावी पर्ने क्रम जारी छ । नेपाल बीमा प्राधिकरणका अनुसार यसअघि प्रकाशित बीमा दावीमा थुप्रै घटेर आउने क्रममा रहेको छ । साथै नयाँ समेत...


नेपाल बीमा प्राधिकरण कोशी प्रदेशले अभिकर्ता परीक्षा सञ्चालन गर्ने

काठमाडौं । नेपाल बीमा प्राधिकरणको कोशी प्रदेश कार्यालयले असोज २६ गते आइतबार अभिकर्ता परीक्षा सञ्चालन गर्ने भएको छ । बीमा प्राधिकरण कोशी प्रदेश कार्यालयले उक्त परीक्षा दिउँसो ३ बजेदेखि ४ः३० बजेसम्म सञ्चालन गर्ने भएको हो । बीमा ऐन २०७९...


सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा, आज तोलामा १२ सयले वृद्धि

काठमाडौं । सुनको मूल्यले आज पनि नयाँ रेकर्ड बनाउँदै हालसम्मकै उच्च विन्दुमा पुगेको छ। पछिल्ला दिनदेखि लगातार नयाँ रेकर्ड कायम गर्दै आएको सुन आज पनि तोलामा १२ सयले वृद्धि हुँदै रेकर्ड बनाएको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज...


नेपाल बैंकको सञ्चालकमा अर्थ मन्त्रालयका सहसचिव भट्टराई नियुक्त

काठमाडौं । नेपाल बैंक लिमिटेडको सञ्चालक समितिका अर्थ मन्त्रालयका सहसचिव महेश भट्टराई नियुक्त भएका छन्। बैंकमा यसअघि नेपाल सरकार, अर्थ मन्त्रालयबाट प्रतिनिधित्व गरिरहेका सञ्चालक थान प्रसाद पंज्ञानीको स्थानमा भट्टराईलाई नियुक्त गरिएको हो। सञ्चालक समितिमा नियुक्त भएका भट्टराईले असोज २२...


चार महीनादेखि तलब नदिएको भन्दै शिक्षकद्वारा खडक नगरपालिकामा तालाबन्दी

काठमाडौं । चार महीनादेखि तलब नदिएको भन्दै शिक्षकहरूले सप्तरी जिल्लाको खडक नगरपालिकामा तालाबन्दी गरेका छन्। चार महीनादेखि काम गरेको तलब नपाएको र भोको पेट काम गरिरहन नसक्ने बताउँदै बुधबार शिक्षकहरूले कल्याणपुरमा रहेको नगरपालिकामा ताला लगाइदिएका हुन्। दशैंमा शिक्षक कर्मचारीलाई...


यात्रा गर्नुपूर्व हेर्नुहोस् आज राजमार्गको अवस्था

काठमाडौं । नेपाल प्रहरीका अनुसार आजसम्म पनि देशभरका विभिन्न स्थानहरूमा बाढी, पहिरो तथा अविरल वर्षाका कारण राजमार्गहरू अवरुद्ध अवस्थामा रहेका छन्। कोशी राजमार्ग संखुवासभामा पर्ने वरुणखोला र एकुवामा अविरल वर्षा र पहिरोका कारण पूर्ण रूपमा अवरुद्ध रहेको छ। कोशी...


राष्ट्र बैंकद्वारा दुई मनिचेञ्जर कम्पनीको लाइसेन्स रद्द

काठमाडौं । नेपाल राष्ट्र बैंकले इजाजतपत्रप्राप्त दुई मनिचेञ्जरहरूको लाइसेन्स रद्द गरिदिएको छ। कम्पनीहरूले नवीकरण नगरेपछि राष्ट्र बैंकले लाइसेन्स रद्द गरिदिएको हो। राष्ट्र बैंकले काठमाडौंको मित्रनगरमा रहेको युनियन करेन्सी एक्सचेन्ज प्रा. लि. र काठमाडौंकै ठमेलमा रहेको के.टी.एम. ओम मनि एक्सचेन्ज...