सातै प्रदेशमा सिटिजन्स बैंकको वित्तीय साक्षरता र सामाजिक उत्तरदायित्वका कार्यक्रमहरू सम्पन्न
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आम सर्वसाधारणलाई वित्तीय सचेतना जगाउने उद्देश्यका साथ चालू आर्थिक वर्ष २०८२/०८३ मा सात वटै प्रदेशमा रहेका आफ्ना विभिन्न १४८ शाखा कार्यालयहरूबाट वित्तीय साक्षरताका विभिन्न कार्यक्रमहरू सञ्चालन गरेको छ। बैंकको कोशी प्रदेशका २०, मधेश...
साउनमा झन् सस्तो भयो बैंकको ब्याज: ६ बैंकले गरे कटौती, कुनको कति?
काठमाडौँ । २० वटै वाणिज्य बैंकले साउन महिनाका लागि लागू हुने नयाँ निक्षेप ब्याजदर सार्वजनिक गरेका छन्। सार्वजनिक दरहरू हेर्दा असारको तुलनामा साउनमा निक्षेपको औसत ब्याजदर थप खुम्चिएको देखिएको हो । व्यक्तिगत मुद्दती निक्षेपमा बैंकहरूले दिने अधिकतम औसत ब्याजदर...
मानुषी लघुवित्तको कामु सीईओमा कमल श्रेष्ठ नियुक्त
काठमाडौं । मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडको कायम मुकायम प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा कमल श्रेष्ठ नियुक्त भएका छन्। कम्पनीको सीईओ शोभा बज्राचार्यको दुई वर्षे कार्यकाल आज असार ३२ गतेबाट समाप्त भएको छ। मानुषी लघुवित्त, युनिक नेपाल लघुवित्त र...
बढ्यो सुनको मूल्य, बिहिबार प्रतितोला कति ?
काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन तोलामा ४०० रुपैयाँले उकालो लागेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ८५ हजार २०० रुपैयाँमा खरिदबिक्री भइरहेको छ । यता, चाँदीको मूल्य...
नेपाल–भारत ऊर्जा सहकार्य विस्तार, बिजुली निर्यात क्षमता १,६५० मेगावाट पुग्ने
काठमाडौं । नेपाल र भारतबीच ऊर्जा क्षेत्रमा सहकार्य विस्तार गर्दै नेपालबाट भारततर्फ बिजुली निर्यातको परिमाण एक हजार ६५० मेगावाटसम्म पुर्याउने सहमति भएको छ। पोखरामा सम्पन्न नेपाल–भारत ऊर्जा सचिवस्तरीय संयुक्त निर्देशक समितिको १३औँ बैठकले हालको एक हजार १०० मेगावाट बराबरको...
सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिकको लकइन अवधि सकिंदै
काठमाडौं । सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिक लिमिटेडले सामूहिक लगानी कोषहरूलाई बाँडफाँड गरेको ३४ हजार ४८४ कित्ता शेयरको लकइन अवधि भदौ ४ गतेबाट सकिंदैछ। कम्पनीले आईपीओ निष्काशन गरी सर्वसाधारणलाई बाँडफाँड गरेको मितिले छ महीनासम्म सामूहिक लगानी कोषलाई बाँडफाँड गरिएको शेयर र...
नेपाल राष्ट्र बैंकद्वारा एकीकृत निर्देशिकाका ६ वटा बुँदा संशोधन
काठमाडौं । नेपाल राष्ट्र बैंकले आर्थिक बर्षको अन्तिम दिनमा एकीकृत निर्देशिका २०८२ का छ वटा बुँदाहरु संशोधन गरी मौद्रिक नीतिको कार्यान्वयन प्रक्रिया अघि बढाएको छ । हिजो साँझ जारी निर्देशिकामा यसअघिका छ वटा बुँदाहरुलाई संशोधन गरिएको छ । नयाँ...
नेपाल ई बिज म्यानेजमेन्टको भुक्तानी सेवा प्रदायक अनुमतिपत्र खारेज
काठमाडौँ । नेपाल राष्ट्र बैंकले नेपाल ई बिज म्यानेजमेन्ट प्राइभेट लिमिटेडलाई प्रदान गरिएको भुक्तानी सेवा प्रदायक (पीएसपी) को अनुमतिपत्र स्वतः रद्द भएको जनाएको छ। राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागका अनुसार उक्त कम्पनीलाई २०७७ फागुन १८ गते प्रदान गरिएको अनुमतिपत्र...
बदलिँदो आवश्यकताअनुसार युएनडीपीसँग नयाँ विकास सहकार्य चाहन्छौँ : अर्थमन्त्री वाग्ले
काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बदलिँदो प्राथमिकता र आवश्यकताका आधारमा सरकारले संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (युएनडीपी) सँग विकास सहकार्य चाहेको बताएका छन् । नेपाल र युएनडीपीबिच सहकार्य सुरु भएको ६० औँ वर्षगाँठको अवसरमा काठमाडौँमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै...
गणपति लघुवित्तमा कर्मचारी माग, कति चाहिन्छ योग्यता?
काठमाडौं । गणपति लघुवित्त वित्तीय संस्था लिमिटेडले विभिन्न तहमा कर्मचारी माग गरेको छ। कम्पनीले व्यवस्थापकीय, अधिकृत र सहायक श्रेणीका विभिन्न पदका लागि कर्मचारी माग गरेको हो। कर्मचारीहरूलाई केन्द्रीय कार्यालय, अनुगमन तथा शाखा कार्यालयमा खटाइने कम्पनीले जानकारी दिएको छ। व्यवस्थापकीय...
राष्ट्र बैंकको मौद्रिक नीति अब तीन खण्डमा, संशोधित कार्यविधि कार्यान्वयनमा
काठमाडौं । नेपाल राष्ट्र बैंकले मौद्रिक नीति तर्जुमा कार्यविधि, २०७३ (दोस्रो संशोधन, २०८३) लागू गर्दै मौद्रिक नीति तर्जुमा, समीक्षा र सार्वजनिक गर्ने प्रक्रियालाई थप व्यवस्थित र प्रभावकारी बनाएको छ। कार्यविधिअनुसार मूल्य तथा शोधनान्तर स्थिरता कायम गर्दै समग्र वित्तीय प्रणालीको...
स्वीकृत अवकाश कोषले बैंकको डिबेञ्चरबाट कमाएको आम्दानीमा आयकर नलाग्ने
काठमाडौं। आन्तरिक राजस्व विभागले स्वीकृत अवकाश कोषले बैंकको डिबेञ्चर खरिदमा गरेको लगानीबाट प्राप्त आम्दानीमा आयकर नलाग्ने स्पष्ट पारेको छ। विभागले सिडिएस एण्ड क्लियरिङ लिमिटेडलाई पठाएको पत्रमार्फत आयकर ऐन, २०५८ को दफा ६४ को उपदफा (२) बमोजिम स्वीकृत अवकाश कोषको...
उपत्यकाका अव्यवस्थित तार हटाउन सरकारको अल्टिमेटम, साउन दोस्रो साताभित्र ६ रुट सफा गर्ने
काठमाडौं। काठमाडौं उपत्यकामा वर्षौंदेखि सडकका पोलमा गुजुल्टो परेर लत्रिएका तथा प्रयोगविहीन अवस्थामा रहेका इन्टरनेट, टेलिफोन र टेलिभिजनका तार व्यवस्थापन गर्न सरकारले समयसीमासहितको एकीकृत कार्ययोजना बनाएर अघि बढ्न सम्बन्धित निकायलाई निर्देशन दिएको छ। सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिना र...
वन्यजन्तु जोखिम बीमालेख साउनदेखि लागू हुने, १५ सय बीमाशुल्कमा १० लाखसम्मको रक्षावरण
काठमाडौं । नेपाल बीमा प्राधिकरणले वन्यजन्तुको आक्रमणबाट हुने मानवीय, भौतिक तथा कृषि क्षेत्रको क्षतिलाई बीमाको दायरामा ल्याउने उद्देश्यसहित वन्यजन्तु जोखिम केन्द्रित बीमालेख स्वीकृत गरेको छ। उक्त बीमालेख साउन १ गतेदेखि लागू हुनेछ। वन्यजन्तु प्रभावित क्षेत्रमा हुने जनधनको क्षतिलाई व्यवस्थित...
‘आईपीओमा १० कित्ते नीति अब पुनरावलोकन गर्ने बेला आयो’
काठमाडौँ । अर्थ मन्त्रालयका सहसचिव महेश आचार्यले प्राथमिक शेयर (आईपीओ) मा लागू १० कित्ते नीतिको पुनरावलोकन गर्ने समय आएको बताएका छन्। प्रतिनिधि सभाको अर्थ समितिको बैठकमा बोल्दै उनले उक्त नीतिले साना लगानीकर्तालाई शेयर बजारमा प्रवेश गराए पनि दीर्घकालीन लगानी...
सगरमाथा लुम्बिनी इन्स्योरेन्सको ‘ए’ रेटिङ यथावत्, दाबी व्यवस्थापन क्षमता बलियो
काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेड (सालिको) को जारीकर्ता साख मूल्याङ्कन ‘ए’ श्रेणीमा यथावत कायम गरिएको छ । यसअघि राखिएको ‘नकारात्मक प्रभावसहितको निगरानी’ पनि हटाइएको हो । इक्रा नेपालले गरेको मूल्याङ्कनअनुसार कम्पनीको जारीकर्ता साख मूल्याङ्कन ‘इक्रा एनपी–आईआर ए’...
पर्यटन व्यवसाय बढाउन सरकार तीव्र गतिमा काम गर्दैछः बालेन्द्र शाह
काठमाडौं । बालेन्द्र शाह (बालेन) ले नेपालको पर्यटन क्षेत्रलाई गति दिन सरकारले विभिन्न योजना तीव्र रूपमा अघि बढाइरहेको बताउँदै होटल व्यवसायीलाई ढुक्क भएर लगानी र व्यवसाय सञ्चालन गर्न आग्रह गरेका छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा होटल सङ्घ नेपाल (हान)...
शैक्षिक परामर्श व्यवसायीको सरकारलाई अल्टिमेटम, माग नसुने कार्यालयको चाबी बुझाउने
काठमाडौं । शैक्षिक परामर्श, भाषा शिक्षण तथा तयारी कक्षा (सञ्चालन तथा व्यवस्थापन) नियमावली, २०८३ का केही प्रावधान खारेजीको माग गर्दै शैक्षिक परामर्श व्यवसायीहरूले चरणबद्ध आन्दोलनको घोषणा गरेका छन्। उनीहरूले सरकारले वार्ता र समस्या समाधानका लागि पहल नगरे जिल्ला प्रशासन...
ईलामका इन्जिनियर ६ लाख घुससहित झापाबाट रंगेहात पक्राउ
काठमाडौं । इलामको चुलाचुली गाउँपालिकामा कार्यरत इन्जिनियर (छैटौं) डिल्ली राज खड्का ६ लाख घुस सहित झापाबाट पक्राउ परेका छन्। इन्जिनियर खड्काले पुलको रिडिजाइन स्वीकृत गराइदिएको तथा ठेक्काको भुक्तानी प्रक्रियामा सहजीकरण गरिदिने प्रयोजनको लागि दुःख हैरानी दिई घुस मागेको भन्दै...
बुधबार यी १० कम्पनीको शेयर मूल्य सर्वाधिक बढ्यो
काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १४ अकले घटेर २५९०.२९ बिन्दुमा कायम भएको छ । आज ३६२ कम्पनीको ८४ लाख ६९ हजार कित्ता शेयर किनबेच हुँदा ४ अर्ब १६ करोड ४३ लाख ३३ हजार रुपैयाँको कारोबार भएको हो ।...



















