कर्मचारीको मनोबल बढाउन एनआईसी एशियाले उल्टै माग्यो आत्मदाह प्रयास गर्नेमाथि अनुसन्धान
काठमाडौं । बैंक पनि साथी पनिको चर्चा बटुलेको एनआईसी एशिया बैंकले आफ्नै बचतकर्ता र ऋणीहरूलाई तर्साउने गरी वक्तव्यवाजी गरेको छ । इटरीस्थित शाखाभित्र एक ऋणीले गर्न खोजेको आत्महत्या प्रयासको घटनालाई लिएर एनआईसी एशियाले बचतकर्ता र ऋणीहरूलाई तर्साएको हो ।...
सिस्टम अपग्रेडेसनका कारण नेपाल बैंकका सबै सेवा अस्थायी रूपमा बन्द
काठमाडौं । नेपाल बैंक लिमिटेडले सिस्टम अपग्रेडेसनका कारण केही समयका लागि आफ्ना सम्पूर्ण बैंकिङ सेवा बन्द हुने जनाएको छ । बैंकका अनुसार शुक्रबार रातिदेखि शनिबार बिहानसम्म प्रणाली स्तरोन्नतिको काम गरिनेछ । बैंकले जारी गरेको सूचनाअनुसार शुक्रबार राति ११ बजेदेखि...
धौलागिरी लघुवित्तको सामाजिक प्रतिबद्धता: पर्वतका विपन्न विद्यार्थीलाई न्यानो कपडा र शैक्षिक सामग्री सहयोग
काठमाडौँ । धौलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत पर्वत जिल्लाको विहादी गाउँपालिका–६, शालिग्राम देउरालीमा अवस्थित श्री शिला आधारभूत विद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई न्यानो कपडा तथा शैक्षिक सामग्री सहयोग प्रदान गरेको छ । विद्यालयमा अध्ययनरत अधिकांश विद्यार्थीहरू आर्थिक...
आइजिआई प्रुडेन्सियल इन्स्योरेन्सद्वारा लेखापरीक्षक नियुक्त
काठमाडौं । आइजिआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडले चालु आर्थिक वर्षको लेखापरिक्षण गराउँनको लागि लेखापरिक्षक नियुक्त गरेको छ । कम्पनीको पुष २४ गते सम्पन्न भएको २८औं वार्षिक साधारणसभाले चालु आर्थिक वर्षको लेखापरिक्षणको लागि एमआरयू एशोसियसन चार्टड एकाउन्टेन्टलाई नियुक्त गरेको छ ।...
बढ्यो सुनको मूल्य, शुक्रबार प्रतितोला कति ?
काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन तोालामा दुई हजार १०० रुपैयाँले उकालो लागेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ६७ हजार ८०० रुपैयाँ कायम भएको छ । यता,...
यी तीन तरिकाबाट हेर्नुहोस् सालपा विकास बैंकको आईपीओ नतिजा
काठमाडौँ। सालपा विकास बैंक लिमिटेडले सर्वसाधारणका लागि निष्कासन गरेको आईपीओ बाँडफाँड गरेको छ। कम्पनीले सर्वसाधारणका लागि कुल १४ लाख ३९ हजार १७९ कित्ता आईपीओ बिक्री खुला गरेको थियो। मागभन्दा धेरै आवेदन परेकाले गोला प्रथाबाट आईपीओ बाँडफाँड गरिएको हो। बाँडफाँडमा...
श्रीमानलाई जन्मदिनमा रिलायबल नेपाल लाइफको बीमा पोलिसी उपहार
काठमाडौं । पछिल्लो समय विवाह, व्रतबन्ध, विवाह, पास्नी, जन्मदिन, वार्षिकोत्सव जस्ता चाडपर्वहरूमा फजूल खर्च र महंगो क्षणिक रमाईलोको उपहार दिनुको सट्टा बीमा पोलिसी उपहार दिने प्रचलन दिन प्रतिदिन बढ्दै गइरहेको छ। यसैको पछिल्लो उदाहरण स्वरूप कञ्चनपुर जिल्लाको पुनर्बास नगरपालिका–०५...
सालपा विकास बैंकको आईपीओ बाँडफाँड, १ लाख ४३ हजारले पाए शेयर
काठमाडौं । सालपा विकास बैंक लिमिटेडले सर्वसाधारणका लागि निष्कासन गरेको आईपीओ बाँडफाँड गरेको छ। बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटलले आज आईपीओ बाँडफाँड गरेको हो। कम्पनीले सर्वसाधारणका लागि कुल १४ लाख ३९ हजार १७९ कित्ता आईपीओ बिक्री खुला गरेको थियो। बिक्री...
महालक्ष्मी विकास बैंकको नगद लाभांश शेयरधनीको खातामा
काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडको पुस २१ गते सोमबार काठमाडौंको भद्राकालीस्थित त्रिभुवन आर्मी अफिसर्स क्लबमा बसेको चौबीसौं वार्षिक साधारण सभाले पारित गरेको नगद लाभांश सम्बन्धित शेयरधनीको बैंक खातामा जम्मा भएको छ। सभाले बैंकको गत आर्थिक वर्ष २०८१/८२ को...
प्रतिकित्ता ३२४ रुपैयाँमा आशा लघुवित्तको शेयर बिक्रीमा
काठमाडौं । आशा लघुवित्त वित्तीय संस्था लिमिटेडका संस्थापक शेयरधनीले ४५ हजार कित्ता संस्थापक शेयर बिक्रीमा राखेका छन्। संस्थापक शेयर बेच्दा पहिलो प्राथमिकता कम्पनीकै विद्यमान संस्थापक शेयरधनीलाई दिनु पर्ने प्रावधान भएकाले हाल कम्पनीका विद्यमान संस्थापक शेयरधनीले मात्रै खरीद गर्न सक्नेछन्।...
कालीमाटीमा तरकारीः गोलभेंडा ९०, कन्य च्याउ १६० रुपैयाँ किलो
काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजको थोक मूल्य सार्वजनिक गरेको छ। जसअनुसार सानो लोकल गोलभेंडा र स्थानीय काउली ९० रुपैयाँ, लोकल बन्दा ५५ रुपैयाँ, सेतो लोकल मूला २० रुपैयाँ, लोकल घिउ सिमी...
एशियन लाइफको नयाँ बोनसदर घोषणा, बीमितले अधिकतम ७५ रुपैयाँसम्म बोनस पाउने
काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको गत आर्थिक वर्षको आर्थिक स्थितिको लेखाजोखा र दायित्व मूल्यांकन सम्बन्धी बीमांकीय प्रतिवेदन नेपाल बीमा प्राधिकरणबाट पुस २१ गते स्वीकृत भएसँगै नयाँ बोनसदर घोषणा गरेको छ। नयाँ बोनसदर अनुसार सावधकि तथा आजीवन बीमालेखमा...
वैदेशिक रोजगारीमा रहेकाले सुपर खुदी हाइड्रोपावरको आईपीओ भर्ने अन्तिम दिन
काठमाडौं । सुपर खुदी हाइड्रोपावर लिमिटेडले पुस २२ गतेदेखि आयोजना प्रभावित र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्कासन गरिरहेको आईपीओमध्ये वैदेशिक रोजगारीमा रहेकाले आवेदन दिने आज पुस २५ गते अन्तिम दिन रहेको छ। कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले कुल...
लाभांश पारित गर्न ४ कम्पनीको साधारणसभा आज बस्दै
काठमाडौं । लाभांश पारितको प्रस्ताव सहित आज ४ वटा कम्पनीहरूको वार्षिक साधारणसभा बस्दैछ। यस दिन सन नेपाल लाइफ इन्स्योरेन्स, साना किसान विकास लघुवित्त, स्वावलम्बन लघुवित्त र रुरु जलविद्युत परियोजनाको साधारणसभा बस्न लागेको हो। सन नेपाल लाइफले चुक्ता पूँजीको ५...
पाल्पा सिमेन्ट इण्डष्ट्रीजको आईपीओ खुला, कस्ले कति कित्तासम्म भर्न पाइन्छ?
काठमाडौं । पाल्पा सिमेन्ट इण्डष्ट्रीज लिमिटेडले आज पुस २५ गतेदेखि आयोजना प्रभावित स्थानीय बासिन्दाहरू र नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा गएका नेपालीहरूका लागि आईपीओ बिक्री खुला गरेको छ। कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले कुल ७५...
भौतिक संरचनाको बीमा नहुँदा सरकारलाई ३६ अर्बको आर्थिक भार
काठमाडौं । सरकारले सरकारी भौतिक संरचनाको बीमा नगर्दा ३६ अर्बबढीको आर्थिक भार आफैले व्योहेर्नुपर्ने भएको छ । भौतिक संरचनाको जेनजी आन्दोलनका क्रममा भएको भौतिक क्षतिको पुननिर्माण, मर्मत तथा नयाँ संरचना तयार गर्न ३६ अर्ब ३० करोड रुपैयाँ लागत लाग्ने...
विजय लघुवित्तको एफपिओमा २३ लाखले दिए आवेदन, कतिले पाउनेछन् शेयर ?
काठमाडौँ । विजय लघुवित्त वित्तीय संस्थाको एफपिओमा अन्तिम दिनसम्ममा २२ लाख ९९ हजार २५२ जनाको आवेदन परेको छ । सिडिएसका अनुसार आज साँझ ५ः०६ बजेसम्ममा २ करोड ६६ लाख ६६ हजार ९९० कित्ता बराबरको २ अर्ब ६६ करोड ६६...
कुलमानको राजीनामापछि मन्त्रिपरिषद् हेरफेर
काठमाडौँ । कुलमान घिसिङको राजीनामापछि मन्त्रिपरिषद् हेरफेर भएको छ । प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद् सदस्यको जिम्मेवारी हेरफेर गरेका हुन् । घिसिङको राजीनामापछि रिक्त रहेका तीन मन्त्रालयको जिम्मेवारी तोकिएको हो । प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति पौडेलले ऊर्जा...
आइतबार देशभर सार्वजनिक बिदा
काठमाडौँ । आइतबार अर्थात् पुष २७ गते देशभर सार्वजनिक बिदा हुने भएको छ । पृथ्वी जयन्तीको अवसरमा सो दिन सार्वजनिक बिदा हुने भएको हो । पृथ्वी जयन्ती जसलाई नेपाल एकीकरण दिवस वा राष्ट्रिय एकता दिवस पनि भनिन्छ । अखण्ड...
नेपालबाट ६६७ जना अभिकर्ता सन् २०२६ को एमडीआरटी छनौट, कुन कम्पनीबाट कति ?
काठमाडौं । नेपालमा सञ्चालित जीवन बीमा कम्पनीहरुका ६६७ वटा अभिकर्ताहरुले सन् २०२६ को एमडीआरटी लक्ष्य हासिल गरेका छन् । बीमापोष्टले संकलन गरेको विवरण अनुसार सञ्चालित १४ जीवन बीमा कम्पनीहरुबाट सर्वोत्कृष्ट अभिकर्ताहरुले सो लक्ष्य हासिल गरेका हुन् । जीवन बीमा...




















