आज यी कम्पनीमा झुम्मिए लगानीकर्ता

काठमाडौं । आज बुधबार नेप्से १४ अंकले बढेर २५९० को विन्दुमा कायम हुँदा ४ अर्ब १७ करोड ४ लाख रुपैयाँबराबरको शेयर कारोबार भएको छ। यस दिन सूचीकृत ३६२ कम्पनीहरूको ८४ लाख ७३ हजार १६ कित्ता शेयर किनबेच भएको हो।...


पुँजी बजारमा छाउँदै हरियालीः अध्यक्ष भट्ट सक्रिय बन्दा लगानीकर्ता उत्साहित, अझै के छन् खतरा ?

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) का अध्यक्ष डा. गोपालप्रसाद भट्टले पूँजीबजार सुधारलाई प्राथमिकतामा राख्दै सक्रियता देखाउन थालेपछि केही समयदेखि निराश बनेका लगानीकर्तामा नयाँ आशा जागेको छ । निरन्तर बजार घटेपछि आन्दोलनमा उत्रिएका शेयर लगानीकर्तासँग अध्यक्ष भट्टले मंगलबार लामो...


एलपी ग्यासमा कालोबजारी रोक्न संसदीय समितिको निर्देशन

काठमाडौं । संसदीय समितिले एलपी ग्यासमा हुने कालोबजारी, कृत्रिम अभाव तथा आपूर्ति व्यवस्थापनमा देखिएका समस्या तत्काल समाधान गर्न सरकारलाई निर्देशन दिएको छ। प्रतिनिधिसभाअन्तर्गतको उद्योग तथा वाणिज्य, श्रम तथा उपभोक्ताहित समितिको बुधबार सिंहदरबारमा बसेको बैठकले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई...


सिद्धार्थ प्रिमियर इन्स्योरेन्समा ४२ जना कर्मचारी माग, कति चाहिन्छ योग्यता?

काठमाडौं । सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेडले विभिन्न पदका लागि कर्मचारी माग गरेको छ। कम्पनीले कुल ४२ जना कर्मचारी भर्नाका लागि आवेदन खुलाएको हो। कम्पनीले मार्केटिङ, दाबी (क्लेम), एक्चुरियल, सूचना प्रविधि (आईटी) र ब्रान्डिङ लगायतका विभागमा कर्मचारी माग गरेको जनाएको...


तीन महिनाभित्र कानुनी सुधार गर्ने सेबोनको घोषणा, आईपीओ–प्रिआईपीओमा कडाइ हुने

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) का अध्यक्ष डा. गोपालप्रसाद भट्टले बोर्डले आगामी तीन महिनाभित्र आवश्यक कानुनी सुधारका कामलाई तीव्रता दिने बताएका छन्। बुधबार प्रतिनिधिसभाको अर्थ समितिमा आयोजित छलफलमा उनले लगानीकर्ताको आत्मविश्वास बढाउने योजनासहित बोर्ड अघि बढिरहेको जानकारी दिए।...


यूनाइटेड अजोड इन्स्योरेन्सको ३२औं वार्षिक साधारणसभा, हेर्नुहोस् २० तस्बिरहरु

काठमाडौं । यूनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडको ३२औं वार्षिक साधारणसभा बुधबार काठमाडौंको नक्सालस्थित आम्रपाली ब्याङ्क्वेटमा सम्पन्न भएको छ । सभाले आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन, वित्तीय विवरण तथा आगामी आर्थिक वर्षका लागि बाह्य लेखापरीक्षक नियुक्तिसम्बन्धी प्रस्ताव पारित...


हिमालयन इन्भेष्टमेण्ट बैंकरका अध्यक्ष र सञ्चालकले दिए राजीनामा

काठमाडौं । हिमालयन इन्भेष्टमेण्ट बैंकर लिमिटेडका अध्यक्ष र अर्का एकजना सञ्चालकले राजीनामा दिएका छन्। बैंकरका अध्यक्ष लक्ष्मण ज्ञवाली र सञ्चालक विवेक कुमार साहले असार २९ गते दिएको राजीनामा कम्पनीको असार ३० गते बसेको सञ्चालक समितिको बैठकले स्वीकृत गरेको हो।


माइतीघरमा गोलभेंडा फालेर कृषक आन्दोलनमा, अंकित मूल्य तोक्न माग

काठमाडौं । गोलभेंडा किसानहरूले आफ्नो मेहनत र पसिनाले मूल्य नपाएको भन्दै माइतीघरमा गोलभेंडा फालेर आन्दोलनमा उत्रिएका छन्। आन्दोलित कृषकहरूले गोलभेंडाले उचित बजार र मूल्य नपाएको भन्दै माइतीघरमा गोलभेंडा फालेर विरोध प्रदर्शन गर्दै गोलभेंडाको अंकित मूल्य तोक्न माग गरेका छन्।...


यूनाइटेड अजोड इन्स्योरेन्सको साधारणसभा सम्पन्न, लाभांश सहितका सबै प्रस्ताव पारित

काठमाडौं । यूनाइटेड अजोड इन्योरेन्स लिमिटेडको ३२औं वार्षिक साधारणसभा आज सम्पन्न भएको छ। साधारणसभा काठमाडौंको भाटभटेनीस्थित आम्रपाली ब्याङ्क्वेटमा सम्पन्न भएको हो। सभाले सञ्चालक समितिको तर्फबाट अध्यक्षद्वारा प्रस्तुत आ.व. २०८१/८२ को वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन सहित आ.व. २०८१/८२ को वासलात,...


धितोपत्र बोर्डले लगानीकर्ताको हित संरक्षणमा प्रभावकारी भूमिका खेल्न सकेनः सांसद लिमा

काठमाडौं) । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद लिमा अधिकारीले धितोपत्र बोर्ड (सेबन) ले लगानीकर्ताको हित संरक्षणमा प्रभावकारी भूमिका खेल्न नसकेको बताएकी छिन् । बुधबार सङ्घीय संसद्को अर्थ समितिमा भएको छलफलमा बोल्दै सांसद अधिकारीले धितोपत्र बोर्डले बजारको विकास र...


बीमा कम्पनीहरूको लाइसेन्स वितरण र मर्जर प्रक्रियामा आर्थिक चलखेल भएको आशंका उब्जियो अर्थसमितिमा

काठमाडौं रास्वपाका सांसद लिमा अधिकारीले बीमा कम्पनीहरूको इजाजत (लाइसेन्स) वितरण र मर्जर प्रक्रियामा आर्थिक चलखेल भएको हुन सक्ने आशंका व्यक्त गरेकी छिन् । प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिको मंगलबारको बैठकमा बोल्दै सांसद अधिकारीले यस्तो आशंका व्यक्त गरेकी हुन् । नेपाल...


विज्ञापन बोर्डको अध्यक्ष पदका लागि दरखास्त आह्वान, कति चाहिन्छ योग्यता?

काठमाडौं । सूचना तथा सञ्चार मन्त्रालयले विज्ञापन बोर्डको अध्यक्ष पदका लागि दरखास्त आह्वान गरेको छ। मन्त्रालयले खुला प्रतियोगिताद्वारा पदपूर्ति गर्ने गरी दरखास्त आह्वान गरेको हो। यसका लागि आमसञ्चार, कानून, विज्ञापन वा व्यवस्थापन विषयमा मान्यताप्राप्त विश्वविद्यालयबाट कम्तीमा स्नातक उपाधि हासिल...


स्वावलम्बन लघुवित्तको सीईओमा नरेन्द्र सिंह विष्ट पुनर्नियुक्त

काठमाडौं । स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा हालका सीईओ नरेन्द्र सिंह विष्ट नै दोहोरिएका छन्। विष्टको कार्यकाल आउँदो साउन ८ गते पूरा हुने भएकाले आज असार ३१ गते बिहान ८ बजे बसेको सञ्चालक समितिको...


आज सुनचाँदीको भाउ बढ्यो, अब प्रतितोला कति?

काठमाडौं । आज बुधबार नेपाली बजारमा सुन र चाँदीको भाउ बढेको छ। आज छापावाला सुन प्रतितोला ८०० रुपैयाँ र चाँदी प्रतितोला ५५ रुपैयाँले बढेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला २ लाख ८४ हजार ८००...


एनआईसी एशिया बैंकको संस्थापक शेयर सर्वसाधारणलाई बिक्रीमा

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले संस्थापक शेयरधनी गोविन्द लाल संघइको स्वामित्वमा रहको ४५ हजार कित्ता संस्थापक शेयर बिक्रीमा राखेको छ। नेपाल राष्ट्र बैंकको निर्देशन बमोजिम यसअघि उक्त शेयर बैंकका विद्यमान संस्थापक शेयरधनीले मात्रै किन्न पाउने गरी बिक्रीमा राखिएको...


बुद्धभूमि नेपाल हाइड्रोपावरको हकप्रद शेयर डिम्याट खातामा जम्मा

काठमाडौं । बुद्धभूमि नेपाल हाइड्रोपावर कम्पनी लिमिटेडले बिक्री खुला गरी बाँडफाँड गरेको हकप्रद शेयर सम्बन्धित शेयरधनीको डिम्याट खातामा जम्मा भएको छ। कम्पनीले चुक्ता पूँजीको १०० प्रतिशतको अनुपातमा कुल ४० लाख कित्ता हकप्रद शेयर निष्काशन गरेको थियो। बाँडफाँडपछि बसेको अवितरित...


स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशकका लागि आह्वान गरेको दरखास्त रद्द

काठमाडौं । महिनौँदेखि खाली भएको स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशका लागि आह्वान गरेको दरखास्त सरकारले रद्द गरेको छ। स्वास्थ्य तथा खाद्य सुरक्षा मन्त्रालयले मंगलबार सूचना प्रकाशित गरी स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशक पदका लागि आह्वान गरिएको दरखास्त रद्द गरेको...


काठमाडौंमा अनलाइन सट्टेबाजीको जालो पर्दाफास, २ करोडभन्दा बढी कारोबार गर्ने चार पक्राउ

काठमाडौं । काठमाडौंबाट अनलाइन जुवा (सट्टेबाजी) सञ्चालन गर्ने तथा सामाजिक सञ्जालमार्फत त्यसको प्रचारप्रसारमा संलग्न रहेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार पक्राउ पर्नेमा रूपन्देहीका प्रत्युशमान सिंह, बाराका गौतमकुमार गुप्ता, पाँचथरकी सवनम बानियाँ र...


सूर्याेदय वोमी लघुवित्तको संस्थापक शेयर सर्वसाधारणलाई बिक्रीमा

काठमाडौं । सूर्याेदय वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक शेयरधनी कान्ती श्रेष्ठको नाममा रहेको ३० हजार कित्ता संस्थापक शेयर बिक्रीमा राखेको छ। कम्पनीले यसअघि नेपाल राष्ट्र बैंकको निर्देशन बमोजिम कम्पनीका संस्थापक शेयरधनीले मात्रै किन्न पाउने गरी बिक्रीमा राखेकोमा तोकिएको...


रौतहटमा फेरी एक युवकले गरे आत्मदाहको प्रयास

काठमाडौं । रौतहटमा फेरी एक युवकले आत्मदाहको प्रयास गरेको छ। ती युवकले आफ्नै शरीरमा पेट्रोल छर्केर आत्मदाहको प्रयास गरेको प्रहरीले जनाएको हो । मंगलबार राति करिब १ बजे गरुडा नगरपालिका–९ गम्हरियाका २८ वर्षीय गौतम कुमार सहनीले आफ्नै शरीरमा पेट्रोल...