यस्तो छ आज डलर, रिंगिट, रियाल र दिरामको भाउ

काठमाडौं । मंगलबार अमेरिकी डलरको भाउ सामान्य बढेर खरीदमूल्य १३४ रुपैयाँ २२ पैसा र बिक्रीमूल्य १३४ रुपैयाँ ८२ पैसा कायम भएको छ । यस दिन १ युरोपियन डलरको बिक्रीभाउ १४६ रुपैयाँ ३० पैसा हुँदा खरीदभाउ १४५ रुपैयाँ ६५ पैसा...


गौशाला धर्मशालाबारे अध्ययन गर्न ६ जनाको समिति गठन

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले गौशाला धर्मशालाबारे अध्ययन गर्न समिति गठन गरेको छ ।गौशाला धर्मशालाका विषयमा अध्ययन गरी प्रतिवेदन पेस गर्न मन्त्रालयका सहसचिव एवं संस्कृति महाशाखा प्रमुखको अध्यक्षतामा सोमबार ६ सदस्यीय समिति गठन गरिएको हो ।...


कृषि मन्त्रालयद्धारा रियल टाइम सफ्टवेयर शुभारम्भ, कृषि तथा पशुपन्छीको बीमा अनलाइनबाटै गर्न सकिने

काठमाडौं । कृषि तथा पशुपन्छीको बीमा अनलाइनबाटै गर्न सकिने भएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले बीमाको रियल टाइम सफ्टवेयर आजदेखि सञ्चालनमा ल्याएसँगै किसानले आफै बीमा गर्न सक्ने भएका हुन् । कृषि क्षेत्रमा सबैभन्दा बढी पशुधन बीमा हुने...


आगामी वर्षदेखि स्नातक तहका सबै परीक्षामा नेपाली र अंग्रेजीमा प्रश्न सोध्ने त्रिविको निर्णय

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले आगामी शैक्षिक वर्षदेखि स्नातक तहका परीक्षा प्रणालीमा महत्वपूर्ण परिवर्तन गर्ने निर्णय गरेको छ। उक्त निर्णयअनुसार सबै सङ्कायहरूका स्नातक तहका प्रश्नपत्रहरू अब अङ्ग्रेजी र नेपाली दुवै भाषामा तयार गरिनेछ। यो नयाँ व्यवस्था अनिवार्य रूपमा पहिलो वर्षको...


बजार घट्दा समेत ६ विकास बैंकको मूल्यमा चमक, अन्य १० कम्पनीको अवस्था कस्तो ?

काठमाडौँ । पछिल्लो दुई दिन पुँजी बजार ओरालो लागेको छ । बजारमा देखिएको राताम्य सूचकले लगानीकर्तालाई निराश बनाएको हो । सोमबार अधिकांश कम्पनीको शेयर मूल्य ओरालो लागेको छ । २२१ कम्पनीको शेयर मूल्य ओरालो लागेपनि आज ६ वटा विकास...


सबै बीमा कम्पनीको शेयरमूल्यमा गिरावट, कुनको कति ? (सूचीसहित)

काठमाडौँ । कारोबार साताको दोस्रो दिन अर्थात सोमबार शेयर बजारमा उच्च अंकको गिरावट आएको छ । नेप्से परिसूचक घटेसँगै बीमा समुहका सबै कम्पनीहरुको शेयरमूल्य घटेको छ । लाइफ इन्स्योरेन्स इन्डेक्स आज २ दशमलव १५ प्रतिश अर्थात २८० दशमलव ७३...


हाथवे इन्भेष्टमेन्ट नेपालको वित्तीय प्रदर्शनमा गिरावट, सञ्चालन आम्दानीमा ठूलो कमी

काठमाडौँ । हाथवे इन्भेष्टमेन्ट नेपाल लिमिटेडको वित्तीय विवरणहरूमा उल्लेखनीय उतारचढाव देखाएको छ । कम्पनीको व्यापार निरन्तर खस्किदो क्रममा रहेको हो । कम्पनीले सन् २०२१ मा ३ अर्ब ५२ करोड २० लाख रुपैयाँको सञ्चालन आम्दानी हासिल गरेको थियो तर त्यसपछि...


बुकक्लोजको मिति कुनले तय गरे र कुनको बाँकी, साधारण सभा कसको कहिले ?

काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत भएका १० कम्पनीहरुले वार्षिक साधारण सभाको मिति तय गरेका छन् । सूचीकृत कम्पनीहरुमध्ये कतिपयले अघिल्लो आर्थिक वर्ष २०७९।०८० र कतिपयले गत आर्थिक वर्ष २०८०।०८१ को वार्षिक साधारण सभा गर्न लागेका हुन् ।...


एकै पटक ४० जना सहसचिवको सरुवा (सूचीसहित)

काठमाडौँ । सरकारले एकै पटक ४० जना सहसचिवको सरुवा गरेको छ । गत शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न मन्त्रालय र निकायमा कार्यरत ४० सहसचिवको एकै पटक सरुवा गरे हो । मन्त्रिपरिषद्ले निर्णय पछि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले...


सानीमा हाइड्रोमा रोजगारीको अवसर

काठमाडौँ । सानीमा हाइड्रोले कर्मचारी माग गरेको छ । कम्पनीले एक सूचना प्रकाशित गर्दै विभिन्न पदका लागि कर्मचारी मागेको हो । कम्पनीले तीन जुनियर लेभलका ड्राफ्ट व्यक्ति र सिभिल इन्जिनियरको आवश्यकता रहेको जनाएको छ। आवश्यक योग्यता अनुसार, ड्राफ्ट व्यक्तिले...


कार्यसम्पादन कमजोर भएका संस्थानको निजीकरण वर्गीकरणका लागि सिफारिस गर्ने निर्णय

काठमाडौँ । निजीकरण समितिले बन्द, रुग्ण र कार्यसम्पादन कमजोर भएका केही संस्थानहरुको निजीकरण वर्गीकरणका निम्ति मन्त्रिपरिषद्मा प्रस्ताव सिफारिस गर्ने निर्णय गरेको छ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलको अध्यक्षतामा समितिको आज बसेको बैठकले जनकपुर चुरोट कारखाना, नेपाल मेटल कम्पनी,...


शिखरमा बालुवा गिट्टी संकलन गर्ने कम्पनी ५३ लाख नबुझाई फरार, नेतृत्वमा कालो धुंधको छाया

काठमाडौँ । डोटी जिल्लामा रहेको शिखर नगरपालिकामा बालुवा गिट्टी संकलन गर्ने ठेकेदार कम्पनी ‘चामण्डा’ ठगी गरेर फरार भएको खुलेको छ । नगरपालिकालाई ५३ लाख रुपैयाँ नबुझाई कम्पनी सम्पर्क बिहिन भएको हो । शिखर नगरपालिकाले गत वर्ष बालुवा गिट्टी संकलनका...


२२१ कम्पनीको शेयरमूल्यमा गिरावट, कुनको कति पुग्यो ?

काठमाडौँ । साता कारोबारको दोस्रो दिन अर्थात सोमबार पनि शेयर बजार उच्च अंकले घटेको छ । नेप्से परिसूचक आज ५७.९९ अंकले घटेर २६३९.९२ को विन्दुमा कायम भएको छ । शेयर बजार घटेसँगै २२१ कम्पनीका लगानीकर्ताहरुले उल्लेख्य मात्रामा लगानी गुमाएका...


हिमालयन रिको शेयरमा झुम्मिए लगानीकर्ता, यी १० कम्पनीको भयो सर्वाधिक कारोबार

काठमाडौं । साताको दोस्रो दिन नेप्से ओरालो लागेको छ। आज हिमालयन रिको सर्वाधिक कारोबार भएको छ।कम्पनीको आज २२ करोडको शेयर कारोबार भएको छ। त्यस्तै, डाङ्गी गुप्र पावर, कुमारी बैंक, गुडबिल फाइनान्स, नेपाल फाइनान्स, पिपुल्स हाईड्रोपावर, हाईड्रोइलेक्टिसिटि, प्रभु बैंक, शिवम...


विन नेपाल लघुवित्तको शेयरमूल्यमा सकारात्मक सर्किट, अन्य कुनको कति रुपैयाँले बढ्यो ?

काठमाडौँ । साता कारोबारको दोस्रो दिन अर्थात सोमबार पनि शेयर बजार उच्च अंकले घटेको छ । नेप्से परिसूचक आज ५७.९९ अंकले घटेर २६३९.९२ को विन्दुमा कायम भएको छ । शेयर बजार घटेसँगै आइतबारको तुलनामा कारोबार रकम पनि घटेको छ...


अन्तर्राष्ट्रिय समावेशी बीमा सम्मेलन प्रि–कन्फ्रेन्स सेसनः जलवायु जोखिम बीमादेखि लघुबीमा र एक्चुरियलसम्मको छलफल

काठमाडौं । समावेशी बीमासम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनको पहिलो दिन प्रि– सेसनको कार्यक्रम काठमाडौंमा आजदेखि सुरु भएको छ। पहिलो दिन आज जलवायु जोखिमको बीमा देखि लघुबीमाको सम्भावना र एक्चुरीयलसम्मको छलफल भएको छ । नेपाल बीमक संघ, जीवन बीमक संघ , नेपाल...


राताम्य पुँजी बजारः नेप्से ५७ अकंले घट्दा खुुम्चियो परिसूचक, किन बढ्यो त्रास ?

काठमाडौँ । सोमबार शेयर बजारमा राताम्य यात्राले निरन्तरता पाएको छ । लगातार चार दिनको वृद्धि पछि पछिल्ला दुई दिनमा बजारमा भारी गिरावट देखिएको हो । बजारको घटावटले लगानीकर्तामा पर्ख र हेरको अवस्था सिर्जना गरेको छ । बजारको घट्नुलाई कतिपयले...


बाढीपहिरो पीडितलाई माछापुच्छ्रे बैंकको २५ लाख सहयोग

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले बाढीपहिरो पीडितहरूको राहतका लागि २५ लाख रुपैयाँ सहयोग गरेको छ । बैंकले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमार्फत उक्त सहयोग गरेको हो । गत असोज ११ गतेदेखि शुरू भएर केही दिनसम्म चलेको अविरल वर्षाका कारण...


ग्लोबल आइएमई बैंकले ३० मेगावाट क्षमताको सौर्य विद्युत परियोजनामा लगानी गर्ने

काठमाडौँ । ग्लोबल आइएमई बैंक लिमिटेड र प्राइम पावर लिमिटेडबीच सौर्य विद्युत परियोजनामा कर्जा लगानी गर्ने सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ । उक्त समझदारी पत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मी र प्राइम पावर लिमिटेडका अध्यक्ष आशीष गर्गले...


मारुती सुजुकीले सार्वजनिक गर्‍यो स्विफ्टको नयाँ ‘ब्लिट्ज एडिसन’, यस्तो छ विशेषता

काठमाडौँ । मारुती सुजुकीले आफ्नो चर्चित ह्याचब्याक कार स्विफ्टको नयाँ भेरियन्ट ‘ब्लिट्ज एडिसन’ सार्वजनिक गरेको छ। यो संस्करण विशेष लिमिटेड एडिसनको रूपमा भारतीय बजारमा ल्याइएको हो, जसले ग्राहकहरूलाई थप आकर्षक बनाउने उद्देश्य राखेको छ। नयाँ ‘भिएक्सआई’ र ‘भिएक्सआई (ओ)’...