आइतबार बिहानसम्म भीषण वर्षाको सम्भावना

काठमाडौं । मौसमविद् एवं विशेषज्ञहरुले आइतबार बिहानसम्म भीषण वर्षाको सम्भावना रहेकाले संकटको उच्च जोखिम कायमै रहेको चेतावनी दिएका छन् । आइतबार बिहानसम्म काठमाडौं उपत्यका र मधेशका पश्चिमी भागका जिल्लाहरुमा थप वर्षाको सम्भावना रहेको भन्दै जोखिममा रहेकाहररूलाई सुरक्षित ठाँउमा सार्नुपर्ने...


इन्ड्राइभ, पठाओ, याङ्गो सेवाको नाममा ठगी गर्ने कार्य अस्वीकार्य हुने स्पष्ट

काठमाडौं । हालको मनसुनजन्य विपद्को अवस्थामामा काठमाडौं उपत्यकाभित्र इन्ड्राइभ, पठाओ, याङ्गो लगायतका राइड सेयरिङ सेवाप्रदायकहरूले यात्रुहरूसँग अत्यधिक भाडा असुल गरेको गुनासो प्राप्त भएको भन्दै जिल्ला प्रशासन कार्यालय काठमाडौंले एक सूचना जारी गरेको छ। कार्यालयले शनिबार जारी गरेको सूचनामा यस्तो...


उपत्यकाका नदी खोला किनारका सडकमा साँझ ६ देखि सवारी आवागमनमा रोक

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले काठमाडौं उपत्यकाका नदी खोला किनारका सडक ९करिडर सडक०मा साँझ ६ देखि बिहान ६ बजेसम्म सवारी आवागमनमा रोक लगाउन आग्रह गरेको छ।   प्राधिकरणले आज एक सूचना जारी गर्दै काठमाडौं उपत्यकासहित देशका विभिन्न...


काठमाडौं महानगरपालिकाले जोखिममा रहेका प्रभावित बस्तीलाई यी स्थानमा राख्दै

काठमाडौ  ।काठमाडौं महानगरपालिकाले जोखिममा रहेका बस्तीलाई सुरक्षित स्कुलहरूमा सारेको छ । महानगरपालिकाले खोला छेउछाउका जोखिमयुक्त बस्तीमा बसोबास गर्ने बासिन्दाहरूलाई नजिकैका कुन–कुन विद्यालयहरूमा स्थानान्तरण गर्ने भनेर लिस्टिङ नै गरेर सूचना प्रवाह गरेको छ । महानगरपालिकाको विपद् व्यवस्थापन विभागका अनुसार, बागमती,...


दुईदिन सार्वजनिक बिदा दिने सरकारको निर्णय

काठमाडौं । सरकारले दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ । देशभर आएको अविरल वर्षासँगैको प्रतिकूल अवस्थालाई मध्यनजर गर्दै थप दुई बिदा दिने निर्णय भएको गृह मन्त्रालय स्रोतले जानकारी दिएको छ । सरकारी कार्यालयहरू भोलिदेखि खुल्ने तय भएको...


आन्तरिक उडान–अवतरण बन्द, टर्मिनलमा यात्रुहरुको भिड

काठमाडौं । मौसम खराब भएपछि काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने आन्तरिक उडान–अवतरण बन्द गरिएको छ । उडान हुन नसकेकाले आन्तरिक टर्मिनलमा यात्रुहरुको भिड लागेको छ । कतिपय वायु सेवा कम्पनीहरुले यात्रुहरुले काटेको टिकट क्यान्सिल गराइरहेका छन् । कोशी प्रदेशदेखि...


लामो दूरीका यातायात तीन दिनका लागि बन्द

काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले लामो दूरीका यातायात तीन दिनका लागि बन्द गर्ने निर्णय गरेको छ । जल तथा मौसम विज्ञान विभागको पूर्वानुमान अनुसार आगामी तीन दिन भारी वर्षाको सम्भावना रहेकोले लामो दूरीका यातायात सञ्चालन...


देशभर वर्षाको विपत्ति, कुन सडकखण्डको अवस्था कस्तो छ ?

काठमाडौं । आज बिहानैदेखि काठमाडौँ उपत्यकासहित देशका धेरै ठाउँहरूमा वर्षा भइरहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आज बिहानदेखि वर्षाको मात्रा बढेको छ। लगातार झरी परिरहेको हो । अहिले पछिल्लो एक घण्टामै काठमाडौँमा ६,...


बाढीको जोखिम कुन-कुन क्षेत्रमा छ ?

काठमाडौं । कोशी, नारायणी, बागमती, पूर्वी राप्ती र कमला नदीको बहाव सर्तकता तह आसपास रहेको बाढी पूर्वानुमान महाशाले जनाएको छ । आज बिहानको मापनअनुसार कर्णाली, महाकाली र तिनका सहायक नदीको बहाव सतर्कताभन्दा तल छ । सुनसरी, उदयपुर, सप्तरी, सिरहा,...


काठमाडौंबाट बाहिरिन खोजेका सवारी साधनहरुलाई नागढुंगा चेकपोष्टमा रोकियो

काठमाडौं । काठमाडौंबाट बाहिरिन खोजेका सवारी साधनहरुलाई नागढुंगा चेकपोष्टबाट प्रहरीले फर्काएको छ । प्रहरीले माइकिङ गरेर धादिङतर्फ पहिरो खसेको र तत्काल खुलाउन सक्ने अवस्था नरहेको भन्दै अगाडि नबढ्न अनुरोध गरेको थियो । त्यसपछि नागढुंगा चेकपोस्टमा रोकिएका गाडीहरु काठमाडौं फर्कन...


जनकपुरधाम २० देवपुरामा कर्फ्यू आदेश जारी

धनुषाको जनकपुरधाम उपमहानगरपालिका २० देवपुरा रूपैठामा दुई समुदायबीच फेरि तनाब बढेको छ। दशैं समापनपछि दुर्गादेवीको प्रतिमा सेलाउन जाने क्रममा अर्को समुदायले ढुङ्गामुढा गरेपछि झडप भएको थियो । त्यस क्रममा अर्का समुदायले तेलिया पोखरीको डिलमा बनाएको टहरा आगजनी गरेको छ...


बाढीपहिरोको जोखिम उच्च भएकाले सबैलाई उच्च सतर्कता अपनाउन प्रधानमन्त्री कार्यालयको आग्रह

काठमाडौं । असोज २० गतेसम्म देशका विभिन्न भागमा भारी वर्षा भई बाढी–पहिरोको जोखिम बढ्ने जल तथा मौसम विज्ञान विभागको पूर्वानुमानलाई आधार मानी प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले सबैलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ । कार्यालयले शुक्रबार जारी गरेको विज्ञप्तिमा...


शनिबार रातिबाट बाढीको जोखिम

काठमाडौं । बाढी पूर्वानुमान महाशाखाले शनिबार रातिबाट देशका पूर्वीदेखि पश्चिमी भेगसम्मका नदीमा आकस्मिक बाढीको जोखिम रहेको जनाएको छ। महाशाखाले शुक्रबार ४ बजे आफ्नो नियमित अपडेट सार्वजनिक गर्दै यस्तो सूचना दिएको हो। महाशाखाका अनुसार शनिबार दिउँसोदेखि मधेस, बागमती, गण्डकी र...


पढाऔँ, बेटी बचाऔँ’ छोरी शिक्षा बीमा कार्यक्रम बजेट अभावले स्थगित

काठमाडौं । मधेस प्रदेश सरकारले सात वर्ष अघि ‘बेटी पढाऔँ, बेटी बचाऔँ’ योजनाअन्तर्गत सुरु गरेको छोरी शिक्षा बीमा कार्यक्रममा बजेट अभावका कारण स्थगित गरिएको छ । मधेश प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८२र८३ को बजेटमा उक्त कार्यक्रमका लागि बजेट...


जीवन र निर्जिवन बीमा भनेको के हो ?

काठमाडौं ।बीमा भनेको जोखिम व्यवथापनको महत्वपूर्ण औजार हो । भावी जीवन असुक्षित हुन्छ त्यसैले बीमितले आफ्नो जीवन, सम्पति वा दायित्वमा पर्न सक्ने जोखिमको आर्थिक भार बीमकलाई हस्तान्तरण गर्ने प्रकियालाई नै बीमा भनिन्छ । व्यक्तिगत जीवन र समाजमा विपत्ति, जोखिमका...


शेयर बजारमा कसरी लगानी गर्ने ?

काठमाडौं । सेयर बजारबाट लगानीकर्ताले विभिन्न प्रकारका धितोपत्रहरूमा अल्पकालीन वा दीर्घकालीन लगानी गरी मुनाफा आर्जन गर्ने वा आफ्नो लगानी अभिवृद्धि गर्न सक्दछन् । सेयर बजारमा कारोबार गर्ने क्रममा विभिन्न व्यक्तिगत तथा संस्थागत लगानीकर्ताहरू संलग्न रहेका हुन्छन् । नेपाली पूँजीबजार...


धनगढी उपमहानगरपालिकाको उत्कृष्ट कार्य, दशैंको टीका लगाउने ४०४ जनाले पाए निःशुल्क यातायात सेवा

काठमाडौं । धनगढी उपमहानगरपालिकाले बडा दशैंको टीका लगाउन जाने व्यक्तिहरूलाई विजया दशमीको दिन निःशुल्क यातायात सेवा प्रदान गरेको छ। नगर प्रहरीले हिजो बिहान ९ बजेदेखि साँझ ६ बजेसम्म निस्शुल्क यातायात सेवा प्रदान गरेको थियो। टीका लगाउन जाने ४०४ जनालाई...


मनाङ–लमजुङ सडकमा रातिमा सवारीसाधन चलाउन रोक

काठमाडौं । मनसुन अन्त्यको समयमा सक्रिय भएपछि आजदेखि यही असोज २० गतेसम्म ठूलो वर्षा हुने सूचना जारी भएको छ। मौसम विज्ञान विभागले वर्षा हुने सूचना जारी गरेसँगै मनाङ–लमजुङ सडकमा रात्रिकालीन सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ। ठूलो वर्षा भएमा जोखिम...


यी भूभागमा भारी वर्षाको सम्भावना, अनावश्यक यात्रा नगर्न प्राधिकरणको अनुरोध

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी र स्थानीय वायुको प्रभाव रहेको जनाएको छ । महाशाखाका अनुसार अहिले देशभरको मौसम साधारणतया बदली रहेको छ । आज दिउँसो कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका...


महोत्तरीमा बस दुर्घटनाः दुई जनाको मृत्यु, ४० जनाभन्दा बढी घाइते

काठमाडौं । महोत्तरीको बर्दिबास नगरपालिका–११ खयरमारामा बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । खयरमाराबाट काठमाडौँ जाँदै गरेको ना६ख १४६४ नम्बरको यात्रुबाहक बस आज बिहान खयरमारास्थित लक्ष्मीनारायण मावि नजिकै दुर्घटना भएको हो । दुर्घटनामा पैदलयात्री बर्दिबास–१० का ८०...