वीर अस्पतालको अपडेट: गणेश नेपालीको अवस्था अझै गम्भीर, २१ सदस्यीय टोली उपचारमा
काठमाडौं । आत्मदाहको प्रयास गरेका मुगुको सोरु गाउँपालिका–१ का २५ वर्षीय गणेश नेपालीको स्वास्थ्य अवस्था अझै पनि गम्भीर रहेको वीर अस्पतालले जनाएको छ। शुक्रबार बिहान आयोजित पत्रकार सम्मेलनमा अस्पतालले नेपालीको अवस्था अझै केही भन्न सकिने अवस्थामा नरहेको र जुनसुकै...
हिमालयन लाइफको सबै व्यतित बीमालेख नवीरकणमा ५० प्रतिशत छुट
काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडले असार २५ गतेदेखि असार ३२ गतेसम्म व्यतित बीमालेख नवीकरण गरेमा त्यसमा लाग्ने विलम्ब शुल्क (ब्याज/जरिवानामा) ५० प्रतिशत छुट दिने भएको छ। कम्पनीले हिमालयन लाइफका साथै साविक प्राइम लाइफ, युनियन लाइफ र गुराँस लाइफबाट...
बैंकिङ प्रणालीबाट ६० अर्ब रुपैयाँ तान्दै राष्ट्र बैंक
काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीमा देखिएको अधिक तरलता व्यवस्थापन गर्न आज ६० अर्ब रुपैयाँ बजारबाट संकलन गर्ने भएको छ। केन्द्रीय बैंकले अल्पकालीन मौद्रिक उपकरणअन्तर्गत ९१ दिनका लागि निक्षेप संकलनमार्फत उक्त रकम उठाउन लागेको हो। यसका लागि इच्छुक...
रुरु जलविद्युत परियोजनाले म्याग्दी हाइड्रोपावरमा ८ करोड रुपैयाँ लगानी गर्ने
काठमाडौं । रुरु जलविद्युत परियोजना लिमिटेडले म्याग्दी हाइड्रोपावर लिमिटेडमा आठ करोड रुपैयाँ लगानी गर्न निर्णय गरेको छ। कम्पनीको साउन २५ गते बेलुकी साढे ५ बजे बसेको सञ्चालक समितिको बैठकले अन्य जलविद्युत कम्पनीहरूमा लगानी गर्ने निर्णय गरेको हो। बैठकले प्रतिकित्ता...
बढ्यो सुनचाँदीको मूल्य, शुक्रबार प्रतितोला कति ?
काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन तोलामा दुई हजार ७०० रुपैयाँले उकालो लागेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ८७ हजार ४०० रुपैयाँमा किनबेच भइरहेको छ । यता,...
रिलायबल नेपाल लाइफद्वारा बीमितको परिवारलाई साढे १३ लाख रुपैयाँ दाबी भुक्तानी
काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडको आईबीआरडी शाखाले बेलौरी नगरपालिका–३ खिरियामा स्वर्गीय सीता देवी रानाको म्यादी जीवन बीमा अन्तर्गतको १३ लाख ८५ हजार रुपैयाँ बीमा दाबी रकम उनका श्रीमानलाई हस्तान्तरण गरेको छ। दाबी रकम हस्तान्तरण कार्यक्रममा बेलौरी नगरपालिका–३...
ऊर्जा उद्यमीको आवाज सुन्दै बालेन शाह, आज सिंहदरबारमा छलफल
काठमाडौँ । वालेन्द्र शाह (बालेन) ले आज ऊर्जा क्षेत्रका उद्यमीहरूसँग छलफल गर्ने भएका छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बिहान ११ः३० बजे हुने छलफलमा ऊर्जा क्षेत्रका समसामयिक समस्या, चुनौती र तिनको समाधानका उपायबारे विस्तृत संवाद हुने बताइएको छ। बुधवारदेखि...
पोखरा र समृद्धि फाइनान्सको मर्जरपछि आजदेखि एकीकृत सेवा सुरु
काठमाडौं । पोखरा फाइनान्स लिमिटेड र समृद्धि फाइनान्स कम्पनी लिमिटेडबीचको गाभ्ने–गाभिने प्रक्रिया पूरा भएपछि आज (शुक्रबार)देखि एउटै संस्थाका रूपमा वित्तीय सेवा सञ्चालनमा आएको छ। मर्जरपछि संयुक्त संस्थाले ‘पोखरा फाइनान्स लिमिटेड’ कै नामबाट कारोबार अघि बढाएको हो। आवश्यक नियामकीय प्रक्रिया...
अप्पर लोहोरे खोला हाइड्रोपावरको साढे २८ लाख कित्ता शेयरको लकइन अवधि सकिंदै
काठमाडौं । अप्पर लोहोरे खोला हाइड्रोपावर कम्पनी लिमिटेडको २८ लाख ४६ हजार ५२५ कित्ता शेयरको लकइन अवधि साउन २८ गतेबाट सकिने भएको छ। कम्पनीको संस्थापक शेयरधनीहरूको २६ लाख कित्ता, स्थानीय बासिन्दाहरूलाई बाँडफाँड गरिएको २ लाख ६ हजार ७६० कित्ता...
सम्झौता अनुसार काम नगर्ने पप्पु कन्सट्रक्सनसहित ८ कम्पनी कालोसूचीमा
काठमाडौं । सार्वजनिक खरिद अनुगमन कार्यालयले सम्झौताअनुसार काम नगर्ने पप्पु कन्सट्रक्सनसहित ८ वटा निर्माण कम्पनी तथा आपूर्तिकर्तालाई कालोसूचीमा राखेको छ। कार्यालयले शुक्रबार सूचना जारी गर्दै सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को उपदफा (१) बमोजिम ती कम्पनीहरूलाई १...
हिमालयन पावर पार्टनरको हकप्रद शेयर नेप्सेमा सूचीकृत
काठमाडौं । हिमालयन पावर पार्टन लिमिटेडले साविकका शेयरधनीहरूमा निष्काशन गरी बाँडफाँड गरेको हकप्रद शेयर नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) मा सूचीकृत भएको छ। बिहीबार नेप्सेमा ५३ लाख २७ हजार ८५ कित्ता हकप्रद शेयर सूचीकृत भएको हो। कम्पनीले साविक शेयरधनीहरूका...
रिलायबल नेपाल लाइफको ३ करोड ७१ लाख कित्ता शेयरको लक–इन अवधि साउन ३० मा सकिँदै
काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडको संस्थापक शेयरधनी तथा कर्मचारीको स्वामित्वमा रहेको ३ करोड ७१ लाख ५७ हजार १२० कित्ता सेयरको लक–इन अवधि साउन ३० गते समाप्त हुने भएको छ। नेपाल धितोपत्र बोर्डको निर्देशनअनुसार कम्पनीमा दर्ता रहेको कुल...
प्रेम आचार्यलाई सम्झाउने त्रिपुरेश्वरको घटना, राज्यले कहिलेसम्म नागरिकलाई आफैं जल्न बाध्य बनाउने?
टिप्पणी २०७९ माघ १० गते, त्यो दिन केवल पात्रोको एउटा मिति थिएन, त्यो दिन एउटा राष्ट्रको विवेकमाथि लेखिएको कालो धब्बा थियो । काठमाडौंको नयाँ बानेश्वरको व्यस्त सडकमा हजारौँ मानिस आफ्नै काममा दौडिरहेका थिए । त्यही भीडको बीचमा एक मानिसले...
जन्मदिनमा श्रीमानलाई रिलायबल नेपाल लाइफको १० लाख रुपैयाँको बीमा पोलिसी उपहार
काठमाडौं । जन्मदिनलाई स्मरणीय बनाउने उद्देश्यले हेटौंडा उपमहानगरपालिका–५ निवासी सुमित्रा गौतमले आफ्ना श्रीमान् सुरेश रेग्मीलाई १० लाख रुपैयाँ बराबरको जीवन बीमा पोलिसी उपहार प्रदान गरेकी छन्। रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडमार्फत खरिद गरिएको उक्त जीवन बीमा पोलिसी जन्मदिनको विशेष...
एशियन लाइफद्वारा बीमितको परिवारलाई १३ लाख रुपैयाँ दाबी भुक्तानी
काठमाडौं । वैदेशिक रोजगार बीमा अन्तर्गत एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले मृतक बीमितका परिवारलाई १३ लाख रुपैयाँ दाबी भुक्तानी गरेको छ। रसुवाको उत्तरगया गाउँपालिका–२ निवासी कुलबहादुर तामाङले सन् २०२४ डिसेम्बर ३१ मा वैदेशिक रोजगार बीमा अन्तर्गत ३ हजार ७०८...
धोबीखोलामा एक महिलाले फालिन् हाम, खोजीमा प्रहरी
काठमाडौं । काठमाडौंको धोबीखोलामा एक महिलाले हाम फालेपछि उनको खोजीका लागि प्रहरी परिचालन गरिएको छ। प्रहरीका अनुसार बिहीबार कालोपुल र रातोपुलबीचको धोबीखोलामा करिब ३५ वर्षीया एक महिलाले खोलामा हाम फालेकी हुन्। घटनास्थलमा रहेका व्यक्तिहरूबाट प्राप्त सूचनाका आधारमा प्रहरी टोली...
उपराष्ट्रपति यादव र फ्रान्सेली राजदूतबीच भेटवार्ता
काठमाडौं । उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि फ्रान्सका राजदूत भर्जिनी कोर्टेभल बीच शिष्टाचार भेटवार्ता भएको छ। भेटवार्ता आज उपराष्ट्रपतिको कार्यालयमा भएको हो। भेटवार्तामा नेपाल– फ्रान्स सम्बन्धका विविध आयामबारेमा छलफल भएको बताइएको छ। उपराष्ट्रपति यादवले नेपाल र फ्रान्सबीच कूटनीतिक सम्बन्ध...
जी मोटर्सबाट बाहिरियो स्काईवेल, अब एलआरआर मोटर्सको जिम्मामा
काठमाडौं । चिनियाँ विद्युतीय सवारी निर्माता स्काईवेलले नेपालमा आफ्नो आधिकारिक बिक्री साझेदार परिवर्तन गरेको छ। कम्पनीले अबदेखि एलआरआर मोटर्समार्फत आफ्ना सवारीसाधनको बिक्री, वितरण तथा ग्राहक सेवा सञ्चालन गर्ने व्यवस्था मिलाएको हो। यसअघि स्काईवेल ब्रान्डको आधिकारिक प्रतिनिधित्व जी मोटर्सले गर्दै...
सरकारको निर्णय अनुसार हिमालयन रिबाट पुलको काम खोसेर नेपाल रिलाई, साउन १ गतेदेखि कार्यान्वयन
काठमाडौं । सरकारी कम्पनी संरक्षण निति लागू गर्न हिमालयन रिबाट काम खोसेर नेपाल रिलाई दिइएको छ। नेपाल सरकारको निर्णयलाई नेपाल बीमा प्राधिकरणले लागू गर्ने भएको छ । वैदेशिक रोजगारको पुलको जिम्मा नेपाल सरकारको स्वामित्वमा रहेको नेपाल रि लाई दिने...
धितोपत्र बजार सुधारको मार्गचित्र आगामी साता सार्वजनिक हुने, हल्लाको पछि नलाग्न बोर्डको आग्रह
काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले धितोपत्र बजारमा देखिएका समस्या समाधान तथा लगानीकर्ताको हित संरक्षणका लागि आगामी साताभित्र समयबद्ध कार्ययोजनासहित पुँजी बजार विकासको विस्तृत मार्गचित्र सार्वजनिक गर्ने जनाएको छ। बोर्डले आज असार २५ गते विज्ञप्तिमार्फत् हाल धितोपत्र बजारमा...




















