बुढीगंगा नगरपालिकाको भवन ठेक्कामा साढे ३ करोड हिनामिना, पूर्वमेयरसहित १४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौँ । बाजुराको बुढीगंगा नगरपालिकाका तत्कालीन नगर प्रमुख दीपकविक्रम शाहसहित १४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सार्वजनिक सम्पत्ति हानि–नोक्सानी पुर्‍याई भ्रष्टाचार गरेको अभियोगमा विशेष अदालतमा आरोपपत्र दायर गरेको हो । अख्तियारका अनुसार कैलालीको...


होटल फरेस्ट इनले ४० करोडको आईपीओ ल्याउन बोर्डबाट पायो अनुमति

काठमाडौँ। नेपाल धितोपत्र बोर्डले होटल फरेस्ट इन लिमिटेडलाई आईपीओ निष्कासनको अनुमति दिएको छ। कम्पनीले आईपीओ निष्कासन गर्न पुष २० गते अनुमति पाएको हो । कम्पनीले १०० अंकित मूल्यमा ४० करोड रुपैयाँ बराबरको ४० लाख कित्ता आईपीओ निष्कासन गर्नेछ ।...


देशभरका सबै भन्सार कार्यालयमा अनलाइन मूल्यांकन प्रणाली लागू

काठमाडौँ ।  भन्सार विभागले सबै भन्सार कार्यालयहरूमा अनलाइन मूल्यांकन प्रणाली लागू गरेको छ। यसअघि वीरगञ्ज भन्सार कार्यालयमा मात्र प्रयोगमा रहेको यो प्रणाली अब देशभरका सबै भन्सार कार्यालयहरूमा कार्यान्वयनमा आएको हो। भन्सार विभागको आयोजनामा शुक्रबार आयोजित दुई दिने भन्सार व्यवस्थापन...


सानिमा जिआईसीका सिईओ उपाध्यायलाई मातृशोक

काठमाडौं । सानिमा जिआईसी इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत(सिईओ) सुधुम्न प्रसाद उपाध्यायलाई मातृशोक परेको छ । आइतबार विहान उनलाई मातृ शोक परेको हो । सुधुम्न प्रसाद उपाध्याय आमा केही वर्षदेखि डाइबिटिज रोगबाट ग्रसित थिइन्।


तीन बीमा कम्पनीबाहेक सबैमा क्यास ब्याक, कारवाही गर्ने तयारीमा प्राधिकरण

काठमाडौं । तीन निर्जिवन बीमा कम्पनीबाहेक सबै बीमा कम्पनीमा क्यास ब्याक रहेको पाइएको छ। सरकारी स्वामित्वमा रहेको राष्ट्रिय बीमा कम्पनी, नेशनल इन्स्योरेन्स र ओरियन्टल इन्स्योरेन्स बाहेक सबै बीमा कम्पनीमा क्यास ब्याक रहेको पाइएको छ। नेपाल बीमा प्राधिकरणको स्थलगत निरिक्षणको...


नेशनल लाइफ इन्स्योरेन्सद्वारा बागमती प्रदेशका सिईओ क्लब सदस्यलाई सम्मान

काठमाडौँ । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले काठमाडौँ स्थित वेभ हस्पिटालिटीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुरेश प्रसाद खत्रीको सभापतित्वमा सिईओ क्लब सदस्य सम्मान कार्यक्रम सम्पन्न गरेको छ । आर्थिक वर्ष २०८१/८२ मा तोकिएको बीमाशुल्क संकलन गरी बागमती प्रदेशबाट योग्य...


एनआईसी एशिया बैंकको स्वतन्त्र सञ्चालकमा राम कृष्ण खतिवडा

काठमाडौँ । एनआईसी एशिया बैंकको स्वतन्त्र सञ्चालकको रुपमा राम कृष्ण खतिवडा नियुक्त भएका छन् । आगामी ४ वर्षको अवधिका लागि खतिवडालाई उक्त जिम्मेवारी दिएको हो । चार्टर्ड फाइनान्सियल एनालिष्ट (सीएफए) तथा चार्टर्ड इकोनोमिष्ट (सीएचई) गरेका उनले पूर्वाधार विकास, परियोजना...


नेपाल बैंकका कर्मचारी र ग्राहकलाई मेडिकेयर हस्पिटलमा विशेष छुट

काठमाडौँ । नेपाल बैंक लिमिटेडमा कार्यरत कर्मचारीहरु र कर्मचारीका परिवार, बैंकमा पेन्सन खाता रहेका ग्राहकहरू, बैंकको डेबिट कार्ड होल्डरहरु र नेपाल बैंकका अवकाश प्राप्त कर्मचारीहरुलाई काठमाडौं चावहिलमा रहेको मेडिकेयर हस्पिटल लि. मा उपचार गर्दा लाग्ने शुल्कमा विशेष छुट प्रदान...


दुई कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट

काठमाडौं । साता कारोबारको पहिलो दिन अर्थात आइतबार पनि शेयर बजार झिनो अंकले घटेको छ । आज नेप्से परिसूचक १०.२९ अंकले घटेर २६१० को बिन्दुमा कायम भएको छ । शेयर बजारमा आज विभिन्न सेक्टरका ७९ वटा कम्पनीहरुको शेयरमूल्यमा हरियाली...


एसवाई प्यानलको शेयरमा झुम्मिए लगानीकर्ता, अन्य कसको कति ?

काठमाडौं । साता कारोबारको पहिलो दिन अर्थात आइतबार पनि शेयर बजार झिनो अंकले घटेको छ । आज नेप्से परिसूचक १०.२९ अंकले घटेर २६१० को बिन्दुमा कायम भएको छ । शेयर बजारमा आज विभिन्न सेक्टरका ३२३ वटा कम्पनीहरुको एक करोड...


राताम्य शेयर बजारः गुम्दै लगानीकर्ताको लगानी, पर्ख र हेरको अवस्था किन ?

काठमाडौँ । शेयर बजार आज पनि ओरालो लागेको छ । गत साताको बिहिबार दोहोरो अकंले घटेको बजारले आज पनि सोहि निरन्तरता दिएको हो । पछिल्लो केहि साता यता बजारमा उतार चढाब आइरहेको छ । देश निर्वाचन तिर अघि बढेको...


बैंकबाट ऋण लिएर घर बनाउने बढे, सस्तो ब्याजदर र सहज नीतिले उत्साह

काठमाडौँ । निजी आवासीय कर्जा आकार निरन्तर बढ्दो क्रममा रहेको छ । निरन्तर घटी रहेको ब्याजदर र नियामकको सहज नीतिका कारण पछिल्लो समय बैंकबाट ऋण लिएर घर बनाउने वा किन्नको संख्या वृद्धि भइरहेको हो । बैंकहरूले २ करोड रुपैयाँसम्म व्यक्तिगत...


आल्मुनीयम व्यवसायी संघ नेपाल लुम्बिनी प्रदेशको १९ सदस्यीय समिति गठन

काठमाडौं । आल्मुनीयम व्यवसायी संघ नेपालको लुम्बिनी प्रदेश संघमा १९ सदस्यीय तदर्थ समिति गठन भएको छ । आल्मुनियम व्यवसायलाई सुदृढीकरणमा जोड दिदै लुम्बिनी प्रदेश आल्मुनियम व्यवसायी संघ लुम्बिनी प्रदेशको विशेष भेला शनीवार रुपन्देही स्थित जैकुटी होटल पौवा मा सम्पन्न...


वीरगञ्जमा प्रदर्शन चर्किएपछि तनाव, प्रहरीद्वारा हवाई फायर र अश्रुग्यास प्रहार

काठमाडौँ ।  धनुषामा मस्जिद तोडफोड र कुरान जलाइएको विरोधमा वीरगञ्जमा भएको प्रदर्शन हिंसात्मक बनेपछि प्रहरीले हवाई फायर र अश्रुग्यास प्रहार गरेको छ। प्रदर्शनकारी र प्रहरीले झडप भएपछि जनजीवन प्रभावित भएको छ। वीरगञ्जका विभिन्न स्थानमा प्रदर्शनकारीले टायर बालेर सडक अवरुद्ध...


अख्तियार प्रमुख राईलाई ज्यान मार्ने धम्की दिने पाठक फिलिपिन्समा पक्राउ, नेपाल ल्याउने तयारी

काठमाडौं । भ्रष्टाचार आरोपी तत्कालीन नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीको डिजाइनमा अख्तियार प्रमुख प्रेमकुमार राईलाई ज्यान मार्ने धम्की दिने प्रकाश पाठक पक्राउ परेका छन् । काभ्रे घर भएका पाठकले भ्रष्टाचार आरोपी तत्कालीन महानिर्देशक अधिकारीसँग सुपारी लिएर अख्तियार दुरुपयोग अनुसन्धान...


हिमालयन एभरेष्ट इन्स्योरेन्सद्वारा स्वास्थ्य केन्द्रलाई आधुनिक अल्ट्रासाउण्ड मेसिन सहयोग

काठमाडौँ । हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेडले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत ललितपुर महानगरपालिका वडा नं. १० स्थित स्वास्थ्य केन्द्रलाई एक थान आधुनिक अल्ट्रासाउण्ड मेसिन सहयोग गरेको छ। उक्त मेसिनको औपचारिक हस्तान्तरण कार्यक्रम ललितपुर महानगरपालिका वडा नं. १० मा आयोजित विशेष...


सानिमा रिलायन्स लाइफका ३९ जना अभिकर्ता सन् २०२६ को एमडीआरटी लक्ष्य चुम्न सफल

काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका तीन दर्जन अभिकर्ताले सन् २०२६ को एमडीआरटी लक्ष्य हासिल गरेका छन् । अभिकर्ताहरुको अन्तरराष्ट्रिय संस्था मिलियन डलर राउण्ड टेबल (एमडीआरटी) ले नेपालका लागी सन् २०२५ मा गरेको व्यवसायका आधारमा तोकिएको वार्षिक...


नेपाल लाइफमा कुन सञ्चालकको शेयर स्वामित्व कति?

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका सञ्चालकहरूको कुल ५६ लाख १४ हजार ६३९ कित्ता शेयर स्वामित्व रहेको छ। जसमध्ये सञ्चालक समितिका अध्यक्ष गोविन्द लाल संघईको मात्रै ४८ लाख ४४ हजार १३० कित्ता शेयर स्वामित्व रहेको छ। दोस्रोमा सञ्चालक...


वर्षदिनमा स्काइवाक टावरको व्यापार २ करोडले घट्यो, धरहरा टाउको दुखाई बन्दा आईपीओको रणनीति

काठमाडौँ । आकाशमा सिसामाथि हिडेको अनुभव दिने स्काइवाक टावर सञ्चालन गर्ने वन्डर्स नेपालको व्यापार निरन्तर घट्दो अवस्थामा रहेको छ । कम्पनीको पछिल्लो वित्तीय विवरण अनुसार वर्षदिनको अवधिमा यसको व्यापार करिब २ करोड रुपैयाँ अर्थात् १७.१४ प्रतिशतले घटेको हो ।...


नेपालका कम्युनिष्ट पार्टीहरु नाम मात्रैका, भेनेजुएला प्रकरणमा अमेरिकाको विरोध गर्न असफल

काठमाडौं । स्वतन्त्र राष्ट्र भेनेजुएलामा अमेरिकाले गरेको सैन्य हमला र जननिर्वाचित राष्ट्रपति निकोलस मादुरोको कब्जालाई लिएर संसारभरबाट विरोध भइरहेको छ । पछिल्लो जानकारी अनुसार भेनेजुएलाका राष्ट्रपति मदुरो र उनकी पत्नी सिलिया फ्लोरेसलाई अमेरिकी सेनाले न्यूयोर्क लगेको बताइँदै छ ।...