आगामी आर्थिक वर्षको बजेट संसदबाट पारित

काठमाडौँ । प्रतिनिधिसभाबाट आगामी आर्थिक वर्ष २०८१।८२ को बजेट (विनियोजन विधेयक) पारित भएको छ। मंगलबार बसेको प्रतिनिधिसभा बैठकबाट बजेट बहुमतले पारित भएको हो । अर्थमन्त्री वर्षमान पुनले विनियोजन विधेयक २०८१ लाई पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए ।...


लघु जीवन बीमा कम्पनीको कुल बीमा शुल्क आर्जन १३ करोड, क्रेष्ट माइक्रो अग्रस्थानमा

काठमाडौं । चालु आर्थिक वर्षको ११ महिनामा नेपालमा सञ्चालन रहेका ३ लघु जीवन बीमा कम्पनीहरुले १३ करोड २७ लाख रुपैयाँ बराबरको कुल बीमा शुल्क आर्जन गरेका छन् । नेपाल बीमा प्राधिकणले प्रकाशित गरेको तथ्यांक अनुसार क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्स...


गत आवको तुलनामा जीवन बीमा कम्पनीहरुको कुल बीमा शुल्क आर्जन ७५ ले बढ्यो, नेपालर नेशनल लाइफ अग्रस्थानमा, अन्यको अवस्था कस्तो ?

काठमाडौं । चालु आर्थिक वर्षको ११ महिनामा सञ्चालनमा रहेका जीवन बीमा कम्पनीहरुले एक खर्ब ३३ अर्ब ६२ करोड बराबरको कुल बीमा शुल्क आर्जन गर्न सफल भएका छन् । समग्र जीवन बीमा कम्पनीहरुमध्ये नेपाल लाइफ र नेशनल लाइफ इन्स्योरेन्स अग्रस्थानमा...


एसइईको नतिजा बिहीबारसम्म सार्वजनिक गरिने, कसरी हेर्ने ?

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले यस वर्षको एसइई परीक्षाको नतिजा बिहीबार (असार १३ गते) सम्म सार्वजनिक गर्ने तयारी गरेको छ । उत्तरपुस्तिका परीक्षण, अङ्कभार प्रविष्ट र ‘मिस म्याच’को काम सकेर नतिजा प्रकाशनको अन्तिम तयारी भइरहेको हो...


तुलनात्मकरुपमा सन्तुलित, समन्यायिक र नतिजामूलक बजेट आएको छः प्रधानमन्त्री प्रचण्ड

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आगामी आर्थिक वर्ष २०८१/८२ को बजेट तुलनात्मकरुपमा सन्तुलित, समन्यायिक र नतिजामूलक आएको बताएका छन् । विनियोजन विधेयकको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको विनियोजनका सम्बन्धमा उठेका प्रश्नहरूको जवाफ दिँदै उनले यस्तो बताएका हुन् । आर्थिक...


लिम्पियाधुरा, कालापानी र लिपुलेकसहितका भूमि नेपालकै हुन् भन्ने कुरामा कुनै दुई मत छैनः प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले महाकाली नदीपूर्वका लिम्पियाधुरा, कालापानी र लिपुलेकसहितका भूमि नेपालकै हुन् भन्ने कुरामा कुनै दुई मत नरहेको बताएका छन् । प्रतिनिधि सभाको मंगलबार बसेको बैठकमा परराष्ट्र मन्त्रालयको मन्त्रालयगत बजेटबारे सांसदहरूका प्रश्नको जवाफ दिँदै उनले यस्तो...


सावाँ र ब्याज बुझाउन ऋणीहरुलाई सञ्चय कोषको आग्रह

काठमाडौँ । धितोमा कर्जा लिएका सञ्चयकर्ता ऋणीलाई चालू आर्थिक वर्षमा कोषलाई भुक्तानी गर्नुपर्ने सावाँ तथा ब्याज बुझाउन कर्मचारी सञ्चय कोषले आग्रह गरेको छ । कोषले विभिन्न शाखा कार्यालयबाट घर सापटी, शैक्षिक सापटी, घर मर्मत सापटी, सरल चक्र कर्जा सापटी...


तथ्याङ्कमा आधारित मौद्रिक नीति ल्याउँछौंः गभर्नर अधिकारी

काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले मौद्रिक नीति तथ्याङ्कमा आधारित भएर ल्याउने बताएका छन् । गभर्नर अधिकारीले सेजन नामक संस्थाले आयोजना गरेको मौद्रिक नीतिपूर्वको छलफल कार्यक्रममा बोल्दै ठूला ऋण लिएकाहरुले आफू अनुकूल मौद्रिक नीति जारी होस् भनेर...


ऋण लिन जाँदा बैंकका कर्मचारीले कमिशन मागे, ठाउँको ठाउँ कारवाही गर्छौः गभर्नर अधिकारी

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले ऋण लिन जाँदा कुनै पनि बैंकका कर्मचारीहरुले कमिशन मागेको थाहा पाइएमा तत्कालै कारवाही गर्ने बताएका छन् । मौद्रिक नीतिमाथिको छलफल कार्यक्रममा बैंकका कर्मचारीहरुले कमिशन माग्ने गरेको भन्ने गुनासो सुन्ने वित्तिकै गभर्नर...


नेपाल धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति प्रक्रिया नै खारेज हुने ! महान्यायाधिवक्ताको पत्रले झनै अप्ठेरो

काठमाडौं । सरकारले राय सुझाव माग गरेको महान्यायाधिवक्ताको कार्यालयले अर्थमन्त्रालयको पत्रको जवाफ दिएको छ । अर्थलाई दिएको जवाफमा दुई जनाको नाम सिफारिस गर्न नमिल्ने राय महान्यायाधिवक्ताको कार्यालयले दिएसँगै अध्यक्ष छनौट समिति झनै अप्ठेरोमा परेको छ । अब छनौट समिति...


अब दुई पांग्रे राइड सेयरिङ चलाउनेले प्रतिमहिना १०० रुपैयाँ तिर्नुपर्ने

काठमाडौँ । अब दुई पांग्रे राइड सेयरिङ चलाउनेले काठमाडौँ महानगरलाई प्रतिमहिना १०० रुपैयाँ तिर्नुपर्ने भएको छ । महानगरपालिकाले सोमबार प्रस्तुत गरेको अर्थ सम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको आर्थिक विधेयक, २०८१ मा महानगरले सवारी साधन कर शीर्षकमा यस्तो कर उठाउने...


लुम्बिनी प्रदेशमा कृषि सहकारी तथा लघु बीमा सम्बन्धी अन्तरक्रिया कार्यक्रम

काठमाडौं । नेपाल बीमा प्राधिकरण लुम्बिनी प्रदेश कार्यालयले कृषि सहकारी संस्थाहरुसंग कृषि तथा लघु बीमा सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । प्राधिकरणले लुम्बिनी प्रदेशमा रहेका लघु तथा कृषि बीमा सम्बन्धि समस्या समाधान गर्ने उद्देश्यले उक्त अन्तरक्रिया कार्यक्रम गरेको...


महुली लघुवित्तको संस्थापक शेयर बिक्रीमा

काठमाडौं । महुली लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । कम्पनीले दुईजना संस्थापक शेयरधनीहरूको नाममा रहेको २१ हजार ५१ कित्ता शेयर बिक्रीमा ल्याएको हो । यो शेयर हाल विद्यमान संस्थापक शेयरधनीहरूले मात्रै खरीद गर्न पाउनेछन् ।...


सानिमा बैंक र नेपाल क्लियरिङ हाउसबीच अन्तरदेशीय डिजिटल भुक्तानीका लागि सहकार्य

काठमाडौँ । सानिमा बैंकले नेपाल क्लियरिङ्ग हाउस लि. सँग नेपाल र भारतमा अन्तरदेशीय सरल र सजिलो डिजिटल भुक्तानी सुबिधा प्रदान गर्नका लागि सम्झौता पत्रमा हस्ताक्षर गरेको छ । उक्त सम्झौता पत्रमा सानिमा बैंकका तर्फबाट प्रमुख निक्षेप अधिकृत हेमराज संज्याल...


मंगलबार कतिमा कारोबार हुँदैछ सुनचाँदी ? 

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य स्थिर रहेको छ । सोमबार बढेको सुनको मूल्य मंगलबार भने स्थिर रहेको हो । नेपाल सुनचाँदी ब्यवसाय महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला एक लाख ४२ हजार ३०० रुपैयाँ र तेजावी...


जलविद्युत क्षेत्रमा प्रवाह गएको अर्बौ रुपैयाँ ऋण जोखिममा छः पूर्व उपाध्यक्ष पौडेल

काठमाडौं । नेपाली जलविद्युत क्षेत्रमा प्रवाह भएको ठूलो ऋण जोखिममा पर्नसक्ने चेतावनी अर्थविद तथा राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डा. विश्व पौडेलले दिएका छन् । आज आयोजित मौद्रिक नीति समीक्षापूर्वको छलफल कार्यक्रममा पूर्व उपाध्यक्ष पौडेलले भने, ‘जलविद्युत क्षेत्रमा ठूलो...


रोकिएको आईपिओ र हकप्रद जारी गर्ने प्रक्रिया अघि बढाउँदै सेबोन, लेखासमितिको निर्देशनको सीमाभित्र रहने

काठमाडौं । नेपाल धितोपत्र बोर्डले झण्डै आधा बर्षसम्म रोकिएको शेयर निष्काशनको प्रकृया अघि बढाउने प्रकृया सुरु गरेको छ । नेपाल धितोपत्र बोर्डका पूर्वअध्यक्ष रमेशकुमार हमालको कार्यकाल सकिएपछि रिक्त अध्यक्ष पदमा नयाँ अध्यक्ष नियुक्त हुन नसक्दा आईपिओ लगायतका शेयर निष्काशन...


प्रतिकित्ता २१० रुपैयाँमा सूर्यज्योति लाइफको संस्थापक शेयर किन्ने आज अन्तिम दिन

काठमाडौं । एनआईसी एशिया बैंकको स्वामित्वमा रहेको सूर्यज्योति लाइफको संस्थापक शेयरमा आवेदन दिने आज असार ११ गते अन्तिम दिन रहेको छ । कम्पनीले असार ४ गते देखि प्रतिकित्ता न्यूनतम २१० रुपैयाँमा शेयर बिक्रीमा ल्याएको थियो । यो शेयर संस्थापक...


प्रतिकित्ता ७३९ रुपैयाँमा सीआईटीको संस्थापक शेयर बिक्रीमा

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले आफ्नो स्वामित्वमा रहेको सिटिजन इन्भेष्टमेन्ट ट्रष्ट (सीआईटी)को ५० हजार कित्ता संस्थापक शेयर बिक्रीमा राखेको छ । सो शेयर प्रतिकित्ता न्यूनतम ७३९ रुपैयाँमा बिक्रीमा राखिएको हो । उक्त संस्थापक शेयरमा बैंक तथा वित्तीय संस्था...


कनेक्ट आईपिएसको सुरक्षा अवस्था जर्जर, संसदमा उठ्यो प्रश्न

काठमाडौं । कमजोर सुरक्षा व्यवस्थाबीच जर्जर अवस्थामा सञ्चालन भइरहेको विद्युतीय भुक्तानी प्रणाली कनेक्ट आईपिएसको कारण सर्वसाधारणले धन तथा सम्पत्ति गुमाउने अवस्था आएपछि हिजो प्रतिनिधि सभाको बैठकमै सांसदहरूले प्रश्न उठाएका छन् । हिजोको प्रतिनिधि सभाको बैठकमा सांसद अशोक कुमार चौधरीले...