सार्वजनिक संस्थानमा ४७ अर्ब सरकारी लगानीको हिसाब मिलेन, लेखाजोखा र आन्तरिक नियन्त्रणको अभाव

काठमाडौँ । सार्वजनिक संस्थानमा करिब ४७ अर्ब रुपैयाँ सरकारी लगानीको हिसाब मिल्न सकेको छैन। अर्थ मन्त्रालय र सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार विभिन्न संस्थानका बहीखाताले ऋण तथा शेयर लगानीको विवरण लामो समयदेखि पुष्टि गर्न सकेका छैनन्। सरकारी र संस्थान...


सचिव बढुवाका लागि तीन जनाको नाम सिफारिस

काठमाडौँ । लोकसेवा आयोगले सचिवमा बढुवा गर्न तीन जनाको नाम सिफारिस गरेको छ। आयोगका अध्यक्ष माधवप्रसाद रेग्मीको अध्यक्षतामा बसेको बढुवा सिफारिसको समितिले तीन जनाको नाम सिफारिस गरेको हो। बढुवा सिफारिस समितिले सहसचिव राजेन्द्रकुमार पौडेल, कमलप्रसाद भट्टराई र इन्दु घिमिरेको...


स्थानीयले निभाएको डढेलोको नाममा समेत भ्रष्टाचार

काठमाडौं । जाजरकोटको शिवालय गाउँपालिका अन्तर्गत चुली ढडमेला सामुदायिक वन उपभोक्ता समूहको झण्डै १० लाख रुपैयाँ भ्रष्टाचार गरेको आरोपमा ४ जना विरुद्ध मुद्दा दर्ता भएको छ। भ्रष्टाचारमा संलग्न भएको आरोपमा उपभोक्ता समूहका तत्कालीन अध्यक्ष अमृते दमाई, कोषध्यक्ष धनसरी राना,...


एनएमबि बैंकले ल्यायो ‘इन्स्टा बाइ’ किस्ताबन्दी सुविधा

काठमाडौं । एनएमबि बैंकले क्रेडिट कार्ड सेवालाई अझ डिजिटल र सहज बनाउन ‘एनएमबि इन्स्टा बाइ’ सुविधा सार्वजनिक गरेको छ। यो सुविधामार्फत क्रेडिट कार्डधारकहरूले अब ५ हजार रुपैयाँभन्दा माथिको कुनै पनि खरिदलाई ६ देखि १२ महिनासम्मको किस्ताबन्दी (ईएमआई) मा रूपान्तरण...


भक्तपुरमा हेलिपोर्ट बनाउँदा भ्रष्टाचार गरेको आरोपमा क्यान महानिर्देशक अधिकारी थुनामा

काठमाडौं । भक्तपुरको नलिञ्चोकमा हेलिपोर्ट बनाउँदा बद्नियतपूर्वक १३ करोड ५७ लाख रुपैयाँ भ्रष्टाचार गरेको आरोपमा नागरिक उड्डयन प्राधिकरण (क्यान) का महानिर्देशक प्रदीप अधिकारी (हाल निलम्बित) थुनामा पुगेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले उनलाई गत बुधबार पक्राउ गरी विशेष...


करोडौं कर छली गर्ने अग्नी इन्कर्पोरेटेड व्यापार ७ अर्ब, महिन्द्रा गाडी दुर्घटना र आगलागीले गुणस्तरमा प्रश्न

काठमाडौं । राज्यलाई करोडौं रुपैयाँ कर छली गरिरहेको महिन्द्रा गाडीको आधिकारिक वितरक अग्नि इन्कर्पोरेटेडले वर्षदिनमा ७ अर्ब १३ करोड रुपैयाँको व्यापार गरेको छ । कम्पनीले भैरहवा भन्सार कार्यालय मार्फत् आयात गरेका एस ५ र एस ११ मोडेलका स्कार्पियो गाडीको...


डिशहोमले ल्यायो ‘खुशी’ एआई, यस्ता छन् विशेषता

काठमाडौं । डिश मिडिया नेटवर्क लिमिटेड (डिशहोम) ले निरन्तर नयाँ प्रविधिको प्रयोग गर्दै नेपालमै दुईतर्फी भोइस एआई ‘खुशी’ सार्वजनिक गरेको छ। ग्राहकलाई डिजिटल प्रविधिसँग अझ नजिक ल्याउने उद्देश्यले डिशहोमले केही समय अघि भर्चुअल प्रिभिलेज कार्ड सार्वजनिक गरेको थियो। सो...


महालक्ष्मी विकास बैंक अन्तर्राष्ट्रिय अवार्डबाट सम्मानित

काठमाडौं । ग्राहकहरुलाई अत्याधुनिक, सुरक्षित तथा सहज बैंकिङ्ग सुविधा उपलब्ध गराइरहेको महालक्ष्मी विकास बैंक ‘बैकिङ्ग नवप्रवर्तन तथा ग्राहक सन्तुष्टीमा उत्कृष्ट’ विधा अन्तर्गत अन्तर्राष्ट्रिय अवार्डबाट सम्मानित भएको छ । डिसेम्बर ७ मा भारतको नयाँ दिल्लीमा आयोजित एक कार्यक्रमका बीच ‘इन्डिया...


भारतको रात्रिक्लबमा भएको आगलागीमा चार नेपालीको पनि मृत्यु

काठमाडौं । भारतको गोवास्थित तटीय क्षेत्रमा रहेको एउटा रात्रिक्लबमा ग्यास सिलिन्डर पड्किएर आगलागी हुँदा ४ नेपालीको पनि मृत्यु भएको पुष्टि भएको छ। उक्त आगलागीमा परी कुल २५ जनाले ज्यान गुमाएका थिए। ज्यान गुमाउनेमध्ये अधिकांश उत्तरी गोवाको अर्पाेरास्थित सोही क्लबका...


रिलायन्स मिल्सको आईपीओमा आवेदन दिनेको ओइरो, ३० मिनेटमै ‘ओभर सब्सक्राइब’

काठमाडौं । रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा आवेदन दिनेको ओइरो लागेको छ । कम्पनीको आईपीओ खुलेको ३० मिनेटमै ‘ओभर सब्सक्राइब’ भएको हो । वैदेशिक रोजगारीमा गएका नेपाली कामदारका लागि निष्कासन गरेको आईपीओमा ३० मिनेटमै मागभन्दा बढी आवेदन परेको हो ।...


बैंक तथा वित्तीय क्षेत्रमा बढ्दो एआईको प्रयोगलाई नियमन गर्दै राष्ट्र बैंक, सार्वजनिक गर्‍यो मस्यौदा

काठमाडौं । नेपाल राष्ट्र बैंकले वित्तीय क्षेत्रमा तीव्र गतिमा बढ्दै गएको कृत्रिम बुद्धिमत्ता (एआई) को प्रयोगलाई स्पष्ट, सुरक्षित र दिगो बनाउने उद्देश्यसहित ‘आर्टिफिसियल इन्टेलिजेन्स गाइडलाइन–२०२५’ को मस्यौदा सार्वजनिक गरेको छ। मौद्रिक नीतिमा घोषणा गरिएका प्रतिबद्धताअनुसार केन्द्रीय बैंकले मस्यौदा सार्वजनिक...


बाढीले ध्वस्त पारेको रसुवागढी जलविद्युत् पुनः चल्यो, छ महिनापछि ३७ मेगावाट उत्पादन सुरु

काठमाडौँ । रसुवागढी जलविद्युत् आयोजना आंशिक रूपमा सञ्चालनमा आएपछि छ महिनादेखि रोकिएको विद्युत् उत्पादन पुनः सुरु भएको छ। गत असार २४ मा चीनको तिब्बतबाट बग्ने ल्येन्दे खोलामा हिमताल फाटेर आएको भीषण बाढीले १११ मेगावाट क्षमताको आयोजनाको बाँधलगायत हेडवर्क्स क्षेत्रमा...


बढ्यो सुनको मूल्य, सोमबार प्रतितोला कति ?

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन तोलामा ७०० रुपैयाँले उकालो लागेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ५२ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ । यता, चाँदी तोलामा...


गार्डियन माइक्रो लाइफको साधारणसभा पुस १४ गते बस्ने, शेयरधनीलाई छैन लाभांश

काठमाडौं । गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडको मंसिर २१ गते बसेको सञ्चालक समितिको बैठकले आउँदो पुस १४ गते तेस्रो वार्षिक साधारणसभा बस्ने निर्णय गरेको छ। सभा मोरङको विराटनगरस्थित होटल एअरपोर्टमा बिहान ११ बजेदेखि शुरू हुनेछ। कम्पनीले आफ्ना शेयरधनीहरूलाई लाभांश...


नेपाल बीमा प्राधिकरणका कर्मचारीद्वारा ७ दिने अल्टिमेटम, माग पूरा नभए चरणबद्ध हड्ताल गर्ने

काठमाडौं । नेपाल बीमा प्राधिकरणमा बढ्दो कार्य–दबाब, प्राविधिक जटिलता र कर्मचारी व्यवस्थापनसम्बन्धी समस्या देखाउँदै कर्मचारी यूनियनहरूले प्राधिकरणका अध्यक्ष जनकराज शर्मालाई आफ्ना माग पूरा गर्न सात दिनको अल्टिमेटम दिएका छन्। बीमा क्षेत्र द्रुतगतिमा विस्तार भइरहेका बेला नियमन, निरीक्षण र सुपरीवेक्षण...


स्रोत नखुलेको ५७ लाख रुपैयाँ सहित एकजना पक्राउ

काठमाडौं । स्रोत नखुलेको ५७ लाख ४७ हजार रुपैयाँ सहित आइतबार काठमाडौं महानगरपालिका–१४ कुलेश्वरबाट एक जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा सोही ठाउँमा कोठा लिएर बस्ने काभ्रेपलाञ्चोक जिल्ला नमोबुद्ध नगरपालिका–९ घर भएका ३४ वर्षीय सरोज श्रेष्ठ रहेका छन्।...


आशा लघुवित्तको शेयरमूल्य समायोजन, कतिमा खुल्छ कारोबार?

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा आशा लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयरमूल्य समायोजन भएको छ। साधारणसभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले बुक क्लोज गरेसँगै नेप्सेले शेयरमूल्य समायोजन गरेको हो। नेप्सेले कम्पनीले वितरण गर्न लागेको ९.५ प्रतिशत बोनस शेयर...


कालीमाटीमा तरकारीः गोलभेंडा ५५, काउली ४० रुपैयाँ किलो

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजको थोक मूल्य सार्वजनिक गरेको छ। जसअनुसार सानो लोकल गोलभेंडा ५५ रुपैयाँ, स्थानीय काउली ४० रुपैयाँ, लोकल बन्दा ५५ रुपैयाँ, तीते करेला १०० रुपैयाँ, परवर ९० रुपैयाँ,...


यस्तो छ आज विदेशी मुद्राको विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार आज एक अमेरिकी डलरको खरीदमूल्य १४३.६८ रुपैयाँ र बिक्रीमूल्य १४४.२८ रुपैयाँ निर्धारण भएको छ। यस दिन एक क्यानेडियन डलरको खरीददर १०४ रुपैयाँ र बिक्रीदर १०४.४३ रुपैयाँ कायम हुँदा एक सिंगापुर डलरको खरीददर ११०.८६...


कुमारी बैंक र मेरो माइक्रोफाइनान्सको शेयर बेच्दै एनआरएन इन्फ्रास्ट्रक्चर

काठमाडौं । एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेडले आफ्नो स्वामित्वमा रहेको कुमारी बैंक लिमिटेडको ५ लाख ३० हजार कित्ता र मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको ७८ हजार २०९ कित्ता शेयर बिक्रीमा राखेको छ। संस्थापक शेयर बिक्री गर्दा शुरूमा सम्बन्धित...