अमेरिकी डलरको भाउ बढ्यो, अन्य मुद्राको विनिमयदर कति?

काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार आज फागुन २६ गते एक अमेरिकी डलरको भाउ ९४ पैसाले बढेर खरीदभाउ १४७.४३ रुपैयाँ र बिक्रीदर १४८.०३ रुपैयाँ कायम भएको छ। यस दिन एक अष्ट्रेलियन डलरको खरीददर १०३.४२ रुपैयाँ र बिक्रीदर १०३.८४ रुपैयाँ,...


नरेन्द्र मोदीसँग रवि र बालेनको टेलिफोन संवाद

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)ले टेलिफोन संवाद गरेका छन् । आज राजनितिक र अनौपचारिक बिषयमा भारतीय प्रधानमन्त्री मोदीसँग टोलिफोनमा संवाद भएको बुझिएको छ ।


जाँचबुझ आयोगको प्रतिवेदन २४ घण्टाभित्र सार्वजनिक गर्न अल्टिमेटम

काठमाडौं । ‘जेन-जी अलायन्स फर मोनार्की’ ले ‘जेन–जी घटना’ सम्बन्धी जाँचबुझ आयोगको पूर्ण प्रतिवेदन तत्काल सार्वजनिक गर्न सरकारलाई २४ घण्टे अल्टिमेटम दिएको छ। अलायन्सले सोमबार एक प्रेस विज्ञप्ति जारी गर्दै प्रतिवेदन सरकारको हातमा पुगिसकेको भन्दै अब कुनै बहाना नगरी २४...


निर्वाचन प्रहरीको अवधि सकियो, बिहीबार विदाई

काठमाडौं । २१ फागुनमा सम्पन्न भएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि काठमाडौं उपत्यकामा परिचालन गरिएका निर्वाचन प्रहरीको बिहीबार बिदाइ गरिने भएको छ । निर्वाचनको सुरक्षाका लागि काठमाडौंमा तीन हजार ८५४, भक्तपुरमा एक हजार ९३ तथा ललितपुरमा एक हजार ५९६ निर्वाचन...


मध्यपूर्व तनावको असर: कुवेतमा भिजिट भिसामा रहेका सबै विदेशीको भिसा एक महिना थप

काठमाडौँ । कुवेत सरकारले भिजिट भिसामा रहेका नेपालीसहित सबै विदेशी नागरिकको भिसा एक महिनाका लागि स्वतः थप गर्ने निर्णय गरेको छ। क्षेत्रीय तनावका कारण अन्तर्राष्ट्रिय उडान प्रभावित भएपछि यस्तो निर्णय गरिएको हो। अमेरिका र इजरायल बीचको तनाव तथा इरान...


इजरायलको तेलअभिभ विध्वंश, अमेरिकाले रोक्न सकेन इरानी मिसाइल

काठमाडौं । अमेरिकी शक्तिराष्ट्रहरुसँग एक्लै लडिरहेको इरानले इजरायली आर्थिक राजधानी तेलअभिभमा विध्वंस मच्चाएको छ । इरानको सर्वोच्च नेतामा आयोतुल्ला खामेनीका छोरा आयोतुल्ला मोजतावा खामेनीको नियुक्ती भएपछि गरिएको सैनिक कारवाहीलाई अमेरिकी प्रतिरक्षा प्रणालीले समेत रोक्न नसक्दा इजरायलमा ठूलो मानवीय भौतिक...


हिमालयन पावरले पायो हकप्रद निष्कासनको अनुमति

काठमाडौँ । हिमालयन पावर पार्टनर लिमिटेडले हकप्रद शेयर निष्काशनको अनुमति पाएको छ । कम्पनीलाई बोर्डले फागुन २५ गते ५० प्रतिशत हकप्रद निष्कासनको स्वीकृति दिएको हो । अब कम्पनीले अंकित मूल्य १०० रुपैयाँमा ५३ लाख २७ हजार ८५ कित्ता शेयर...


सुधन गुरुङ फराकिलो मतान्तरले विजयी

काठमाडौँ । गोरखा क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार सुधन गुरुङ फराकिलो मतान्तरसहित विजयी भएका छन्। सुधन २९ हजार ८९६ मतका साथ विजयी हुँदा उनका निकटतम प्रतिस्पर्धी कांग्रेसका प्रेम खत्रीले १५ हजार ३९८ मत मात्र ल्याउन सके।...


कडा प्रतिस्पर्धाकाबीच इलाम–१ मा कांग्रेसका निस्कल राई विजयी

काठमाडौं । इलाम–१ मा नेपाली कांग्रेसका निस्कल राईले विजयी भएका छन् । श्रम संस्कृति पार्टी र नेकपा एमालेका उम्मेदवारसँग भएको त्रिपक्षीय रोचक प्रतिस्पर्धामा अन्ततः कांग्रेस उम्मेदवार राईले जित निकाले हुन् । राईले १४ हजार ५४३ मत प्राप्त गरेर विजयी...


धनुषा-१ बारे निर्णय गर्न निर्वाचन आयोगको बाटो खुला, सर्वोच्चद्वारा अल्पकालीन आदेश दिन अस्वीकार

काठमाडौं । धनुषा–१ को प्रतिनिधिसभा निर्वाचनसँग सम्बन्धित विवादमा सर्वोच्च अदालतले अल्पकालीन अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । अदालतले तत्काल हस्तक्षेप नगर्ने निर्णय गरेसँगै उक्त निर्वाचन क्षेत्रबारे आवश्यक प्रक्रिया अघि बढाउने बाटो निर्वाचन आयोगका लागि खुला भएको हो ।...


स्याङ्जामा मतदान गर्न आएका फरार तीन प्रतिवादी पक्राउ

काठमाडौँ ।  स्याङ्जामा विभिन्न आपराधिक मुद्दामा फरार रहेका तीन जना प्रतिवादी मतदान गर्न आएका बेला पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय स्याङ्जाका अनुसार गत २१ गते ४० वर्षीय प्रेमबहादुर दर्जी, ५८ वर्षीय बुद्धिमान शाही र ७४ वर्षीय रामबहादुर कामी...


रास्वपाकी विनिता कठायतसहित ६ जना उम्मेदवारको जुम्लामा जमानत जफत

काठमाडौं । जुम्लामा २१ फागुनमा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा ६ जना उम्मेदवारको जमानत जफत भएको छ। राष्ट्रिय स्वतन्त्र पार्टीकी विनिता कठायतले ४२१ मत मात्र पाउँदा जमानत जफत भएकी छिन्। जुम्लाबाट राप्रपाका ज्ञानेन्द्र शाही १४ हजार ८१६ मत ल्याएर निर्वाचित...


गैरनेपाली नागरिकसँग आर्थिक कारोबार नगर्न सहकारी संस्थालाई कामपाको आग्रह

काठमाडौं । काठमाडौं महानगरपालिकाले सबै सहकारी संस्थालाई गैरनेपाली नागरिकसँग आर्थिक कारोबार नगर्न आग्रह गरेको छ। कामपाले केही सहकारीहरूले विदेशी नागरिकलाई सदस्य बनाएर आर्थिक कारोबार गर्ने गरेको गुनासो प्राप्त भएको भन्दै तत्काल रोक्न निर्देशन दिएको हो। कामपा सहकारी विभागका प्रमुख...


राष्ट्रियसभा सदस्यमा निर्वाचित सांसदले लिए शपथ

काठमाडौं । राष्ट्रियसभा सदस्यमा निर्वाचित १७ जना सांसदहरूले पद तथा गोपनीयताको शपथ लिएका छन्। सिंहदरबारस्थित कानुन समितिको हलमा राष्ट्रियसभाका अध्यक्ष नारायण दाहालले उनीहरूलाई शपथग्रहण गराएका हुन्। शपथग्रहण कार्यक्रममा रामकुमारी झाँक्री ढिलो पुगेकी थिइन्। यस कारणले उनी अन्य सांसदहरूको पछि...


मध्यपूर्वको तनावले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई दैनिक दुई करोडभन्दाको बढी आर्थिक घाटा

काठमाडौँ ।  पश्चिम एसियामा अमेरिकी–इजरायली संयुक्त हवाई आक्रमण र इरानी प्रत्युत्तरपछि खाडी मुलुकतर्फ हुने उडान प्रभावित हुँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र सम्बन्धित निकायलाई दैनिक दुई करोड १० लाख रुपैयाँभन्दा बढी आर्थिक नोक्सानी भइरहेको छ। अमेरिका र इजरायलले इरानका सैनिक...


बजाज पल्सर १५० को नयाँ संस्करण सार्वजनिक, आधुनिक डिजाइन र उन्नत प्रविधिसहित उपलब्ध

काठमाडौँ ।  नेपालमा लोकप्रिय मोटरसाइकल ब्रान्ड बजाजले पल्सर १५० को नयाँ संस्करण सार्वजनिक गरेको छ । नयाँ पल्सर १५० आधुनिक डिजाइन, उन्नत प्रविधि र उत्कृष्ट कार्यक्षमतासहित आएको कम्पनीले जनाएको छ । यसले नेपाली बजारमा नयाँ उत्साह थप्ने अपेक्षा गरिएको छ । नयाँ...


बालेन शाहको चुनाव खर्च १४ लाख

काठमाडौँ । बालेन शाहले प्रतिनिधिमार्फत आफ्नो निर्वाचन खर्च विवरण निर्वाचन कार्यालयमा बुझाएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता शाहले सोमबार खर्च विवरण बुझाएको जनाइएको छ। निर्वाचन आयोग नेपाल अन्तर्गतको जिल्ला निर्वाचन कार्यालय झापा मा बुझाइएको विवरणअनुसार उनले...


धुम्मियो काठमाडौँको आकाश : बढ्दो वायु प्रदूषणले स्वास्थ्यमा जोखिम

काठमाडौँ । पछिल्लो समय काठमाडौँ उपत्यकामा वायु प्रदूषणको स्तर अत्यधिक बढेको छ । प्रदूषणका कारण उपत्यकाको आकाश धमिलो बनेको छ भने घाम समेत राम्रोसँग लाग्न सकेको छैन। सोमबार बिहानैदेखि काठमाडौँको मौसम धुम्म देखिएको छ। दृश्य क्षमता घटेका कारण सडक...


अमेरिका–इरान युद्धको विरोधमा विश्वका विभिन्न शहरमा प्रदर्शन

काठमाडौं । अमेरिका र इरानबीच बढ्दो सैन्य तनावको विरोधमा अमेरिका सहित विश्वका विभिन्न देशका शहरहरूमा प्रदर्शन भएका छन्। प्रदर्शनकारीहरूले युद्ध रोक्न र कूटनीतिक समाधान खोज्न माग गरेका छन्। अमेरिकाको न्युयोर्क सिटीको म्यानहट्टन क्षेत्रमा भेला भएका प्रदर्शनकारीहरूले सरकारलाई विदेशी युद्धमा...


बजेटमा छेडखानी गर्ने चार पूर्वअर्थमन्त्री निर्वाचनमा पराजित

काठमाडौं । हरेक वर्ष बजेट बनाउँदा जुनसुकै पार्टीका अर्थमन्त्री भए पनि देशका ठूला व्यापारी, माफिया र दलालहरूलाई खासै फरक पर्दैनथ्यो तर यस पटकको निर्वाचनमा भने देशका ठूला व्यापारीको इसारामा नाच्ने चार पूर्वअर्थमन्त्रीहरूले लज्जास्पद पराजय भोगेका छन्। यो निर्वाचनमा भाग...