जेन–जी आन्दोलनको क्षतिले बर्खास्त भए हायात होटलका सबै कर्मचारी
काठमाडौं । जेन–जी आन्दोलनको क्षतिले हायात होटलले सम्पूर्ण कर्मचारीलाई कामबाट निष्काशन गरेको छ । गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनकामा होटलमा क्षति भएको थियो । होटलको मर्मत सम्भारको कार्य प्रारम्भ भइसकेको र सोका लागि आर्थिक स्रोत जुटाई...
दुर्गा प्रसाईं नेतृत्वसँग गृहमन्त्रीको वार्ता, मंसिर ७ गतेको आन्दोलनबारे छलफल
काठमाडौँ । दुर्गा प्रसाईं नेतृत्वको नागरिक बचाउ महाअभियानले मंसिर ७ गतेदेखि गर्ने आन्दोलनको विषयमा गृहमन्त्री ओम प्रकाश अर्यालले छलफल गरेका छन् । सिंहदरबारस्थित गृह मन्त्रालयमा अर्यालको उपस्थितिमा महाअभियानसँग करिब साढे १ घण्टा वार्ता गरेका हुन् । वार्तामा गृह सचिव...
भोलिदेखि सनवे स्टार्टअप एण्ड आईडिया फेस्ट हुँदै, १५० बढी स्टार्टअप र इन्नोभेसनको प्रदर्शनी
काठमाडौं । कात्तिक २७ गते बिहीबारदेखि दुई दिने ‘सनवे स्टार्टअप एण्ड आईडिया फेस्ट २०२५ इन एशोशिएसन विथ टिङटिङ र पावर्ड बाई सस्तो टिकेट्स’ सुरु हुँदैछ । काठमाडौँको बत्तिसपुतलीस्थित अनुपम फुडल्यान्डमा हुने यस फेस्टमा सातै प्रदेशका १५० भन्दा बढी स्टार्टअप...
लोक सेवा आयोगद्वारा १७० जना कर्मचारी माग (सूचनासहित)
काठमाडौं । लोक सेवा आयोगले प्राविधिक र स्वास्थ्यतर्फ कर्मचारी परिपूर्ति गर्नका लागि आवेदन खुलाएको छ । बुधबार आयोगले एक सूचना प्रकाशित गर्दै निजामतीतर्फ प्राविधिकको राजपत्राङ्कित तृतीय श्रेणी र स्वास्थ्य सेवाका आठौँ र सातौँ तहका पदहरूमा १७० जनाको लागि आवेदन...
ताइवानमा ‘असोसियो अवार्ड २०२५’: नेपाली निन्जा इन्फोसिसलाई डिजिटल गभर्मेन्ट अवार्ड
काठमाडौं । नेपालको प्रविधि क्षेत्रका लागि एक ऐतिहासिक क्षणको रूपमा, एसिया ओसेनिया कम्प्युटिङ इन्डस्ट्री अर्गानाइजेसन (ASOCIO) द्वारा ताइवानमा आयोजित प्रतिष्ठित ‘असोसियो अवार्ड २०२५’ मा नेपालका सात प्रविधि संस्था सम्मानित भएका छन्। यसमध्ये नेपालगन्जबाट सुरु भई स्थानीय तहको डिजिटलाइजेसनमा महत्त्वपूर्ण...
थुन्ने पर्याप्त कारण नभेटेपछि प्रभु ग्रुपका अध्यक्ष देवी भट्टचन रिहा
काठमाडौं । एमालेका पूर्व सांसद तथा प्रभु ग्रुपका अध्यक्ष देवीप्रकाश भट्टचनलाई प्रहरीले अनुसन्धानको क्रममा रिहा गरेको छ । मंगलबार सीआईबीको हिरासतबाट उनी बाहिर आएका हुन् । प्रहरीले सरकारी वकिलको आदेशअनुसार भट्टचनलाई बाहिरै राखेर अनुसन्धानलाई अघि बढाउने निर्णय गरेको बताएको...
लाभा र बेन्को ब्राण्डका मोबाइल बिक्री हुन छोडेपछि संकटमा बजार, अम्बे मोबाइलको व्यापार ३२ करोडले घट्यो
काठमाडौँ । नेपाली बजारमा लाभा र बेन्को ब्राण्डका मोबाइल बिक्री गर्ने अम्बे मोबाइलको व्यापार निरन्तर घट्दै गएको छ । उपभोक्ताले कम्पनीका उत्पादनप्रति चासो देखाउन छोडेपछि अम्बे मोबाइलको बिक्री खुम्चिदै गएको हो । सन् २०२४/२५ मा कम्पनीले ८६ करोड ४०...
राष्ट्र बैंकले आज ५० अर्ब निक्षेप तान्दै
काठमाडौं । दशैं–तिहारपछिको समयमै पनि वित्तीय प्रणालीमा अत्यधिक तरलता कायम रहेपछि नेपाल राष्ट्र बैंकले आज (बुधवार) ५० अर्ब रुपैयाँसम्म निक्षेप तान्ने भएको छ। बैंकले यो कार्य निक्षेप संकलन उपकरण अन्तर्गत बोलकबोल प्रणालीमार्फत गर्न लागेको हो। हाल देशभरका बैंक तथा...
सुनको मूल्यमा गिरावट, बुधबार प्रतितोला कति ?
काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुन तोलामा दुई हजार १०० रुपैयाँले ओरालो लागेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला दुई लाख ४४ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ ।...
सिटिजन लाइफको ‘अवार्ड सेरेमोनी एन्ड स्किल इन्हान्स्मेन्ट कार्यक्रम’ भव्य रुपमा सम्पन्न, अधिकर्ता उत्साहित
काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले पूर्व, मध्य–पश्चिम र काठमाडौँ उपत्यकाका क्षेत्रीय स्तरमा ‘अवार्ड सेरेमोनी एन्ड स्किल इन्हान्स्मेन्ट कार्यक्रम’ सफलतापूर्वक सम्पन्न गरेको छ। यस कार्यक्रमअन्तर्गत भदौ २१ गते सोल्टी वेस्टएण्ड, इटहरीमा पूर्व क्षेत्रका लागि, कात्तिक १४ गते टाइगर...
विद्युत बिक्री र खर्च कटौतीले अपि पावरको नाफा ४५ प्रतिशतले उक्लियो, प्रतिशेयर आम्दानी पनि बढ्यो
काठमाडौँ । अपि पावर कम्पनी लिमिटेडले चालु आर्थिक वर्ष २०८१।०८२ को पहिलो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ। प्रकाशित विवरणअनुसार कम्पनीले नाफाको सन्दर्भमा उल्लेखनीय प्रगति गरेको देखिन्छ। गत आर्थिक वर्षको सोही अवधिको तुलनामा यस वर्ष कम्पनीको नाफा झण्डै आधा...
साना किसान विकास लघुवित्तको लाभांश प्रस्ताव, बोनस र नगद कति?
काठमाडौं । साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको कात्तिक २६ गते बिहानै बसेको सञ्चालक समितिको बैठकले शेयरधनीहरूलाई लाभांश दिने निर्णय गरेको छ। कम्पनीले गत आवको वितरणयोग्य मुनाफाबाट हाल कायम चुक्ता पूँजीको १४.२५ प्रतिशत बोनस शेयर र ०.७५ प्रतिशत...
एनआरएन इन्फ्रान्स्ट्रक्चरको ४२ प्रतिशत लाभांश र शतप्रतिशत हकप्रद शेयर घोषणा
काठमाडौं । एनआरएन इन्फ्रान्स्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेडको कात्तिक २५ गते बसेको सञ्चालक समितिको बैठकले लाभांश घोषणा गर्दै साधारणसभा आह्वान गरेको छ। बैठकले हाल कायम चुक्ता पूँजीको ४० प्रतिशत बोनस शेयर र २.१०५ प्रतिशत नगद लाभांश (कर तिर्न) वितरणको निर्णय...
नेपालका सात प्रविधि संस्था ‘असोसियो अवार्ड २०२५’ बाट सम्मानित
काठमाडौं । नेपालका सात प्रविधि संस्था प्रतिष्ठित ‘असोसियो अवार्ड २०२५’ बाट सम्मानित भएका छन्। एसियाली–ओसियनियन कम्प्युटिङ इन्डस्ट्री अर्गानाइजेसन (असोसियो) को यस वर्षको मुख्य कार्यक्रम ‘असोसियो डिजिटल समिट २०२५’ (नोभेम्बर १०–१२) अवसर पारी नेपालका यी संस्थालाई अवार्ड प्रदान गरिएको हो।...
नेपाल बीमा प्राधिकरण र नबिल बैंकबीच एपीआई इन्टिग्रेशन सम्झौता
काठमाडौं । नेपाल बीमा प्राधिकरण र नबिल बैंक लिमिटेडबीच एयरमार्क प्रणालीलाई स्वचालित बनाउनका लागि कात्तिक २५ गते मंगलबार एपीआई इन्टिग्रेशन सम्बन्धी सम्झौता भएको छ। सम्झौतापत्रमा नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक सुशील देव सुवेदी र नबिल बैंकका प्रमुख बजार अधिकृत...
गणपति लघुवित्तको नाफा ह्वात्तै बढ्यो, कस्ता छन् अन्य सूचक?
काठमाडौं । गणपति लघुवित्त वित्तीय संस्था लिमिटेडले चालू आर्थिक वर्षको पहिलो त्रैमासिक वित्तीय विवरण प्रकाशित गरेको छ। उक्त वित्तीय विवरण अनुसार गत आवको पहिलो त्रैमासको तुलनामा चालू आवको पहिलो त्रैमासमा कम्पनीको वित्तीय सूचकहरूमा उच्च अंकको वृद्धि देखिएको हो। गत...
विजय लघुवित्त नाफामा, प्रतिशेयर आम्दानी पनि धनात्मक
काठमाडौं । विजय लघुवित्त वित्तीय संस्था लिमिटेडले चालू आर्थिक वर्ष (आव) को पहिलो त्रैमासिक वित्तीय विवरण आज सार्वजनिक गरेको छ। सोही वित्तीय विवरण अनुसार गत आवको पहिलो त्रैमासमा घाटा बेहोरेको कम्पनीले चालू आवको सोही अवधिमा भने नाफा कमाएको हो।...
अध्ययनका लागि लन्डन गएका नेपाली युवा मृतावस्थामा फेला
काठमाडौं । अध्ययनका लागि बेलायत गएका सल्यान भल्चौर–७ का २६ वर्षीय योमन चन्द मंगलबार बिहान साढे ९ बजे मृतावस्थामा फेला परेका छन्। एक वर्षअघि मात्र युनिभर्सिटी अफ हर्टफोर्डसायर, ह्याटफिल्डमा एमएससी कम्युनिकेसन्स एण्ड इन्फर्मेसन इन्जिनियरिङको अध्ययनका लागि लन्डन गएका चन्द...
सूर्याेदय वोमी लघुवित्तले तीन महीनामा कमायो ६ करोड २४ लाख रुपैयाँ नाफा, अन्य सूचक कस्ता?
काठमाडौं । सूर्याेदय वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडले चालू आर्थिक वर्ष (आव) को तीन महीनाको अवधिमै ६ करोड २४ लाख रुपैयाँ खुद नाफा कमाउन सफल भएको छ। गत आवको तीन महीनाको अवधिमा ४ करोड ७१ लाख रुपैयाँ खुद घाटा...
यस्तो छ आज कालीमाटीमा तरकारीको भाउ
काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजको थोक मूल्य निर्धारण गरेको छ। जसअनुसार सानो लोकल गोलभेंडा ३५ रुपैयाँ, लोकल बन्दा ४० रुपैयाँ, स्थानीय काउली ९० रुपैयाँ, तने बोडी १८० रुपैयाँ, तीते करेला १४०...




















