ऋण लगानी भयो, फिर्ता आएनः अर्थमन्त्री
काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले बैंकहरुले लगानी गरेको ऋण बैंकमा फिर्ता नआएको भन्दै गुनासो गरेका छन् । बैंकहरुबाट प्रवाह भएको ऋण कहाँ प्रवाह भएको थाहा नहुने बर्षौसम्म फिर्ता नहुने समस्याले बैंकहरुमा तरलता समस्या उत्पन्न भएको संसदमा सम्बोधन गर्दै जनाएका...
सार्वजनिक यातायातको भाडादर घट्यो, कुन रुटमा कति ? (सूचीसहित)
काठमाडौं । यातायात व्यवस्था विभागले सार्वजनिक यातायातको भाडादर घटाएको छ । नेपाल आयल निगमले बिहिबार राती १२ बजेदेखि लागू हुनेगरी पेट्रोलियम पदार्थको मूल्य प्रतिलिटर १० रुपैयाँका दरले समायोजन गरेसँगै सार्वजनिक यातायातको भाडादर घट्न पुगेको हो । यातायात व्यवस्था विभागले...
बन्चरोडाडाँमा वैज्ञानिक तरिकाले फोहोर व्यवस्थापन हुन्छ : मन्त्री झाँक्री
काठमाडौं । शहरी विकास मन्त्री रामकुमारी झाँक्रीले बन्चरेडाडाँ ल्याण्डफिल्ड साइटमा वैज्ञानिक तरिकाले फोहोर व्यवस्थापन गरिने बताएकी छिन् । काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापनका लागि प्रतिबद्ध भएर काम गरिरहेको बताउँदै उनले बन्चरेडाडाँमा वैज्ञानिक तरिकाले फोहोर व्यवस्थापन हुने बताएकी हुन् । बुधबार...
हकप्रद जारी र पुँजीबृद्धि सम्बन्धि विशेष प्रस्तावसहित रिलायबल लाइफको कहिले बस्दैछ साधारण सभा ?
काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले पुँजी बृद्धि गर्ने सम्बन्धमा र हकप्रद शेयर जारी गर्ने सम्बन्धमा विशेष प्रस्ताव पारित गर्न चौथो वार्षिक साधारण सभा यहि २५ गते बुधबार चौथो वार्षिक साधारण सभा बस्दैछ । कम्पनीको वैशाख २५ गते...
कुमारी बैंकले आइतबार पनि १७ शाखाबाट बैकिङ्ग सुविधा दिने
काठमाडौं । कुमारी बैंक लिमिटेडले आइतबार पनि केही सीमित शाखामार्फत् बैकिङ्ग सेवा सुविधा दिने भएको छ । सरकारले आइतबार सार्वजनिक विदा घोषणा गरेसँगै यसबाट आफ्ना ग्राहकहरुलाई पर्न सक्ने असुविधालाई मध्यनजर गर्दै बैंकले आइतबार १७ शाखा संचालनमा ल्याउन लागेको हो...
हिमालयन रि इन्स्योरेन्स कम्पनी जोखिमपूर्ण अवस्थामा, खर्बभन्दा बढि जोखिम लिएर रेट्रो गरेन
काठमाडौं । बीमाको कोर प्रिन्सिपल नै जोखिम विविधिकरण हो । बीमा होस् वा पुनर्बीमा सबै कम्पनीहरुले जोखिम विविधिकरण गरेर अन्यत्र बाँडफाँड गरेको हुनै पर्दछ । त्यसैले त बीमा कम्पनी र पुनर्बीमा कम्पनीहरु स्थापना भएका हुन्छन् । तर, बीमाको यही...
लुम्बिनी विकास बैंकको संस्थापक समुहको २८ हजार कित्ता शेयर बिक्रीमा
काठमाडौं । लुम्बिनी विकास बैंक लिमिटेडले संस्थापक समूहको शेयर बिक्री गर्ने भएको छ । कम्पनीका संस्थापक शेयरधनी निरेन्द्र मोहन भट्टराईले आफ्नो नाममा रहेको २८ हजार ६२६ कित्ता शेयर बिक्रीका लागि संचालक समिति समक्ष निवेदन पेश गरेकोमा उक्त शेयर बिक्रीका...
एनआइबिएल सहभागिता फण्डको आकार दोब्बर बृद्धि
काठमाडौं । एनआइबिएल सहभागिता फण्डको आकार बृद्धि गरिएको छ । एनआइबिएल म्युचुअल फण्ड अन्तर्गत संचालित उक्त योजनाको आकार ५ करोड इकाईबाट १० करोड इकाईमा बृद्धि गरिएको हो । उक्त खुलामुखी योजनाको आकार यस अघि स्वीकृत विवरण पुस्तिकामा उल्लेखित आकार...
मेगा क्यापिटलद्धारा डिम्याट खाता रिन्यु गर्न आग्रह, असार मसान्तभित्र नगरेमा फ्रिज हुने
काठमाडौं । मेगा क्यापिटल मार्केट्स लिमिटेडले हितग्राही खाता खोल्ने खातावालाहरुलाई नविकरण शुल्क बुझाउन अनुरोध गरेको छ । कम्पनीले एक सूचना प्रकाशित गर्दै क्यापिटलमा डिम्याट खाता खोलेका ग्राहकहरुलाई नविकरण शुल्क वापतको १०० रुपैयाँ बुझाउन आग्रह गरेको हो । कम्पनीले धितोपत्र...
रिलायन्स लाइफद्धारा आजदेखि पुनः बीमालेख पुनर्जागरण अभियान संचालन
काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्ना ग्राहकहरुको ग्राहकलाई मध्यनजर गर्दै पुनः पुनर्जागरण अभियान संचालन गरेको छ । उक्त अभियान अन्तर्गत कम्पनीबाट जारी भएका बीमालेखहरु नवीकरण नगरी व्यतित भएका बीमालेखको हकमा शतप्रतिशत विलम्ब शुल्क छुट गर्ने व्यवस्था गरिएको...
नयाँ अध्यक्षको आगमनसँगै सामलिङ पावर कम्पनीका सिइओ भानुभक्त पोखरेलले दिए राजिनामा
काठमाडौं । सामलिङ पावर कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सिइओ) भानुभक्त पोखरेलले राजिनामा दिएका छन् । उनले पेश गरेको राजिनामा कम्पनीको जेठ १६ गते बसेको संचालक समितिको बैठकले आजकै मितिदेखि लागूहुनेगरी स्वीकृत गरेको हो । साथै नयाँ गठित संचालक...
अप्पर सोलु हाइड्रोको आइपीओमा आवेदन दिने आज अन्तिम दिन
काठमाडौं । अप्पर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनी लिमिटेडको आइपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले बैशाख २२ गतेदेखि आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि निष्काशन तथा बिक्री खुला गरेको आईपीओमा आज (जेठ २०) गतेसम्म मात्रै स्थानीयले...
पोखरा फाइनान्सको सिइओमा रविचन्द्र गुरुङ पुनः नियुक्त
काठमाडौं । पोखरा फाइनान्स लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सिइओ)मा रविचन्द्र गुरुङ नियुक्त भएका छन् । कम्पनीको जेठ १९ गते बसेको संचालक समितिको बैठकले गुरुङलाई असार १० गतेदेखि लागू हुनेगरी आगामी ४ वर्ष कार्यकालको लागि सिइओमा पुनः नियुक्त गरेको हो...
जीवन बीमा कम्पनीहरुलाई माल्दिभ्स किन लगिएन ?
काठमाडौं । यतिबेला पाँच दिने तालिम तथा भ्रमणको क्रममा निर्जिवन बीमा कम्पनीका सबै प्रमुख कार्यकारी अधिकृतहरु, बीमा समितिका उच्च नेतृत्व नेपाल पुनर्बीमा कम्पनीको संयोजन र जेबी बोडाको आयोजनामा माल्दिभ्सको राजधानी मालेमा छन् । भारतस्थित प्रख्यात पुनर्बीमा एजेन्ट जेबी बोडाले...
सर्वसाधारणले भर्न पाउने विन्ध्यबासिनी हाइड्रोपावरको आइपीओ आजदेखि बिक्री खुल्ला
काठमाडौं । बिन्ध्यबासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले आज (जेठ २० गते) देखि सर्वसाधारणहरुमा आईपीओ निष्काशन तथा बिक्री खुला गरेको छ । कम्पनीले १ अर्ब ५० करोड रुपैयाँ बराबरको प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्यका १५ लाख कित्ता साधारण शेयर...
आज राती १२ बजेदेखि लागू हुनेगरी नेपाल आयल निगमले घटायो पेट्रोलियम पदार्थको मूल्य, एलपी ग्याँसको भने यथावत्
काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगमले आज राती १२ बजेदेखि लागू हुनेगरी पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर १० रुपैयाँका दरले घटाउने निर्णय गरेको हो । नेपाल सरकार, मन्त्रिपरिषदको जेठ १० गतेको निर्णयअनुसार पेट्रोलियम...
नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंकबीच मर्जरको तयारी, चुक्ता पुँजी ३४ अर्ब रूपैयाँ पुग्ने
काठमाडौं । हिमालयन बैंकसँग मर्जर असफल भएपछि नेपाल इन्भेस्टमेन्ट बैंक अहिले मेगा बैंकसँग मर्जरको तयारी गरेको छ । ‘केही समयदेखि हामी मेगा बैंकसँग मर्जरमा जाने विषयमा छलफल गरिरहेका छौं, वार्ता सकारात्मक छ,’ इन्भेस्टमेन्ट बैंकका एक संचालकले भने, ‘ मर्जरको...
सात वटा प्रदेशलाई १ खर्ब २९ अर्ब ४६ करोड ६ लाख रुपैयाँ विनियोजन, कुन प्रदेशले कति पाए ?
काठमाडौं । सरकारले आगामी आर्थिक वर्षका लागि सातवटै प्रदेशलाई १ खर्ब २९ अर्ब ४६ करोड ६ लाख रुपैयाँ विनियोजन गरेको छ ।सात वटा प्रदेशलाई विनियोजन उक्त बजेटमा सबैभन्दा बढी बागमती प्रदेश र सबैभन्दा कम गण्डकी प्रदेशलाई बजेट विनियोजन गरिएको...
सेञ्चुरी कमर्सियल बैंक र सिद्धार्थ बिजनेश ग्रुप अफ हस्पिटालिटीबीच सम्झौता
काठमाडौं। सेञ्चुरी कमर्सियल बैंक लिमिटेड र सिद्धार्थ बिजनेश ग्रुप अफ हस्पिटालिटी प्रा.लि. बीच विभिन्न सेवा सुविधाहरुमा २० प्रतिशतसम्मको छुट प्रदान गर्ने गरि सम्झौता भएको छ । बैंकको डेबिट कार्ड र क्रेडिट कार्डवाहकहरु, मोबाईल बैंकिङ्ग प्रयोगकर्ताहरु, सम्पूर्ण ग्राहकवर्गहरु तथा बैकका...
एनएमबि बैंक र वैकल्पिक ऊर्जा बीच नवीकरणीय उर्जाको प्रवद्र्धन गर्न सम्झौता
काठमाडौं । एनएमबि बैंक लिमिटेड र वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रर केन्द्रीय नवीकरणीय ऊर्जा कोषको बीचमा मधेस प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशमा नवीकरणीय ऊर्जाका क्षेत्रमा लगानी प्रवद्र्धन गर्न दिगो ऊर्जा चुनौती कोष कार्यक्रम अन्तर्गत कर्जा नोक्सानी सुरक्षण सम्बन्धी सम्झौता...




















