राष्ट्रिय सम्मानका साथ विपिनको महाकालीमा गरियो अन्त्येष्टि
काठमाडौं । प्यालेस्टिनी विद्रोही समूहले बन्धक बनाएको अवस्थामा मारिएका कञ्चनपुरका विपिन जोशीको महाकाली नदीमा अन्त्येष्टि गरिएको छ । उनको पार्थिव शरीरलाई बुवा महानन्द जोशीले दागबत्ती दिएका छन् । अन्त्येष्टिअघि विपिनको शवयात्रा निकालिएको थियो। शवयात्रामा नेपालका लागि इजरायली राजदूत श्मुलिक...
म्याग्दीको राहुघाटमा ८४ मेगावाट क्षमताका दुई जलविद्युत् आयोजना निर्माण सम्पन्न
काठमाडौं । म्याग्दीको रघुगङ्गा गाउँपालिका भएर बग्ने राहुघाट नदीमा तुँदी पावर कम्पनीले एकैसाथ दुई वटा जलविद्युत् आयोजना निर्माण गरेको छ ।रघुगङ्गा गाउँपालिका–४, ७ र ८ नम्बर वडाको भूगोलमा निर्माण भएका ८४ मेगावाट क्षमताको दुईवटै आयोजनाको विद्युत् केन्द्रीय प्रणालीमा जोडिएको...
पोखरामा तास खेल्ने–खेलाउनेसहित २० जना पक्राउ
काठमाडौं । पोखराका विभिन्न ठाउँमा जुवातास खेल्ने खेलाउने २० जना पक्राउ परेका छन् । कास्की प्रहरीको टोलीले तीन ठाउँबाट उनीहरुलाई पक्राउ गरेको हो । जुवातास खेलिरहेको गोप्ने सूचनाका आधारमा प्रहरीले छापा मारेको थियो । पोखरा ९ नयाँबजारबाट ५ जना...
राजनीतिक दलहरूसँग छलफल गर्दै प्रधानमन्त्री कार्की
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले आज मंगलबार विभिन्न राजनीतिक दलहरूसँग छलफल गर्ने भएकी छन् । उनले आउँदो फागुन २१ गतेलाई तोकिएको प्रतिनिधिसभाको निर्वाचन तयारीका विषयमा राजनीतिक दलका नेताहरूसँग छलफल गर्न लागेकी हुन् । प्रधानमन्त्रीमा नियुक्त भएपछि दलहरूसँग सरकारको तर्फबाट...
अधिवक्ता स्वागत नेपाललाई साइबर ब्यूरोले किन बोलायो ?
काठमाडौं । नेपाल प्रहरीको साइबर ब्यूरोले अधिवक्ता स्वागत नेपाललाई बोलाएको छ । प्रधानमन्त्री सुशीला कार्कीबिरुद्ध भ्रम फैलाएको भन्दै ब्युरोलाई नेपाललाई सोधपुछको लागि बोलाएको बताइएको छ । सांसद नभएको व्यक्ति र प्रधानन्यायाधीश भइसकेको व्यक्ति प्रधानमन्त्री हुनु अयोग्य रहेको भन्दै टिप्पणी...
डेडिकेटेड र ट्रंक लाइनको महशुल नतिर्ने ६ उद्योगको लाइन मंगलबार बिहानै काटियो, कसको बक्यौता कति ?
काठमाडौं । नेपाल विद्युत प्राधिकरणले डेडिकेटेड र ट्रंक लाइनको विद्युत महशुल नतिर्ने ६ वटा उद्योगको बिद्युत लाइन काटिदिएको छ । प्राधिकरणले आज अर्थात मंगलबार बिहान ६ बजेदेखि उक्त उद्योगहरुको विद्युत लाइन काटेको हो । प्राधिकरणले लोडसेडिङको समयमा डेडिकेटेड तथा...
चितवनमा भयानक स्कुटर दुर्घटना, सवार दुवै जनाको मृत्यु
काठमाडौं। चितवनको भरतपुर महानगरपालिका–१० मा एयरपोर्ट नजिकै सोमबार राति स्कुटर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । राति करिब २ बजेको समयमा बा.प्र.०६–००३ प ०६९२ नम्बरको स्कुटर अनियन्त्रित भई सडकमा पल्टिँदा भरतपुर–२१ बस्ने २५ वर्षीय सन्दीप घिमिरे र...
मंगलबारको लागि विदेशी मुद्राको विनिमयदर निर्धारण, कुनकोे खरिद–बिक्री मूल्य कति ?
काठमाडौं। नेपाल राष्ट्र बैङ्कले मंगलबार (आज) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १४० रुपैयाँ ३९ पैसा र बिक्रीदर १४० रुपैयाँ ९९ पैसा निर्धारण गरिएको छ । अस्ट्रेलियन डलर...
तिहारमा कस्तो रहनेछ मौसम ?
काठमाडौं । हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज दिउसो सबै प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मुख्यतया सफा रहने छ । कोशी प्रदेश र कर्णाली प्रदेशहरूका पहाडी भूभागका...
विश्वविद्यालयको कुलपति प्रधानमन्त्री बन्ने व्यवस्था हटाउनुपर्छः शिक्षामन्त्री पुन
काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले विश्वविद्यालयको कुलपति प्रधानमन्त्री हुने व्यवस्थालाई हटाउनुपर्ने बताएका छन् । सोमबार केशरमहलस्थित मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै मन्त्री पुनले अहिले विश्वविद्यालयहरूमा राजनीति भइरहेको गुनासो आउने गरेको भन्दै विश्वविद्यालयमा राजनीति अन्त्य गर्न कुलपति प्रधानमन्त्री...
विपिनको शव काठमाडौं ल्याइयो, विमानस्थलमै प्रधानमन्त्रीद्वारा श्रद्धाञ्जली
काठमाडौं । गाजामा मारिएका नेपाली युवा विपिन जोशीको शव काठमाडौं ल्याइएको छ । त्रिभुवन विमानस्थलमै उनीप्रति श्रद्धाञ्जली दिइएको छ । जोशीको पार्थिव शरीरमा श्रद्धाञ्जली दिन प्रधानमन्त्री सुशीला कार्कीसहितका उच्च पदस्थहरू विमानस्थल पुगेका थिए । विपिनको शव आजै कञ्चनपुरस्थित उनको...
नेपाली सेनाका कर्णेलसहितका उच्च अधिकारीमाथि एक्सन, को–को हुन पक्राउ पर्ने तीन कमाण्डर ?
काठमाडौं । नेपाली सेनाको हेडक्वाटरले आफ्ना तीन सैनिक कमाण्डरहरुलाई पक्राउ गरी कोर्ट मार्शल सुरु गरेको छ । भदौं २४ गते जेनजी आन्दोलनको समयमा नेपाली सेनाको भूमिकाबारे प्रश्न उठिरहेको बेला जिम्मेवारीमा रहेका तीन जना कर्णेललाई पक्राउ गरी एक्सनमा उत्रिएको हो...
बीमा सचेतना कार्यक्रम गर्दै सिटिजन लाइफ गठ्ठाघर शाखाले मनायो आठौं वार्षिकोत्सव
काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स गठ्ठाघर शाखा कार्यालयले काभ्रे जिल्लाको बनेपा नगरपालिकामा बीमा सचेतना कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीको आठौं वार्षिकोत्सवको अवसरमा गठ्ठाघर शाखा कार्यालयले उक्त बीमा सचेतना कार्यक्रम सम्पन्न गरेको हो । सिटिजन लाइफ इन्स्योरेन्स गठ्ठाघर शाखा...
तिहार बिदामा पनि निर्जीवन बीमा कम्पनीबाट सेवा प्रवाह, जेन–जी आन्दोलनको दावी भुक्तानी नै प्राथमिकता
काठमाडौं । नेपालमा सञ्चालित निर्जीवन बीमा कम्पनीहरुले तिहार बिदामा पनि बीमा सेवा प्रदान गर्ने भएका छन् । नेपालीहरुको महान चाँडपर्वको रुपमा रहेको तिहारमा निर्जीवन बीमा कम्पनीहरुले देशका विभिन्न स्थानमा रहेका बीमा काउण्टर तथा सीमित कर्मचारीहरु मार्फत आवश्यक सेवा प्रदान...
यस वर्ष भाइटीकाको उत्तम साइत कति बजे?
काठमाडौं । देशैभरी तिहारको रमझम आँगनमै आइपुगेको छ भने घरहरूमा झिलिमिलि बत्ति र तिहारका भाकाहरू गुन्जिन थालिसकेका छन्। यमपञ्चक अर्थात् तिहार पर्वको पहिलो दिन काग तिहार मनाइएको छ भने आज दोस्रो दिन लक्ष्मी पूजा र कुकुर तिहार एकसाथ मनाइँदैछ।...
जलस्रोत अनुसन्धान तथा विकास केन्द्रमा भ्रष्टाचार, कहिले होला छानबिन ?
काठमाडौं । जलस्रोत अनुसन्धान तथा विकास केन्द्रमा आवश्यकता नै नभएका सामाग्रिहरु खरिद गरेर करोडौं रुपैयाँ भ्रष्टाचार गरिएको तथ्य बाहिर आएको छ । करिव दुई वर्ष अगाडी केन्द्रले उर्जा क्षेत्रमा कार्यरत प्राविधिक तथा कर्मचारीहरुलाई तालिम दिने भन्दै करोडौं रुपैयाँका सामानहरु...
आज तोलामा ३०० रुपैयाँले बढ्यो सुनको भाउ
काठमाडौं । आज नेपाली बजारमा सुनको भाउ तोलमा ३०० रुपैयाँले बढेको छ भने चाँदी तोलमा ५ रुपैयाँ बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला २ लाख ५३ हजार ५०० रुपैयाँ र चाँदी प्रतितोला ३ हजार...
टीयू क्रिकेट मैदानमा ६ वटै फ्लड लाइटका टावर ठड्याउने काम सम्पन्न, निरन्तर परिक्षण गरिदै
काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) परिसर कीर्तिपुरमा निर्माणाधीन अन्तर्राष्ट्रियस्तरको क्रिकेट मैदानका फ्लडलाइटका ६ वटै टावर ठड्याइएको छ । फ्लडलाइटको निर्माणव्यवसायीले आइतबार एक दिनमै दुई वटा पोल उठाएपछि ६ वटै पोल ठड्याउने काम सम्पन्न भएको छ । रंगशालामा ४५ मिटर...
निर्वाचन, भ्रष्टाचारविरुद्ध कदम र जेनजी घटनाको छानबिन नै हाम्रो प्राथमिक जिम्मेवारी होः प्रधानमन्त्री कार्की
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले तोकिएको मितिमा निर्वाचन सम्पन्न गर्ने, भ्रष्टाचार विरुद्ध ठोस कदम चाल्ने र जेनजी पुस्ताको जायज माग नै सरकारको प्राथमिक जिम्मेवारी भएको बताएकी छिन्। प्रधानमन्त्री कार्कीले तिहार, म्हं पुजा, नेपाल संवतको नयाँ वर्ष र छठ लगायतका...
आरबिवि मर्चेन्ट बैंकिङको दशौं वार्षिक साधारण सभा सम्पन्न
काठमाडौं । आरबिवि मर्चेन्ट बैंकिङ लिमिटेडले दशौं वार्षिक साधारण सभा सम्पन्न गरेको छ । सभाले शेयरधनीहरूलाई ४० करोड रुपैयाँ नगद लाभांश पारित गरेको हो । कम्पनीकी अध्यक्ष सरस्वती अधिकारीले सभामा वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै आर्थिक वर्ष २०८१–८२ का विभिन्न...



















