दोलखाको मालु मतदानस्थलमा तनाव बढेपछि हवाई फायर

काठमाडौं । दोलखाको एक मतदान केन्द्रमा विवाद चर्किएपछि प्रहरीले हवाई फायर गरेको छ। मतदान प्रक्रियाका क्रममा सामान्य विवाद बढ्दै गएपछि स्थिति तनावग्रस्त बनेको थियो। निर्वाचनमा खटिएका कर्मचारीमाथि हातपात गर्ने प्रयास भएपछि अवस्था नियन्त्रणमा लिन सुरक्षाकर्मीले चेतावनीस्वरूप हवाई फायर गरेको...


काठमाडौंका १० वटै क्षेत्रमा उत्साहपूर्ण र शान्तिपूर्ण मतदान

काठमाडौं । काठमाडौंका १० वटै निर्वाचन क्षेत्रमा प्रतिनिधिसभा सदस्यका लागि भइरहेको मतदान शान्तिपूर्ण र उत्साहजनक रुपमा जारी रहेको छ। काठमाडौंका प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलका अनुसार जिल्लाभर रहेका ८१७ वटै मतदान केन्द्रमा मतदाताको उल्लेखनीय सहभागिता देखिएको छ। बिहानैदेखि मतदाता...


उदयपुरमा प्रहरीले बोकेको सटगन पड्किँदा मतपेटिकामा क्षति

काठमाडौं । उदयपुरमा प्रहरीले बोकेको सटगन पड्किँदा मतपेटिकामा क्षति पुगेको छ । कटारी नगरपालिका–३ तरकारी तथा फलफूल बिक्री केन्द्र तावाखोला स्थित ‘ख’ मतदान केन्द्रमा खटिएका प्रहरी जवानले बोकेको सटगन अचानक पड्किएको जिल्ला प्रहरी कार्यालयलेजनाएको छ। असावधानीपूर्वक सटगनबाट १ राउन्ड...


झापा निर्वाचन क्षेत्रमा हेलिकप्टरमार्फत जाँदै बालेन

काठमाडौं । रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)काठमाडौं(२ को मतदान केन्द्रमा मतदान सकेपछि झापा जान लागेका छन् । सुरक्षा स्रोतका अनुसार बालेन माउन्टेन एअरको हेलिकप्टरमार्फत झापा जान लागेका हुन् । केहीबेरमै उनी झापा प्रस्थान गर्ने बताइएको छ । झापा...


पास नभएका सवारी साधनलाई आवागमनमा रोक

काठमाडौँ उपत्यका ट्राफिक प्रहरीले सवारी पास नभएका सवारी साधनलाई आवागमनमा रोक लगाएको छ । निर्वाचन सुरक्षाको कारण सवारी पास भएकाहरुलाई मात्र सञ्चालन गर्न दिइएको उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । निर्वाचन आचार संहिता विपरीत हिँडेका सवारी चालकको सवारी...


प्रधानमन्त्री सुशीला कार्कीले गरिन् मतदान

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले मतदान गरेकी छन् । धापासी निमावि, फैमालचुली केन्द्रमा पुगेर उनले मतदान गरेकी हुन् ।


देशैभर मतदान सुरु, सबैतिर शान्तिपूर्ण

काठमाडौं । आज विहान ७ः०० बजेदेखि देशैभरि मतदान सुरु भएको छ । जेनजी आन्दोलनपछि विघटन गरिएको प्रतिनिधि सभाको आज निर्वाचन भइरहेको हो । देशैभरि आज विहान ७ः०० बजेको निर्धारित समयमा मतदान सुरु भएको छ । हालसम्मको विवरण अनुसार देशैभरि...


श्री एयरलाइन्स जहाजको टायर पड्कियो

काठमाडौँ ।  श्री एयरलाइन्सको जहाजको टायर पड्किएको छ। काठमाडौंबाट सुर्खेत विमानस्थलमा अवतरण गर्ने क्रममा श्री एयरलाइन्सको ९एन–एओएल दर्ता नम्बरको जहाजको टायर पड्किएको हो। उक्त जहाज काठमाडौंबाट दिउँसो १ः५२ बजे सुर्खेत पुगेको थियो। जहाजमा चालक दलसहित ५० यात्रु सवार रहेका...


राष्ट्रपति पौडेल र प्रधानमन्त्री कार्कीबीच भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्की र राष्ट्रपति रामचन्द्र पौडेलबीच भेटवार्ता भएको छ । प्रतिनिधि सभाको निर्वाचनको पूर्वसन्ध्यामा शीतल निवास पुगेर प्रधानमन्त्री कार्कीले राष्ट्रपति पौडेलसँग भेट गरेकी हुन्। भेटमा प्रधानमन्त्री कार्कीले चुनावको तयारीबारे राष्ट्रपतिलाई जानकारी गराएको सचिवालयले जनाएको छ। उनले...


पैसा बाँड्दै गरेको अवस्थामा बैतडीमा कांग्रेस कार्यकर्ता पक्राउ

काठमाडौँ । बैतडीमा नगदसहित एक व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको छ। जिल्लाको दोगडाकेदार गाउँपालिका–३ का भानदेव भट्टलाई ७९ हजार ५ सय रुपैयाँ नगदसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ। प्रहरीका अनुसार गोप्य सूचनाका आधारमा भट्टलाई स्थानीय एक होटलबाट...


चुनावी नतिजाले तय गर्नेछ पुँजी बजारको नयाँ यात्रा: बुलको विस्फोट कि लगानी संकट ?

काठमाडौँ । निर्वाचन अघि उच्च अंकले बढेको बजार अब निर्वाचनपछि कस्तो होला भन्ने चासो सर्वत्र छ । निर्वाचनअघि लगातार छ दिनसम्म हरियाली देखिएको बजारले लगानीकर्तामा नयाँ आशा जगाएको छ भने अबको दिशा कस्तो हुने हो भन्ने चासो बढाएको देखिएको...


मतगणना सुरु भएको २४ घण्टाभित्रै प्रत्यक्षतर्फको नतिजा निकाल्ने आयोगको तयारी

काठमाडौं । निर्वाचन आयोगले मतदान सम्पन्न भई मतगणना सुरु भएको २४ घण्टाभित्रै पहिलो हुने निर्वाचित हुने (प्रत्यक्ष) तर्फको मत परिणाम सार्वजनिक गरिसक्ने बताएको छ । कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले भौगोलिक विकटताका बाबजुद पनि छिटोभन्दा छिटो मतपेटिका संकलन...


निर्वाचनमा प्राथमिक उपचार स्वयंसेवक परिचालन गर्ने रेडक्रसको तयारी

काठमाडौं । नेपाल रेडक्रस सोसाइटी, काठमाडौं जिल्ला शाखाले भोलि हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा विभिन्न ३० मतदान केन्द्र परिसरमा प्राथमिक उपचार स्वयंसेवक परिचालन गर्ने भएको छ। काठमाडौं महानगरपालिकासहित अन्य १० पालिकाका विभिन्न ३० मतदान केन्द्रमा चारचार स्वयंसेवकले सेवा प्रदान गर्ने...


निर्वाचन ड्युटीकै क्रममा देशभर १२ जना सुरक्षाकर्मी र दुई मतदान अधिकृतको मृत्यु

काठमाडौँ । प्रतिनिधि सभा सदस्य निर्वाचनका क्रममा देशका विभिन्न जिल्लामा खटिएका कर्मचारी र सुरक्षाकर्मीहरूको मृत्युका घटनाले शोकको वातावरण बनेको छ। मतदान र सुरक्षासम्बन्धी जिम्मेवारी निर्वाह गर्ने क्रममा बेहोस हुने, दुर्घटनामा पर्ने तथा स्वास्थ्य समस्या देखिने जस्ता घटनामा परेर केही...


आर्थिक सुस्तताले व्यवसायी संकटमा, कालोसूचीको संख्या २ लाख नाघ्यो

काठमाडौं । कालोसूचीमा परेका व्यक्तिहरुको संख्या २ लाख १४ हजार नाघेको छ। कर्जा सूचना केन्द्रका तथ्यांक अनुसार यो आंकडा २०४६ फागुन २१ देखि २०८२ फागुन १७ सम्मको हो। कालोसूचीमा पहिलो व्यवसायिक नाम २०४६ फागुन २१ गते बाँसबारी छाला जुत्ता...


चुनाव रोक्ने गतिविधि गर्नेमाथि निर्मम बल प्रयोग हुन्छः आईजीपी कार्की

काठमाडौं । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ लाई शान्तिपूर्ण र भयरहित वातावरणमा सम्पन्न गर्न देशभरको सुरक्षा व्यवस्था मजबुत पारिएको प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले बताएका छन् । निर्वाचन सुरक्षा व्यवस्थापनका विषयमा जानकारी दिँदै उनले चुनाव बिथोल्ने वा उच्छृङ्खल गतिविधि...


अमेरिकाद्वारा पाकिस्तानी दुतावासका कर्मचारीलाई पाकिस्तान छोड्न आदेश

काठमाडौँ । अमेरिकी विदेश विभागले पाकिस्तानस्थित अमेरिकी दूतावास र वाणिज्य दूतावासका कर्मचारी तथा उनीहरूको परिवारलाई सुरक्षा जोखिमका कारण पाकिस्तान छोड्न आदेश दिएको छ। यसअनुसार लाहोर र कराचीस्थित अमेरिकी वाणिज्य दूतावासका कर्मचारीहरू पनि यसमा समावेश छन्। यसबारे विभागले विज्ञप्ति जारी...


निर्वाचनमा सुरक्षा मजबुत: मतदानकै समयमा हेलिकप्टर गस्ती, आपतकालीन तयारी पूर्ण

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत देशभर भोलि हुने मतदानको तयारीबारे आज गृहमन्त्रालयमा केन्द्रीय सुरक्षा समितिको बैठक बस्यो। बैठक गृहमन्त्री ओमप्रकाश अर्यालको नेतृत्वमा आयोजित भएको थियो। गृहसचिव राजकुमार श्रेष्ठ, रक्षा मन्त्रालयका सचिव केदारनाथ शर्मा, सुरक्षा निकायका प्रमुखहरू र गृह मन्त्रालयका उच्च...


निर्वाचनका लागि काठमाडौं छाड्नेहरूको संख्या ८ लाख नाघ्यो

काठमाडौं । आगामी निर्वाचनका लागि काठमाडौं उपत्यकाबाट बाहिरिने यात्रुहरूको संख्या उल्लेख्य वृद्धि भएको छ । काठमाडौं उपत्यका प्रहरी कार्यालयका अनुसार मतदान गर्न र घर फर्किन हालसम्म करिब ८ लाख मानिसले उपत्यका छाडिसकेका छन् । निर्वाचनको सुरक्षा र व्यवस्थापनका लागि आज राति...


प्रधानमन्त्रीले बोलाईन् सुरक्षा परिषद्को बैठक

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रिय सुरक्षा परिषद्को बैठक बोलाएकी छन् । बैठकमा निर्वाचनका अन्तिम तयारी र सुरक्षाबारे छलफल हुने बताईएको छ । दिउँसो ३ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बस्ने बैठकमा भोलि २१ फागुनमा हुने प्रतिनिधिसभाको निर्वाचनको...