सिटिजन्स बैंकको कोशीमा व्यावसायिक विस्तार रणनीति : ‘एक्सेलेरेटिङ कमर्सियल मोमेन्टम’ कार्यक्रम सम्पन्न

काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले कोशी प्रदेशमा आफ्ना प्रदेश प्रमुख, शाखा–प्रबन्धक तथा अन्य सहकर्मीहरू माझ “एक्सेलेरेटिङ कमर्सियल मोमेन्टमः बिजनेस एक्सपान्सन एन्ड एसेट क्वालिटी इन्हान्समेन्ट इन कोशी प्रदेश” कार्यक्रम आयोजना गरेको छ । सो सेमिनार बैंकका प्रमुख कार्यकारी अधिकृत...


यती पेन्ट्सद्धारा भोटेकोशी बाढी पीडितलाई ११ लाख ११ हजार आर्थिक सहयोग

काठमाडौँ । रसुवाको भोटेकोशी बाढीबाट प्रभावित नागरिकको खोजी, उद्धार तथा राहतका लागि यती पेन्ट्स नेपालले १ लाख ११ हजार १ सय ११ रुपैयाँ आर्थिक सहयोग गरेको छ । यति पेन्ट्सले प्रधानन्त्री प्रकोप उद्धार कोषमा कम्पनीका तर्फबाट ११ लाख ११...


बीमा प्राधिकरण कोशी प्रदेशको वार्षिक प्रगति आर्थिक मामिला तथा योजनामा पेश

काठमाडौँ । नेपाल बीमा प्राधिकरण, कोशी प्रदेश कार्यालय विराटनगरले आर्थिक वर्ष २०८२/८३ को बार्षिक प्रगती प्रतिवेदन आर्थिक मामिला तथा योजनामा पेश गरिएको छ । प्रदेश कार्यालयले गरेका प्रमुख कार्यक्रम, गतिविधि तथा उपलब्धिहरू समेटिएको वार्षिक प्रगति प्रतिवेदन कोशी प्रदेश सरकारका...


एलपी ग्यास वितरणमा निगमको कडाइ, होटल-रेस्टुरेन्टलाई बिक्री तत्काल रोक

काठमाडौं । काठमाडौं उपत्यकामा खाना पकाउने एलपी ग्यासको आपूर्ति सहज बनाउन नेपाल आयल निगमले तत्कालका लागि व्यावसायिक प्रयोजनमा ग्यास बिक्री–वितरण रोक्ने निर्णय गरेको छ । निगमले बजारमा उपलब्ध ग्यास घरायसी तथा अत्यावश्यक प्रयोजनमा मात्र वितरण गर्न विक्रेतालाई निर्देशन दिएको...


बालेनको संसद्‌मा ब्रिफिङ : बाढीपछि सरकार कहाँ–कहाँ पुग्यो ?

काठमाडौँ । बालेन शाहले भदौ १० गते रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीपछि सरकारले खोज, उद्धार, राहत तथा पुनर्स्थापनाका लागि चालेका कदमबारे प्रतिनिधि सभालाई जानकारी गराएका छन् । बुधबारको प्रतिनिधि सभा बैठकलाई सम्बोधन गर्दै  शाहले बाढीपछि सरकारले तत्काल उच्च सतर्कता...


भोटेकोशी बाढी प्रभावितका लागि सानिमा रिलायन्स लाइफको ७२ लाख रुपैयाँ सहयोग

काठमाडौं । रसुवासहित देशका विभिन्न स्थानमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले ७२ लाख रुपैयाँ सहयोग गरेको छ । कम्पनीले नेपाल सरकारको राहत तथा पुनर्निर्माण अभियानमा ऐक्यबद्धता जनाउँदै ५१ लाख रुपैयाँ...


रसुवाको बाढीलाई बालेनले भने, ‘सिंगो नेपालको छातीमा परेको साझा बज्रपात’

काठमाडौं । बालेन शाहले रसुवामा आएको विनाशकारी बाढी कुनै एक जिल्लाको मात्र विपत्ति नभई सिंगो देशले भोगेको साझा पीडा भएको बताएका छन् । प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै शाहले, “यो पीडा रसुवा, नुवाकोट वा धादिङको मात्र होइन, यो सिंगो नेपालको...


प्रधानमन्त्री दैवी उद्धार कोषमा ७ अर्बभन्दा बढी रकम संकलन: बालेन

काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाहले ‘प्रधानमन्त्री दैवी उद्धार कोष’मा हालसम्म ७ अर्ब ८८ लाख ५७ हजार २१७ रुपैयाँ जम्मा भएको जानकारी दिएका छन् । बुधबार प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री शाहले विपद् व्यवस्थापनका लागि कोषमा रहेको रकम र हालसम्म...


बाढीपीडितले कागजातविनै केवाईसी विवरणका आधारमा बैंकिङ सेवा पाउने

काठमाडौं । हालै रसुवा लगायतका जिल्लामा आएको प्राकृतिक विपद्बाट प्रभावित भई बैंकिङ कारोबारका लागि आवश्यक चेक, कार्ड, मोबाइल तथा अन्य कागजात गुमाएका ग्राहकले पनि बैंकिङ सेवा लिन पाउने भएका छन्। नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई परिपत्र जारी...


राधाकृष्ण मन्दिर निर्माणमा ६ लाख ८० हजार भ्रष्टाचार

काठमाडौं । रौतहटको परोहा नगरपालिका–९ स्थित राधाकृष्ण मन्दिरको भवन निर्माणमा अनियमितता गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ५ जनाविरुद्ध विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरेको छ । अख्तियारका अनुसार आर्थिक वर्ष २०८१/८२ मा पर्यटन विकास कार्यालय, गौर, रौतहटमार्फत रामपुर...


कागेश्वरी मनोहराकी इन्जिनियर ६४ हजार रुपैयाँ घुससहित पक्राउ

काठमाडौं । कागेश्वरी मनोहरा नगरपालिकामा कार्यरत इन्जिनियर दिपा कार्की ६४ हजार रुपैयाँ घुससहित पक्राउ परेकी छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगका अनुसार नगरपालिकाको भवन निर्माण तथा बस्ती विकास शाखा प्रमुख इन्जिनियर (सातौं) पदमा कार्यरत कार्कीले स्टक्चर एनालाइसिसको काम स्वीकृत गरिदिने...


आज बालेनले प्रतिनिधि सभाको बैठकमा सम्बोधन गर्दै

काठमाडौं । बालेन शाहले बुधबार बस्ने प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्ने भएका छन्। प्रतिनिधिसभाको बैठक दिउँसो १ बजेका लागि बोलाइएको छ। बैठकमा शाहले रसुवामा आएको बाढी तथा त्यसबाट उत्पन्न परिस्थितिबारे सदनलाई जानकारी गराउने कार्यक्रम रहेको छ। सभामुख डोलप्रसाद अर्यालको सचिवालयका...


जुनसुकै ब्रान्डका सिलिन्डर रिफिल गर्न निगमको निर्देशन

काठमाडौँ । आयल निगमले पृथ्वी राजमार्ग अवरुद्ध भएपछि काठमाडौं उपत्यकामा एलपी ग्यासको आपूर्ति सहज बनाउन तराई क्षेत्रमा रहेका ग्यास उद्योगलाई जुनसुकै ब्रान्डका सिलिन्डरमा ग्यास भरेर पठाउन निर्देशन दिएको छ। निगमको एलपीजी विभाग प्रमुखसमेत रहेका निर्देशक विनीतमणि उपाध्यायले विभिन्न ग्यास...


प्राकृतिक विपदबाट प्रभावित लघुवित्तका शाखा स्थानान्तरण गर्न राष्ट्र बैंकको अनुमति

काठमाडौं । नेपाल राष्ट्र बैंकले प्राकृतिक विपद्बाट प्रभावित क्षेत्रमा सञ्चालन गर्न कठिन भएका इजाजतपत्रप्राप्त लघुवित्त वित्तीय संस्थाका शाखा तथा कार्यालयलाई स्थानान्तरण वा नजिकैको अर्को शाखामा समायोजन गर्न सकिने व्यवस्था गरेको छ। राष्ट्र बैंकले जारी गरेको एकीकृत निर्देशनमा संशोधन गर्दै...


नागढुंगामा सडक भासियो, काठमाडौं आउने–जाने बाटो प्रभावित

काठमाडौं । काठमाडौं आउने मुख्य सडकखण्ड नागढुंगा पातले वनमा सडक भासिएपछि आवागमन प्रभावित भएको छ । सडकको पर्खाल पुरानो भएका कारण सडक भासिएको बताइएको छ । सडक भासिएपछि मुग्लिनतर्फ बाहिरिने सवारी साधनमध्ये पेट्रोलियम पदार्थ बोकेका सवारी र दुईपाङ्ग्रे सवारीबाहेक...


भोटेकोशी बाढी : १ हजार ११४ जनाको शव फेला, ३ हजार ९१६ अझै बेपत्ता

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा गत १० भदौमा आएको भीषण बाढीमा परी बेपत्ता भएका व्यक्तिमध्ये हालसम्म १ हजार ११४ जनाको शव फेला परेको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बुधबार बिहान ९ बजे सार्वजनिक गरेको विवरणअनुसार बाढीपछि...


बाढीपीडितको उद्धार र राहतमा प्रभु बैंकको २ करोड ११ लाख सहयोग

काठमाडौं । प्रभु बैंक लिमिटेडले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि २ करोड ११ लाख ११ हजार १११ रुपैयाँ सहयोग गरेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा...


एकैदिन सुनको मूल्यमा भारी गिरावट, बुधबार प्रतितोला कति ?

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्यमा भारी गिरावट आएको छ । सुन तोलामा एकैदिन आठ हजार ८०० रुपैयाँले ओरालो लागेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको प्रतितोला दुई लाख ९७ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको...


दर्जनबढी इरानीको मृत्युपछि तेहरान आगो, मध्यपूर्वबाट अमेरिकी सेना लखेट्ने शंखघोष

एजेन्सीहरु, १७ भदौ । इरानको दक्षिणी सीमावर्ती तथा तटीय क्षेत्रहरूमा अमेरिकी सेनाले गरेको पछिल्लो हवाई आक्रमणको प्रतिकार गर्दै इरानी सशस्त्र बलले मध्यपूर्वस्थित अमेरिकी सैन्य अख्डाहरूलाई लक्षित गरी व्यापक मिसाइल तथा ड्रोन प्रहार सुरु गरेको छ । गएराति अमेरिकाले चार...


नेपाल बैंकको अध्यक्षमा पिताम्बर भण्डारी नियुक्त

काठमाडौं । नेपाल बैंक लिमिटेडको सञ्चालक समितिको अध्यक्षमा पिताम्बर भण्डारी नियुक्त भएका छन् । बैंकको भदौ १५ गते बसेको सञ्चालक समितिको बैठकले भण्डारीलाई अध्यक्ष नियुक्त गर्ने निर्णय गरेको हो । नवनियुक्त अध्यक्ष भण्डारीले भदौ १६ गते नेपाल राष्ट्र बैंकका...