जीवन बीमाकोष ८ खर्ब ७० अर्ब नाघ्यो, दोस्रो त्रैमासमा १७.४६ प्रतिशत वृद्धि

काठमाडौं । नेपालमा सञ्चालनमा रहेका १४ जीवन बीमा कम्पनीहरूको चालू आर्थिक वर्ष २०८२/८३ को दोस्रो त्रैमास (पुस मसान्त) सम्मको वित्तीय विवरण सार्वजनिक गरिसकेका छन्। सोही वित्तीय विवरण अनुसार जीवन बीमाकोष ८ खर्ब ७० अर्ब ६७ करोड १७ लाख रुपैयाँ...


लुम्बिनी विकास बैंकमा कर्मचारी माग, कति चाहिन्छ योग्यता?

काठमाडौं । लुम्बिनी विकास बैंक लिमिटेडले शाखा प्रबन्धक पदका लागि आवेदन आह्वान गरेको छ। बैंकले वरिष्ठ अधिकृत, अधिकृत तथा कनिष्ठ अधिकृत तहमा केही शाखाहरूका लागि कर्मचारी माग गरेको हो। बैंकले इनरुवा, रुपनी, कोहलपुर र हरैंचा शाखामा एक–एक जना र...


फागुन २१ को निर्वाचनका लागि देशभर मतदाता शिक्षा अभियान तीव्र

काठमाडौं । आगामी फागुन २१ गते तय गरिएको प्रतिनिधिसभा निर्वाचनलाई ध्यानमा राख्दै देशभरका ७५३ वटै स्थानीय तहले मतदाता शिक्षा कार्यक्रमलाई तीव्र बनाएका छन्। निर्वाचन प्रक्रियामा आम नागरिकको सहभागिता बढाउन र मतदान सही ढंगले गराउन विशेष अभियान सञ्चालन भइरहेको हो।...


टिभिएस एनटर्क १२५ का नेपाली प्रयोगकर्ता १.५ लाख पार

काठमाडौं । टिभिएस एनटर्क १२५ स्कुटरले नेपालमा १ लाख ५० हजार प्रयोगकर्ता संख्या पार गरेको छ। यो उपलब्धिसँगै उक्त स्कुटर नेपाली दुई–पाङ्ग्रे सवारी बजारमा लोकप्रिय मोडेलका रूपमा स्थापित भएको कम्पनीले जनाएको छ। टिभिएस ब्रान्डको आधिकारिक बिक्रेता जगदम्बा मोटर्सले यस...


उपत्यकाको फोहोर अब सबै पालिकाले मिलेर व्यवस्थापन गर्ने

काठमाडौं । काठमाडौं उपत्यकाको फोहोरको व्यवस्थापन अब सबै पालिकाले मिलेर गर्ने भएका छन्। काठमाडौं महानगरपालिकाले मात्रै फोहोरको व्यवस्थापन गर्दै आएकोमा काठमाडौं उपत्यका मेयर्स फोरमको १३औं बैठकले सबै पालिकाले मिलेर फोहोर व्यवस्थापन गर्ने निर्णय गरेको हो। यसअघि बञ्चरेडाँडा ल्याण्डफिल साइटमा...


एमालेले आज घोषणापत्र सार्वजनिक गर्दै

काठमाडौं । नेकपा एमालेले आफ्नो चुनावी घोषणापत्र आज सार्वजनिक गर्दैछ। फागुन २१ गते हुन लागेको प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित गरी तयार पारिएको घोषणापत्र आज सार्वजनिक गर्न लागेको हो। आज मध्यान्ह १२ बजे नयाँ बानेश्वरमा केपी शर्मा ओली सहितका...


सुनको भाउमा उच्च वृद्धि, आज प्रतितोला कति?

काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज नेपाली बजारमा सुन प्रतितोला ४ हजार ३०० रुपैयाँले बढेको छ। आज छापावाला सुन प्रतितोला ३ लाख ४ हजार ७०० रुपैयाँ कायम भएको छ। अघिल्लो दिन छापावाला सुन प्रतितोला ३ लाख ४००...


लोकतन्त्रलाई जीवनशैली बनाउन नेतृत्व तह चुक्योः प्रधानमन्त्री कार्की

काठमाडौं । वर्तमान अन्तरिम सरकारको प्रधानमन्त्री सुशीला कार्कीले प्रजातन्त्र दिवसको अवसरमा शुभकामना सन्देश दिंदै लोकतन्त्रलाई जीवनशैली बनाउन नेतृत्व तह चुकेको बताएकी छन्। “२००७ सालको क्रान्तिले हामीलाई रैतीबाट नागरिक बनायो र २०१५ सालमा आजकै दिनबाट पहिलो संसदीय निर्वाचन शुरुवात भयो...


राष्ट्र बैंकले ऐन, २०५८ लाई संशोधन गर्ने प्रक्रिया अघि बढायो, कुन-कुन बिषय हुँदैछ परिमार्जन ?

काठमाडौं । सरकारले नेपाल राष्ट्र बैंक ऐन, २०५८ लाई संशोधन गर्ने प्रक्रिया अघि बढाएको छ । अर्थ मन्त्रालयले तयार पारेको संशोधन मस्यौदा अनुसार अब नेपालमा डिजिटल मुद्रा जारी गर्ने र भौतिक शाखा विना चल्ने ‘डिजिटल बैंक’ स्थापना गर्ने बाटो...


चितवनमा कृषि, पशुपन्छी तथा जडीबुटी बीमा अभिकर्ता तालिम सम्पन्न

काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्रालय अन्तर्गतको कृषि विभाग, हरिहरभवन–ललितपुरको आयोजनामा चितवनको भण्डारास्थित कृषि तालिम केन्द्रमा तीन दिने कृषि, पशुपन्छी तथा जडीबुटी सम्बन्धी बीमा अभिमुखीकरण तालिम सम्पन्न भएको छ। सह–आयोजक नेपाल बीमा प्राधिकरण रहेको उक्त अभिकर्ता तालिम “कृषि...


समस्याग्रस्त सहकारी व्यवस्थापन समितिद्धारा १३ हजार ऋणीको सम्पत्ति रोक्का

काठमाडौं । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले १३ हजार ऋणीको चलअचल सम्पत्ति रोक्का राखेको छ ।कार्यालयले उक्त सम्पत्ति जफत गरी बचतकर्तालाई फिर्ता गर्नुपर्ने रकम असुलीका लागि रोक्का राखेको हो । कार्यालयका अनुसार नेपाल सरकारबाट घोषणा गरिएका अधिकांश सहकारी संस्थाको...


आज प्रजातन्त्र दिवस मनाइँदै

काठमाडौं । आज नेपालभर प्रजातन्त्र दिवस विविध कार्यक्रमका साथ मनाइँदैछ। प्रत्येक वर्ष फागुन ७ गते मनाइने यो दिवस २००७ सालमा नेपालमा प्रजातन्त्र स्थापना भएको ऐतिहासिक दिवसको रूपमा मनाइँने गरिन्छ। वि.सं. २००७ फागुन ७ गते तत्कालीन राणा शासनको अन्त्य भई...


निर्जिवन बीमा कम्पनीहरुको ६४ अर्ब लगानी, बैंकमा ७०%रकम थुप्रियो

काठमाडौं । निर्जीवन बीमा कम्पनीहरूले दोस्रो त्रैमास (साउन–पुस)सम्म ६४ अर्ब रुपैयाँ बढी विभिन्न क्षेत्रमा लगानी गरेका छन् । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको चालु आर्थिक वर्षको पुससम्मको तथ्यांकअनुसार हाल सञ्चालनमा रहेका १४ वटा निर्जीवन बीमकले विभिन्न क्षेत्रमा कुल ६४...


नेप्सेमा सूचीकृत अधिकांश होटल नोक्सानीमा, आम्दानीमा कस्को अवस्था कस्तो ?

काठमाडौं । नेप्सेमा सूचीकृत सात होटलमध्ये अधिकांश नोक्सानीमा रहेको छ। कालिञ्चोक दर्शन र सोल्टी होटलबाहेक सबै सात कम्पनीले नोक्सानी व्यवहोरेका छन् । बन्दीपुर केबलकार, ओरियन्टल होटल,चन्द्रागिरि हिल्स,सिटि होटल र तारागाउँ रिजेन्सीले चालु आवको दोस्रो त्रैमासमा नोक्सानी भोग्नु परेको हो।...


राष्ट्रिय समस्याको समाधान नगरी चुनावमा जान उपयुक्त हुँदैनः पूर्वराजा शाह

काठमाडौं । प्रजातन्त्र दिवसको अवसरमा पूर्वराजा ज्ञानेन्द्र शाहले एक भिडियो सन्देश मार्फत शुभकामना व्यक्त गर्दै राष्ट्रको वर्तमान अवस्था र राजनीतिक दिशाबारे आफ्नो धारणा राखेका छन्। उनले सोही सन्देश मार्फत मुलुकमा विद्यमान राष्ट्रिय समस्याको समाधान नगरी चुनावमा जान उपयुक्त नहुने...


वाणिज्य बैंकमा पैसा राखेर निक्षेपकर्ताले कमाए १ खर्ब ३४ अर्ब, कुन बैंकले कति दियो?

काठमाडौं । चालू आर्थिक वर्षको ६ महीनाको अवधिमा वाणिज्य बैंकमा पैसा राखेर निक्षेपकर्ताले १ खर्ब ३४ अर्ब ७८ करोड ५५ लाख रुपैयाँ कमाएका छन्। बैंकमा पैसा राखे बापत बैंकले बचतकर्तालाई सम्बन्धित निक्षेप खाताका लागि तोकिएको ब्याजदर अनुसार रकम दिने...


भोजपुरमा नेपाली सेना सवार बस दुर्घटना, २४ जना घाइते

काठमाडौं । भोजपुर जिल्लाको भोजपुर नगरपालिका–४ स्थित सेतीबगरमा नेपाली सेना सवार एउटा बस दुर्घटनामा पर्दा २४ जना घाइते भएका छन्। नेपाली सेनाको श्रीनाथ गणका सेनालाई बोकेर टेम्केमैयुङको लागि हिंडेको ना ४ ख ७३१७ नम्बरको बस सडकबाट करीब २०० मिटर...


६ महीनामा ऋणीले २० वाणिज्य बैंकमा बुझाए २ खर्ब ३० अर्ब ब्याज

काठमाडौं । चालू आर्थिक वर्षको ६ महीनामा २० वटा वाणिज्य बैंकका ऋणीहरूले ऋण बापत बैंकमा २ खर्ब ३० अर्ब ८३ करोड ७२ लाख रुपैयाँ ब्याज तिरेका छन्। गत आवको ६ महीनासम्म ऋणीले २ खर्ब ५४ अर्ब २ करोड ९२...


जीवन बीमा अभिकर्ताले ६ महीनामा बुझे ७ अर्ब २९ करोड कमिशन, कुन कम्पनीबाट कति?

काठमाडौं । हाल नेपालमा जीवन बीमा व्यवसाय गरिरहेको १४ वटै जीवन बीमा कम्पनीमा कार्यरत हजारौं बीमा अभिकर्ताहरूले चालू आर्थिक वर्षको ६ महीनामा कम्पनीबाट कमिशत बापत ७ अर्ब २९ करोड २२ लाख रुपैयाँ प्राप्त गरेका छन्। जीवन बीमा कम्पनीहरूले सार्वजनिक...


सार्वजनिक बिदामा पनि राहदानी सेवा जारी

काठमाडौं । आज सार्वजनिक बिदामा पनि राहदानी विभागले आफ्नो सेवा जारी राखेको छ । विभागले सार्वजनिक सूचनामार्फत आज ग्याल्पो ल्होछार र भोलि प्रजातन्त्र दिवसको दिनमा समेत सेवा जारी राखेको जनाएको छ । सेवाग्राहीलाई सुविधा दिन आज र भोलि बिहान...