शेयर बजारमा गिरावटः कारोबार रकम भने ११ अर्ब, किन गुम्दै छ लगानी ?

काठमाडौँ । केही दिन यता झिनो गतिको उतारचढाव देखाइरहेको शेयर बजार आज भने दोहोरो अकंको गिरावट देखिएको छ । लगानीकर्ताहरुको मनोबल कमजोर रहँदा बजारले अपेक्षित सुधार गर्न सकेको छैन । अधिकांश लगानीकर्ता अहिले प्रतिक्षा र मूल्यांकनको अवस्थामा बसेका छन्...


हाइड्रोपावरमा झुम्मिए लगानीकर्ता, कुनको कम्पनीको कति भयो कारोबार ?

काठमाडौं । साता कारोबारको अन्तिम दिन अर्थात बिहीबार शेयर बजार दोहोरो अंकले बृद्धि भएको छ । आज पनि हाइड्रोपावर कम्पनीहरुको सबैभन्दा बढी शेयर कारोबार भएको छ । बिहीबार ङादी ग्रुप पावरको ८५ करोड ४४ लाख रुपैयाँ, बुटवल पावर कम्पनीको...


धनगढीमाईका नागरिकको खानेपानीको सपना साकार भएको छः खानेपानी मन्त्री यादव

काठमाडौं । खानेपानीमन्त्री प्रदीप यादवले धनगढीमाई नगरपालिकाको वडा नं ११, १२ र १३ का हजारौँ नागरिकको लामो समयदेखिको सुरक्षित एवं शुद्ध खानेपानी प्रयोग गर्न पाउने सपना आज साकार भएको बताएका छन्। बिहीबार धनगढीमाई नगरपालिका स्थित डावरटोल–नैनपुरटोल खानेपानी आयोजनाको उद्घाटन...


नेशनल लाइफमा अध्यक्षसहित पाँच जना सञ्चालक निर्विरोध निर्वाचित

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीको ३७औं वार्षिक साधारण सभाले संस्थापक र सर्वसाधारण समुहका पाँच जना सञ्चालकलाई निर्विरोध निर्वाचित गरेको छ । सभाले संस्थापक समुहबाट कुशल मल्ली, पवन बहादुर पाडे र प्रेमा राज्य लक्ष्मी सिंह निर्विरोध निर्वाचित गरेको छ...


१४ करोड ठगी गरेर फरार मितेरी सहकारीका सञ्चालक भण्डारी कम्बोडियाबाट पक्राउ

काठमाडौँ ।  मितेरी बचत तथा ऋण सहकारी संस्था लिमिटेडमा करोडौं रुपैयाँ ठगी गरेर लामो समयदेखि फरार रहेका प्रतिवादी ज्योती बहादुर भण्डारीलाई नेपाल प्रहरीले कम्बोडियाबाट पक्राउ गरी नेपाल ल्याएको छ। नेपाल प्रहरी प्रधान कार्यालयबाट खटिएको टोलीले अन्तर्राष्ट्रिय प्रहरी संगठन (इन्टरपोल)...


जीआईसी रिका अध्यक्ष काठमाडौंमा, बीमा प्राधिकरणका अध्यक्षसँग भेटवार्ता

काठमाडौं । जीआईसी रिका अध्यक्ष रामास्वामी नारायणन काठमाडौं आएका छन्। उनले प्राधिकणरणका अध्यक्ष सदर ओझासँगै भेटवार्ता गरेका छन्। काठमाडौं आएका जीआईसी रिका अध्यक्ष तथा प्रबन्ध निर्देशक नारायणन र नेपाल बीमा प्राधिकरणका अध्यक्षबीच भएको भेटवार्तामा पुनर्बीमा सम्बन्धी विविध विषयहरूमा छलफल...


सुलोचना, कृष्ण र अजयले छाडे विजय लघुवित्तको शेयर स्वामित्व

काठमाडौँ ।  विजय लघुवित्त वित्तीय संस्था लिमिटेडका तीनजना संस्थापक सेयरधनीले एकैपटक आफ्ना शेयर विक्रीमा राखेका छन्। संस्थापक सुलोचना न्यौपाने, कृष्ण प्रसाद पौडेल र अजय कुमार पटेल पटनवारले आफूसँग रहेका संस्थापक शेयर बिक्री प्रक्रिया अघि बढाएका हुन्। उनीहरुले संयुक्त रूपमा...


सांसद अमरबहादुर थापाले संसद बैठकमै च्याते बजेट पुस्तिका

काठमाडौं। नेकपा एकीकृत समाजवादीका सांसद अमरबहादुर थापाले आर्थिक वर्ष २०८२र८३ को बजेट पुस्तिका संसद बैठकमै च्यातेका छन् । उनले अहिलेको बजेट उल्टो बाटोबाट हिँडेको भन्दै उनले संसद बैठकभित्रै बजेट पुस्तिका च्यातेका हुन् । खासगरी भौतिक पूर्वाधार मन्त्रालयको बजेटले दैलेखमात्र...


किसानको दुःखमा बीमा कम्पनीको असहयोग, सांसद सेजुवालले उठाइन् आवाज

काठमाडौँ  । जुम्लामा असिनापानीका कारण कृषि उपजमा ठूलो क्षति पुगेको घटनाप्रति प्रतिनिधि सभामा आवाज उठाइएको छ। प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद कान्तिका सेजुवालले जुम्ली किसानको पीडामा बीमा कम्पनीहरुले असहयोग गरेको गुनासो गरेकी छिन्। उनका अनुसार जेठ १७ गते परेको असिना...


नेशनल लाइफको साधारणसभा सम्पन्न, शेयरधनीलाई १० प्रतिशत नगद र ५ प्रतिशत बोनस

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीको ३७औं वार्षिक साधारणसभा आज लाजिम्पाटस्थित कम्पनीको आफ्नै केन्द्रीय कार्यालयमा कम्पनीको सञ्चालक समितिकी अध्यक्ष प्रेमा राज्य लक्ष्मी सिंहको उपस्थितिमा सम्पन्न भएको छ। सभाले हाल कायम चुक्ता पूँजी ५ अर्ब २१ करोड २१ लाख ३३...


संकटको भुमरीमा डुबेको शुभश्री अग्नि सिमेन्ट, २ अर्बको आइपीओले ऋण घटाउने रणनीतिमा

काठमाडौँ । वित्तीय संकटको दलदलमा फसिरहेको शुभश्री अग्नि सिमेन्ट उद्योग लिमिटेडले आफूमाथि चुलिँदै गएको आर्थिक दबाबलाई व्यवस्थापन गर्न नेपाल धितोपत्र बोर्डको ढोका ढकढक्याएको छ । ऋणको भारीले थिचिरहेको र आम्दानी दिनानुदिन घट्दै गइरहेको अवस्थामा कम्पनीले २ अर्ब २१ करोड...


इरानसँगको युद्धमा तम्सिएको अमेरिका हच्कियो, ट्रम्पले फेरे बोली–रहस्य के ?

काठमाडौं । इरान र इजरायलबीचको युद्ध आजबाट सातौं दिनमा प्रवेश गरेको छ । सातौं दिनसम्म आइपुग्दा इरान युद्धमा हार्नै लागेको र इजरायलले जितिसकेको जस्तो प्रचार र चर्चा बाहिर आइरहेको छ । तर यथार्थ योभन्दा कैयौं गुणा भिन्न र अस्वाभाविक...


रिलायबल नेपाल लाइफले पायो ‘ए माइनस’ रेटिङ, गत वर्षभन्दा सुधार

काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडको क्रेडिट रेटिङमा सुधार आएको छ। कम्पनीले गत वर्ष क्रेडिट रेटिङ ’ट्रिपल बी प्लस’ पाएकोमा यस वर्ष सुधार भई ‘ए माइनस’ क्रेडिट रेटिङ पाएको हो। बीमा कम्पनीहरूमा यस्तो रेटिङ अत्यन्तै दुर्लभ मानिँदै आएकोमा...


विकास हाइड्रोपावरको आइपीओ बाँडफाँट, यी तीन साइटबाट हेर्नुहोस् नतिजा

काठमाडौँ । विकास हाइड्रोपावर कम्पनी लिमिटेडको आइपीओ बाँडफाँट भएको छ । कम्पनीेले जेठ ६ गतेदेखि आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्कासन गरेको आइपीओ बाँडफाँट भएको हो । कम्पनीले स्थानीयलाई जारी पुँजी ९१ करोड ९१ लाख...


यूनाइटेड अजोडको लाभांश घोषणा, बोनस र नगद कति?

काठमाडौं । यूनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडले शेयरधनीलाई लाभांश वितरण गर्ने घोषणा गरेको छ। कम्पनीको असार ४ गते बसेको सञ्चालक समितिको बैठकले १० प्रतिशत बोनस शेयर र ०.५२६३ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो। घोषित लाभांश नेपाल बीमा...


सिद्धार्थ प्रिमियर इन्स्योरेन्सद्वारा बीमितलाई बीमा दावी भुक्तानी लिन आग्रह

काठमाडौं । सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेडले आम बीमितहरुलाई बीमा दावी भुक्तानी लिन आग्रह गरेको छ । कम्पनीले एक सार्वजनिक सूचना जारी गर्दै चालु आर्थिक वर्षको बैशाख मसान्तसम्मको अवधिमा दावी वापतको भुक्तानी लिन बाँकी बीमितलाई भुक्तानी लिन अनुरोध गरेको हो...


विदेशी लगानीमा लचिलो नीतिः एनआरएनका लागि संयुक्त लगानी सहज, आईटीमा समेत खुल्यो बाटो

काठमाडौं । नेपाल राष्ट्र बैंकले विदेशी लगानी तथा विदेशी ऋण व्यवस्थापन विनियमावली, २०७८ मा चौथो संशोधन गर्दै नयाँ व्यवस्था ल्याएको छ। विदेशी विनिमय (नियमित गर्ने) ऐन, २०१९ को दफा १२ र नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा ६३...


घट्यो सुनको मूल्य, अब प्रतितोला कति ?

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुन तोलामा४०० रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक लाख ९५ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । आज चाँदीको पनि तोलामा...


प्रतिनिधि सभाको बैठक आज बस्दै

काठमाडौं । संघीय संसदको प्रतिनिधि सभाको बैठक आज बिहीबार बिहान ११ बजे बानेश्वरस्थित संघीय संसद भवनमा बस्दैछ। सभामा रामहरी खतिवडाले नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक सम्बन्धी राज्य व्यवस्था तथा सुशासन समितिको प्रतिवेदन पेश गर्नेछन्। त्यसैगरी विनियोजन विधेयक, २०८२ को...


यस्तो छ आजका लागि तरकारी र फलफूलको मूल्य

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजको मूल्य निर्धारण गरेको छ। जसअनुसार सानो लोकल गोलभेँडा २४ रुपैयाँ, लोकल बन्दा २२ रुपैयाँ, स्थानीय काउली ५५ रुपैयाँ, तने बोडी २० रुपैयाँ र लोकल घिउ सिमी...