नेको इन्स्योरेन्सका सिईओ खड्कालाई तत्कालै राजिनामा गर्न अध्यक्ष निरौलाको चेतावनी
काठमाडौं । नेको इन्स्योरेन्स कम्पनीका सिईओ अशोक कुमार खड्कालाई कम्पनीका अध्यक्ष रमेश कुमार निरौलाले राजिनामा दिन दबाब दिएका छन् । नैतिकतालाई भुलेर नेकपा एमालेको केन्द्रीय सदस्यमा उम्मेदवारी दिन पुगेका सिईओ खड्काको सम्बन्धमा नियामक नेपाल बीमा प्राधिकरणले समेत चासो राखेपछि...
टाटाको शोरुममा विद्यार्थीको कला प्रदर्शनी, ‘विद्युतीय सवारी धारणा र भविष्यप्रतिको झलक’
काठमाडौँ । टियागो ईभी कार्टनिभल अन्तर–स्कुल चित्रकला प्रतियोगिताअन्तर्गत तयार गरिएका उत्कृष्ट चित्रहरूको प्रदर्शनी थापाथलीस्थित सिप्रदी ट्रेडिङको सोरुममा राखिएको छ । सिप्रदियन सहायता संस्था र बूढानीलकण्ठ स्कुलको सहकार्यमा आयोजना गरिएको उक्त प्रतियोगितामा सहभागी विद्यार्थीहरूले तयार पारेका चित्रहरू शुक्रबार दिउँसो २...
रास्वपा सभापति रवि लामिछाने रिहा
काठमाडौँ । नख्खु कारागारमा राखिएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने शुक्रबार रिहा भएका छन्। रुपन्देही पुगेका लामिछानेले कागजी प्रक्रिया पूरा गरेर रिहा भएका हुन्। उच्च अदालत बुटवलले बिहीबार उनलाई बैंक ग्यारेन्टीमा छाड्ने आदेश दिएकाले लामिछाने कागजी...
प्रतिनिधिसभा सदस्य निर्वाचन अध्यादेश २०८२ जारी
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले चुनावसम्बन्धी अध्यादेश जारी गरेका छन्। संविधानको धारा १९४ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिशमा राष्ट्रपति पौडेलले आज प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी गरेका हुन् । हिजो बसेको मन्त्रिपरिषद् बैठकले चुनावसम्बन्धी अध्यादेश...
लाभांशसहितका एजेण्डा पारित गर्दै आशा लघुवित्तको साधारण सभा सम्पन्न
काठमाडौं । आशा लघुवित्त वित्तीय संस्था लिमिटेडको ९औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभा धुलिखेलस्थित होटल अरनिको प्रा.लि. मा सम्पन्न भएको हो । सभाले हाल कायम चुक्ता पूँजीको ९.५ प्रतिशत बोनस शेयर र ०.५ प्रतिशत नगद लाभांश...
नागरिक उड्डयन प्राधिकरणको निमित्त महानिर्देशकमा देवचन्द्रलाल कर्ण नियुक्त
काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणको निमित्त महानिर्देशकको जिम्मेवारी देवचन्द्रलाल कर्णलाई दिइएको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको मन्त्रीस्तरीय निर्णयअनुसार प्राधिकरणमा रिक्त रहेको महानिर्देशक पदको कामकाज सम्हाल्ने गरी कर्णलाई निमित्त महानिर्देशक नियुक्त गरिएको हो। भ्रष्टाचारसम्बन्धी आरोपका कारण तत्कालीन...
रिलायन्स स्पिनिङ मिल्सको आईपीओ नरोकिने, सर्वोच्च अदालतले दियो यस्तो आदेश
काठमाडौं । रिलायन्स स्पिनिङ मिल्स लिमिटेडको प्राथमिक आईपीओ निष्काशन प्रक्रिया यथावत् रहने भएको छ । आईपीओ बदर गर्न माग गर्दै दायर गरिएको रिट निवेदनमा सर्वोच्च अदालतले मागअनुसार आदेश दिन अस्वीकार गरेसँगै कम्पनीको आईपीओ निष्काशनमा रहेको कानुनी अन्योल अन्त्य भएको...
अमेरिकाको ईडीभी कार्यक्रम बन्द
काठमाडौं। ट्रम्प प्रशासनले ईडीभी कार्यक्रम तत्कालका लागि स्थगित गर्ने भएको छ । ब्राउन विश्वविद्यालयमा भएको गोलीबारीमा संलग्न व्यक्ति पनि डाइभर्सिटी भिसा मार्फत अमेरिका पुगेर ग्रीनकार्ड पाएको भेटिएपछि ट्रम्प प्रशासन डीभी कार्यक्रमप्रति अनुदार देखिएको हो । केही दिनअघि ब्राउन विश्वविद्यालयमा...
कोशी प्रदेशमा बीमाको दायरा विस्तार तथा ई–रिक्सा बीमाका सम्बन्धमा महत्त्वपूर्ण छलफल
काठमाडौं । नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक सुशील देव सुवेदी र कोशी प्रदेश आन्तरिक मामिला तथा कानूनमन्त्री रेवती रमण भण्डारीबीच भेटवार्ता भएको छ । बीमा प्राधिकरणको तर्फबाट निर्देशक ध्रुव तिमिल्सिना र कुन्दन सापकोटाको सहभागिता रहेको थियो । उक्त भेटवार्तामा...
लाभांश र हकप्रद प्रस्ताव सहित रुरु जलविद्युतले डाक्यो साधारणसभा
काठमाडौं । रुरु जलविद्युत परियोजना लिमिटेड को पुस ३ गते बसेको सञ्चालक समितिको बैठकले लाभांश घोषणा गर्दै पुस २५ गते काठमाडौंको चावहिलस्थित स्मार्ट प्यालेस एण्ड इभेन्टमा बिहान ११ बजे बीसौं वार्षिक साधारणसभा डाकेको छ। उक्त साधारणसभाले गत आर्थिक वर्ष...
जेनजीको नाममा शेयर माग्न थालेपछि हैरान भए लगानीकर्ता, अध्यक्ष भन्छन् ‘धेरै समस्या भयो, सरकारले वास्ता गरेन’
काठमाडौँ । जेनजी र स्थानीयबासीको नाममा जलविद्युत आयोजनाहरुमा निःशुल्क शेयर, छुट्टै रोयल्टी लगायतका माग राखेर आयोजना निर्माणमा अवरोध गर्न थालेपछि लगानीकर्ताहरु हैरान हुन थालेका छन् । ऊर्जा आयोजनाहरुले नेपाल सरकारको कानून अनुसार स्थानीयबासीलाई १० प्रतिशत सेयर जारी गर्ने तथा...
ज्योति विकास बैंकका कर्मचारीको व्यवहारका कारण डुबे अर्का व्यवसायी
काठमाडौं । सप्तरीमा ज्योति विकास बैंकले समाजिक सञ्जाल मार्फत् ऋणीहरूको चरित्र हत्या गर्दा बैंकका कर्मचारीमाथि हातपात र कालोमोसो दलेको घटना सेलाउन नपाउँदै फेरि अर्काे कालो कर्तुत बाहिर आएको छ । ज्योति विकास बैंकको गैरजिम्मेवार व्यवहार र लापरबाहीले बाँके जिल्लाको...
नेपाल र हिमालयन रि इन्स्योरेन्सको लगानी ३८ अर्ब नजिक, कसको कति ?
काठमाडौं । नेपालमा सञ्चालन रहेका दुई पुनर्बीमा कम्पनी नेपाल र हिमालयनबीच लगानी विस्तारमा तीब्र प्रतिस्पर्धा देखिएको छ । सरकारी स्वामित्वको नेपाल पुनर्बीमा र नीजी क्षेत्रद्वारा सञ्चालित हिमालयन रि इन्स्योरेन्सबीच बैंक तथा वित्तीय संस्थाको मुद्दति निक्षेप, पब्लिक कम्पनीको साधारण शेयर,...
टेस्लाको गम्भीर त्रुटि: ब्याट्री कम्पोनेन्टमा समस्या हुँदा १३ हजार सवारी रिकल
काठमाडौँ । अमेरिकाको विद्युतीय सवारी निर्माता टेस्लाले ब्याट्री प्याकको एक महत्त्वपूर्ण कम्पोनेन्टमा समस्या देखिएपछि करिब १३ हजार वटा सवारी साधन फिर्ता (रिकल) बोलाउने निर्णय गरेको छ । टेस्लाले सन् २०२५ का मोडल ३ र सन् २०२६ का मोडल वाइ...
रिडी पावरले बोलायो २४औं वार्षिक साधारण सभा, बुकक्लोज कहिले ?
काठमाण्डौं । रिडी पावर कम्पनी लिमिटेडले २४्औं वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीको पुस ३ गते बसेको सञ्चालक समितिको बैठकले आगामी पुस २५ गते सभा आयोजना गर्ने निर्णय गरेको हो । सभा काठमाण्डौको गौशालामा रहेको होटल क्रिष्टल...
साना किसान लघुवित्तको सीईओमा बाशु अधिकारी, बैंक तथा वित्तीय क्षेत्रमा लामो कार्य अनुभव
काठमाडौँ । करिब चार महिनापछि साना किसान विकास लघुवित्तले प्रमुख कार्यकारी अधिकृत (सीईओ) पाएको छ । कम्पनीको पुष ३ गते बसेको सञ्चालक समितिको बैठकले बाशु अधिकारीलाई सीईओको जिम्मेवारी दिएको हो । अधिकारीलाई पुष ३ गतेदेखि नै लागु हुने गरी...
रास्वपाको उम्मेदवार बन्नै लाखौँ रुपैयाँ बुझाउनु पर्ने, निमुखा र गरिबले ठाउँ नपाउने
काठमाडौं । भ्रष्टाचारशून्य देश र सुशासन तथा झन्झटरहित सार्वजनिक सेवाको मूल उद्देश्य बोकेको राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले पारदर्शीता भन्दै उम्मेदवार बन्न इच्छुक आफ्नै सदस्यहरुसँग चर्को शुल्क असुलेर प्रजातान्त्रिक अभ्यासलाई नै चुनौति दिएको छ । उम्मेदवार बन्नै पाइला–पाइलामा लाखौं रुपैयाँ...
सूर्योदय वोमी लघुवित्तद्वारा लाभांश वितरण नगर्ने निर्णय
काठमाडौं । सूर्योदय वोमी लघुवित्त वित्तीय संस्थाले आफ्ना लगानीकर्तालाई कुनै पनि लाभांश वितरण नगर्ने निर्णय गरेको छ । संस्थाले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना लगानीकर्ताहरुलाई लाभांश वितरण बिनै स्वीकृतीको लागि विवरण राष्ट्र बैंक पठाउन लागेको छ । संस्थाको पौष...
सुनको मूल्यमा गिरावट, शुक्रबार प्रतितोला कति ?
काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुन तोलामा दुई हजार रुपैयाँले ओरालो लागेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ५८ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ । यता, चाँदीको...
सालपा विकास बैंकको आईपीओ बाँडफाँड, १७ हजार २३८ जनाले पाए शेयर
काठमाडौं । सालपा विकास बैंक लिमिटेडले वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्कासन गरेको आईपीओ बाँडफाँड गरेको छ। बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेडले आज बिहान शेयर बाँडफाँड गरेको हो। कम्पनीले मङ्सिर २५ गतेदेखि मङ्सिर २९ गतेसम्म नेपाल सरकारको सम्बन्धित निकायबाट...




















