सन नेपाल लाइफलाई बोर्डले दियो २७ प्रतिशत हकप्रद शेयर निष्कासनको अनुमति
काठमाडौँ । नेपाल धितोपत्र बोर्डले सन नेपाल लाइफ इन्स्योरेन्सलाई २७ प्रतिशत हकप्रद शेयर निष्कासनको अनुमति दिएको छ । कम्पनीले २७ प्रतिशत अर्थात १ः०.२७ अनुपातमा १ करोड ६ लाख ९६ हजार ३२० कित्ता हकप्रद शेयरबिक्री गर्नका लागि अनुमति पाएको हो...
सलिकोद्वारा पाँचथर पावरलाई ४२.५० करोडको बीमा दावी भुक्तानी
काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स (सलिको) ले पाँचथर पावर कम्पनी लिमिटेडलाई ४२.५० करोड रुपैयाँको बीमा दावी भुक्तानी गरेको छ। सलिकोका प्रमुख कार्यकारी अधिकृत (सीईओ) चंकी क्षेत्रीले उक्त रकम पाँचथर पावर कम्पनी लिमिटेडलाई हस्तान्तरण गरेका हुन्। यो बीमा दावी भुक्तानी...
राष्ट्र बैंकको सह-प्रवक्ता र सूचना अधिकारीमा सुमन नेउपाने नियुक्त
काठमाडौं । नेपाल राष्ट्र बैंकले गभर्नरको कार्यालयका कायममुकायम निर्देशक सुमन नेउपानेलाई सह-प्रवक्ता तथा सूचना अधिकारीको जिम्मेवारी प्रदान गरेको छ। यो निर्णय २०८१ चैत ४ गतेदेखि लागू हुने बैंकले जनाएको छ। नेउपाने २०६४ सालदेखि नेपाल राष्ट्र बैंकमा आबद्ध छन्। उनलाई...
विजय लघुवित्तद्वारा बीमित सदस्यका परिवारलाई ४ लाख ३१ हजार हस्तान्तरण
काठमाडौँ । बाँकेको खजुरास्थित विजय लघुवित्त वित्तीय संस्था लिमिटेड शाखा कार्यालय बागेश्वरीले बीमित सदस्यका परिवारलाई बीमा रकम हस्तान्तरण गरेको छ। खजुरा गाउँपालिका–५ का वडाध्यक्ष गरिबे शेखको उपस्थितिमा आयोजित कार्यक्रममा बीमा रकम हस्तान्तरण गरिएको हो। वडानम्बर ५ की ग्राहक सदस्य...
नेपाल राष्ट्र बैंकको संयोजनमा ग्लोबल मनी विक २०२५ सुरु, युवामाझ वित्तीय चेतना अभिवृद्धि
काठमाडौँ । ‘थिंक बिफोर यु फलो वाइज मनी टुमारो’ नाराका साथ ‘ग्लोबल मनी विक – २०२५’ आजदेखि सुरु भएको छ। हरेक वर्ष मार्च महिनामा मनाइने यो वित्तीय साक्षरतासम्बन्धी विश्वव्यापी अभियानको यो १३औँ संस्करण हो। नेपाल राष्ट्र बैंकले नेपाल बीमा...
राष्ट्रपतिको स्वकीय सचिवमा सुशील तिमिल्सेना
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सुशील तिमिल्सेनालाई स्वकीय सचिवका रूपमा नियुक्त गरेका छन्। पौडेलका नातेदारसमेत रहेका तिमिल्सेनालाई चैत १ गतेदेखि लागू हुने गरी सहसचिव सरहको सुविधा दिनेगरी जिम्मेवारी दिइएको हो। यसअघि उनी उपसचिव सरहको सुविधा लिएर सचिवालयमा कार्यरत थिए।...
पूर्वराजा शाहको आगमनले राजनीति क्षेत्रमा तरङ्ग, तीन प्रमुख नेता छलफलमा बस्दै
काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहको सक्रियताले नेपाली राजनीतिक क्षेत्रमा नयाँ बहस जन्माएको छ । गणतन्त्र स्थापनाका लागि निर्णायक भूमिका खेलेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ अहिले गणतन्त्रको सुदृढीकरणका लागि पहल गरिरहेका छन् । पछिल्लो समय राजावादी धारका गतिविधि...
त्रिचन्द्र क्याम्पसको पुरानो गेटले पायो नयाँ ताला
काठमाडौं । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन नजिकिँदै गर्दा त्रिचन्द्र क्याम्पसमा फेरि तालाबन्दी भएको छ। क्याम्पसको मूल गेटमा नै नयाँ ताला लगाइएको छ, जसका कारण क्याम्पस प्रशासन र निर्वाचन समितिका पदाधिकारीहरू भित्र छिर्न सकेका छैनन्। नेपाल विद्यार्थी संघ (नेविसंघ)...
प्रधानमन्त्री बन्न एमाले अध्यक्ष ओलीको प्रस्ताव प्रचण्डद्वारा अस्वीकार !
काठमाडौं । पछिल्लो विकसित घटनाक्रम अनुसार यतिबेला नयाँ राष्ट्रिय सहमतिको सरकार बनाउन भन्दै छलफल तीव्र पारिएको छ । विकसित नयाँ घटनाक्रम अनुसार संघीय लोकतान्त्रिक गणतान्त्रिक शासन व्यवस्थामाथि उत्पन्न जटिलताका विरुद्धमा दलहरु एकजुट हुन खोजिरहेका छन् । यही सन्दर्भमा नयाँ...
चन्द्रागिरी हिल्सले पैदलयात्रीसँग रकम उठाउने कार्य गैर कानुनीः थाहा नगरपालिका, तत्काल बन्द गर्न निर्देशन
काठमाडौं । राजधानीको उत्तर पश्चिमतर्फ रहेको चन्द्रागिरी हिल्सको भालेश्वर मन्दिरमा जान चाहने पैदलयात्रीसँग प्रति व्यक्ति १०० रुपैयाँ प्रवेश शुल्क उठाउँदै आएको चन्द्रागिरी हिल्सको कार्य गैर कानुनी भएको थाहा नगरपालिकाले स्पष्ट पारेको छ । थाहा नगरपालिका वडा नं ९ का...
स्वरोजगार लघुवित्तको एफपिओ रकम फुकुवा किन हुन सकेन?
काठमाडौँ । स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडको एफपिओमा आवेदकको रकम फुकुवा हुन सकेको छैन। एफपिओ बाँडफाँटको क्रममा सि–आस्बा प्रणालीमा प्रक्रिया पूरा गर्दा प्राविधिक त्रुटि हुँदा रकम फिर्ता हुन नसकेको जनाएको छ। एनएमबि क्यापिटल लिमिटेडको निष्कासन र बिक्री प्रबन्धमा फागुन...
नेपाल बीमा प्राधिकरणद्वारा ग्लोबल मनी विकको अवसरमा आयोजित प्रभातफेरी सम्पन्न
काठमाडौं । ग्लोबल मनी विक २०२५ को पहिलो दिन आज नेपाल राष्ट्र बैंक, नेपाल बीमा प्राधिकरण र नेपाल धितोपत्र बोर्डको संयोजनमा काठमाडौंमा वित्तीय साक्षरता सम्बन्धी प्रभातफेरी कार्यक्रम आयोजना गरिएको छ । कार्यक्रममा नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक सुशील देव...
शेयर बजार घटेपनि आज यी कम्पनीका लगानीकर्ता भए मालामाल
काठमाडौं । साता कारोबारको दोस्रो दिन अर्थात सोमबार शेयर बजार सामान्य अंकले घटेको छ । शेयर बजार घटेतापनि आज कारोबार भएका ८५ कम्पनीको शेयरमूल्यमा हरियाली छाएको छ । आज राप्ति हाइड्रो एण्ड जनरलको शेयरमूल्य ९.८६ प्रतिशतले सर्वाधिक बृद्धि भएको...
सुस्त पुँजी बजारः लगानीकर्ताको मनोबल खस्किँदा कारोबारमा पहिरो, किन बढेन मार्केट ?
काठमाडौँ । शेयर बजार आज पनि ओरालो लागेको छ । लगानीकर्ताको मनोबल कमजोर हुँदा बजारमा स्थायित्व कायम हुन सकेको छैन । हिजो समेत राताम्य भएको बजार आज थप घट्दा फन्डामेन्टल रूपमा बलिया कम्पनीहरूको सेयर मूल्यसमेत प्रभावित बनेको छ ।...
हिमालयन र नेपाल रि इन्स्योरेन्समा झुम्मिए लगानीकर्ता, यी १० कम्पनीको भयो सर्वाधिक कारोबार
काठमाडौं । साता कारोबारको दोस्रो दिन अर्थात सोमबार शेयर बजार सामान्य अंकले घटेको छ । शेयर बजार घटेतापनि आज पनि हिमालयन रि इन्स्योरेन्सको सबैभन्दा बढी कारोबारभ भएको छ । आज कम्पनीको ४३ करोड ९३ लाख रुपैयाँको शेयर खरिद–बिक्री भएको...
व्यवसाय विस्तारमा आक्रामक वाणिज्य बैंक: ३ वटाको कर्जा लगानी घट्यो, निक्षेपमा को तगडा?
काठमाडौँ । चालु आर्थिक वर्ष २०८१।०८२ को ८ महिनामा निक्षेप र कर्जा दुबै बढेको देखिएको छ । नेपाल बैंकर्स संघले सार्वजनिक गरेको तथ्याङ्क अनुसार वाणिज्य बैंकहरुको निक्षेप संकलन ५.६२ प्रतिशतले बढ्दा कर्जा प्रवाह ६.१२ प्रतिशतले बढेको देखिएको हो ।...
बुर्तिबाङमा प्रभु बैंकको वित्तीय साक्षरता सम्बन्धी र्याली
काठमाडौं । ग्लोबल मनी वीक २०२५ को अवसरमा प्रभु बैंक लिमिटेड गण्डकी प्रदेशले बागलुङ जिल्लाको बुर्तिबाङमा वित्तीय जनचेतनामूलक र्याली आयोजना गरेको छ। “अनुसरण गर्नु अघि सोचौं, भोलिका लागि बुद्धिमानीपूर्ण वित्तीय निर्णय गरौं” भन्ने मूल नाराका साथ आयोजित र्यालीले बुर्तिबाङ...
एनसिएग्रो टेक इण्ड्रष्ट्रिजले १८ लाख कित्ता आइपीओ निष्कासन गर्ने, बिक्री प्रबन्धक नियुक्त
काठमाडौँ । एनसिएग्रो टेक इण्ड्रष्ट्रिज लिमिटेडले सर्वसाधारणमा प्रति शेयर अंकित मूल्य १०० रुपैयाँ दरको १८ लाख कित्ता साधारण शेयरको सार्वजनिक निष्कासन गर्न भएको छ । कम्पनीले आइपपीओ निष्कासनका लागि ग्लोबल आइएमई क्यापिटल लिमिटेडलाई निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको...
राष्ट्रवादी मोर्चाको आन्दोलन सुरुवात भएको द डार्क फाइलका संयोजक तिमिल्सिनाको घोषणा
काठमाडौं । भ्रष्टाचार बिरुद्ध ‘द डार्क फाइल’ अभियानका संयोजक राजकुमार तिमिल्सिनाले राष्ट्रको पक्षमा र भ्रष्टाचारको विरुद्ध नयाँ क्रान्तिको शुरूवात भएको घोषणा गरेका छन् । सोमबार बिहान तिमिल्सिनाले आफ्नो सामाजिक सञ्जाल फेसबुकबाट नयाँ क्रान्तिको शुरूवात भएको घोषणा गरेका हुन् ।...
क्रेस्ट माइक्रो लाइफको आइपीओ भोलि बाँडफाँट हुने, १८ लाख ६४ हजारको हात रित्तो
काठमाडौँ। क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सको आइपीओ भोलि अर्थात् चैत ५ गते बाँडफाँट हुने भएको छ । कम्पनीको बिक्री प्रबन्धकमा एनआइएमबि एस क्यापिटलको कार्यालयमा आइपीओ मंगलबार बिहान ८ः३० बजे बाँडफाँट हुनेछ । कम्पनीको आइपीओमा २० लाख ४८ हजार ५३८ आवेदकबाट...




















