हिमालयन लाइफ इन्स्योरेन्सका बीमितले एक लाखसम्मको कर्जा अनलाइनबाटै लिन पाउने

काठमाडौँ । हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडका बीमितहरुले एक लाख रुपैया सम्मको कर्जा अनलाइनबाटै आवेदन गरी लिन पाउने भएका छन् । कम्पनीका बीमितहरुलाई सहज रुपमा कर्जा उपलब्ध गराउने उद्धेश्यले खल्ती एपको सहकार्यमा यस प्रकारको सुविधा उपलब्ध गराईएको हो । कम्पनीमा...


धरानमा ११ जुवाडे पक्राउ, दुई लाख नगद बरामद

काठमाडौं । सुनसरी जिल्लाको धरान उपमहानगरपालिका–१३ जिरोप्वाइन्टस्थित एक होटलमा जुवातास खेलिरहेको अवस्थामा ११ जनालाई नेपाल प्रहरीले पक्राउ गरेको छ। कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर र वडा प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २ लाख १ हजार ८२५ रुपैयाँ...


लक्ष्यभन्दा करिब डेढ खर्ब कम राजस्व, फागुनसम्म ७ खर्ब ५१ अर्ब मात्रै उठ्यो

काठमाडौँ । चालु आर्थिक वर्ष २०८२/८३ को आठ महिनाको अवधिसम्म सरकारले राजस्व सङ्कलनमा लक्ष्यभन्दा उल्लेख्य कमी व्यहोरेको छ। राजस्व व्यवस्थापन सूचना प्रणालीको तथ्याङ्कअनुसार फागुन मसान्तसम्म सरकारले ७ खर्ब ५१ अर्ब ८६ करोड रुपैयाँ राजस्व सङ्कलन गरेको हो । यो...


पश्चिमी न्यूनचापीय प्रणाली सक्रिय : पश्चिमबाट सुरु भएको वर्षा विस्तारै पूर्वतर्फ

काठमाडौँ । पश्चिम नेपालबाट सुरु भएको वर्षा प्रणाली बिस्तारै पूर्वतर्फ सर्दै गएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार पश्चिमी न्यूनचापीय प्रणाली सक्रिय हुँदा आज बिहानदेखि देशका विभिन्न स्थानमा वर्षा भइरहेको हो। विभागका सूचना अधिकारी गोविन्द झा कायस्थका अनुसार...


७ महिनामा विकास बैंकको नाफा ४ अर्ब २० करोडः अग्रस्थानमा मुक्तिनाथ र गरिमा, १७ मध्य कुनले कति कमाए ?

काठमाडौँ । चालु आर्थिक वर्ष २०८२।०८३ को ७ महिनामा विकास बैंकहरुले ४ अर्बभन्दा धेरै नाफा आर्जन गरेका छन् । नेपाल राष्ट्र बैंकको तथ्याङ्क अनुसार हाल सञ्चालनमा रहेका १७ विकास बैंकले चालु आर्थिक वर्षको माघ मसान्तसम्मको अवधिमा ४ अर्ब २०...


प्रधानमन्त्रीले जथाभावी गरे सदन र सडक तताउँछुः हर्क साम्पाङ

काठमाडौं । सुनसरी क्षेत्र नम्बर १ बाट निर्वाचित श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले प्रधानमन्त्रीले जथाभावी गरेमा सदन र सडक दुबै तताउने चेतावनी दिएका छन्। उनले सामाजिक सञ्जाल फेसबूकमा आइतबार बिहान भावी प्रधानमन्त्री बालेन शाहलाई लक्षित एक पोष्ट गर्दै...


राष्ट्रिय जीवन बीमा कम्पनीका कर्मचारीले सिईओ लखेटे

काठमाडौं । राष्ट्रिय जीवन बीमा कम्पनीका कर्मचारीले बार्षिकोत्सव मनाउन नपाएको भन्दै कम्पनीका सिईओ सुन्दर पन्थीमाथि दुव्र्यवहार गर्दै लखेटेका छन् । राष्ट्रिय जीवन बीमा कम्पनीमा रहेको कर्मचारी युनियनका पदाधिकारीहरु मिलेर गत साताको सोमबार कार्यालयमै सिईओमाथि आक्रमणको प्रयास मात्रै गरेनन् काम...


इजरायलद्वारा नेपाली शान्ति सैनिकको हेडक्वार्टरमा आक्रमण

काठमाडौं । संयुक्त राष्ट्रसंघको शान्ति मिसनअन्तर्गत लेबनानमा तैनाथ नेपाली शान्ति सैनिकको बटालियन हेडक्वार्टर नजिक इजरायलद्वारा हवाई आक्रमण भएको छ। उक्त घटना संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरस लेबनान भ्रमणमा रहेका समयमै भएको हो। शुक्रबार साँझ दक्षिण लेबनानको मैस अल–जाबाल क्षेत्रमा...


कतिमा भयो सोलु हाइड्रोपावरको पहिलो कारोबार ?

काठमाडौँ ।  स्पेशल प्रि–ओपन सेसनमा सोलु हाइड्रोपावरको शेयर पहिलो पटक कारोबारमा आएको छ। कम्पनीको शेयर प्रतिकित्ता ३०० रुपैयाँमा पहिलो कारोबार भएको हो। यसअघि कम्पनीको सेयर गत फागुन २८ गते बिहीबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको थियो। सूचीकृत...


अमेरिकी सेनाका लेफ्टिनेन्ट जनरल भोवेल काठमाडौंमा, नेपाली सेनाका उच्च अधिकारीसँग भेटवार्ता हुने

काठमाडौं । अमेरिकी सेनाका लेफ्टिनेन्ट जनरल जोयल बी भोवेल तीन दिने भ्रमणका लागि नेपाल आइपुगेका छन्। नेपाली सेना र नेपालस्थित अमेरिकी दूतावासका अधिकारीहरूले केही समयअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उनलाई स्वागत गरेका हुन्। भुटान हुँदै ‘ड्रुक एयर’को विमानबाट भ्रमण टोलीसहित...


सुनको मूल्यमा गिरावट, आइतबार प्रतितोला कति ?

काठमाडौँ । सुनको मूल्यमा गिरावट आएको छ । नेपाली बजारमा आज सुन तोलामा चार हजार ८०० रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला तीन लाख नौ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ । यता,...


निरन्तर ओरालो लाग्दै वाणिज्य बैंकको ब्याजदर, कुनको कति?

काठमाडौं । वाणिज्य बैंकहरूले चैत महिनाबाट लागू हुने गरी मुद्दती निक्षेपमा दिने ब्याजदरमा फेरि सामान्य समायोजन गरेका छन्। चैत १ गतेदेखि लागू हुने नयाँ दरअनुसार व्यक्तिगत ग्राहकलाई प्रदान गरिने मुद्दती निक्षेपको औसत ब्याजदर अघिल्लो महिनाको तुलनामा केही कम भएको...


एपोलो हाइड्रोपावरको आईपीओमा आवेदन दिने आज अन्तिम मौका

काठमाडौँ । एपोलो हाइड्रोपावर लिमिटेडले आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले फागुन ११ गतेदेखि आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि निष्काशन गरेको आईपीओमा आज अन्तिम दिन रहेको हो । कम्पनीले आवेदन दिने मिति चैत १०...


सानिमा जिआईसी इन्स्योरेन्सको लाभांश घोषणा, बोनस र नगद कति?

काठमाडौं । सानिमा जिआईसी इन्स्योरेन्स लिमिटेडको फागुन २९ गते शुक्रबार दिउँसो ३ बजे बसेको सञ्चालक समितिको बैठकले शेयरधनीहरूका लागि लाभांश घोषणा गरेको छ। बैठकले गत आर्थिक वर्ष २०८१/०८२ को वितरणयोग्य मुनाफाबाट हाल कायम चुक्ता पूँजी २ अर्ब १५ करोड...


राष्ट्रिय जीवन बीमा कम्पनीले बोलायो साधारणसभा

काठमाडौं । राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेडको फागुन २९ गते शुक्रबार बसेको सञ्चालक समितिको बैठकले दोस्रो वार्षिक साधारणसभा बोलाएको छ। साधारणसभा यही चैत २७ गते शुक्रबार काठमाडौंको रामशाहपथस्थित कम्पनीको प्रधान कार्यालयमा दिउँसो ३ बजेदेखि शुरू हुनेछ। सभाले सञ्चालक समितिको...


जनउत्थान सामुदायिक लघुवित्तको १५औं वार्षिक साधारणसभा सम्पन्न

काठमाडौं । जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडको १५औं वार्षिक साधारणसभा फागुन ३० गते बुटवलस्थित होटल न्यू ईरामा सम्पन्न भएको छ। साधारणसभा अध्यक्ष डा. मान बहादुर बि.क को अध्यक्षतामा सम्पन्न भएको हो। सभामा संस्थाका सञ्चालक हुँमा कुमारी कुँवर थापाले...


यस्तो छ आज कालीमाटीमा तरकारीको भाउ

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज चैत १ गतेका लागि कृषि उपजको थोक मूल्य सार्वजनिक गरेको छ। सो अनुसार सानो लोकल गोलभेंडा ४५ रुपैयाँ, लोकल बन्दा ३० रुपैयाँ, स्थानीय काउली २५ रुपैयाँ, सेतो लोकल मुला...


गोरखामा माइक्रो दुर्घटना, सात जना भारतीयको मृत्यु

काठमाडौं । गोरखाको मनकामना दर्शन गरेको फर्किएको ईभी माइक्रो दुर्घटना हुँदा त्यसमा सवार सात जना भारतीय नागरिकको ज्यान गएको छ। शनिबार गोरखाको मनकामना दर्शन गरेको फर्किरहेको उक्त ईभी गोरखाकै शहीदलखन गाउँपालिका–३ कनटारमा दुर्घटना भई सडकबाट करीब २०० मिटर तल...


यस्तो छ आज विदेशी मुद्राको विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज चैत १ गतेका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। सो अनुसार एक अमेरिकी डलरको खरीददर १४७.६४ रुपैयाँ र बिक्रीदर १४८.२४ रुपैयाँ कायम भएको छ। त्यस्तै एक अष्ट्रेलियन डलरको खरीददर १०३.९८ रुपैयाँ र...


टक्सार पिखुवा खोला हाइड्रोपावरको आईपीओ आज बन्द हुँदै

काठमाडौं । टक्सार पिखुवा खोला हाइड्रोपावर लिमिटेडले फागुन २७ गतेदेखि निष्काशन गरिरहेको प्रथम चरणको आईपीओमध्ये वैदेशिक रोजगारेको आईपीओ आज बन्द हुँदैछ। कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले आयोजना प्रभावितलाई १२ लाख कित्ता र वैदेशिक रोजगारीमा रहेका नेपालीलाई ३ लाख ३...