गृह मन्त्रालयको शाखा अधिकृत हुँ भन्दै हिँड्ने नक्कली कर्मचारी पक्राउ
काठमाडौँ । आफूलाई गृह मन्त्रालयको शाखा अधिकृत भन्दै सर्वसाधारणको व्यक्तिगत विवरण संकलन गर्न खोज्ने एक व्यक्ति पक्राउ परेका छन्। पक्राउ पर्नेमा तनहुँ घर भई हाल विभिन्न स्थानमा आफूलाई सरकारी अधिकृतका रूपमा परिचय दिँदै हिँड्ने कृष जिसी रहेका छन्। अध्यागमन...
गगन थापालाई प्रधानमन्त्रीको बनाउने प्रस्ताव पारित
काठमाडौं । नेपाली कांग्रेसले सभापति गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार घोषणा गरेको छ । श्रकबार बसेको पार्टीको केन्द्रीय कार्यसमिति बैठकले थापालाई प्रधानमन्त्रीको उम्मेदवार घोषणा गर्ने निर्णय गरेको छ।उपसभापति विश्वप्रकाश शर्माले थापालाई प्रधानमन्त्रीको उम्मेदवार घोषणा गर्ने प्रस्ताव पेश गरेका थिए ।...
शिखर पावर डेभलपमेन्टको आइपीओ छिटो अवधिमै बिक्रि
काठमाडौं । शिखर पावर डेभलपमेन्टले माघ ६ गतेदेखि निष्काशन गरेको आईपीओ वैदेशिक रोजगारीमा रहेका नेपालीहरूमा छिटो अवधिभित्रै बिक्रि भएको छ । कम्पनीले सर्वसाधारणमा जारी हुने शेयरमध्ये पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीयमा ९ लाख ८० हजार कित्ता र वैदेशिक...
प्रतिनिधिसभा निर्वाचन : ४९ उम्मेदवारले फिर्ता लिए उम्मेदवारी
काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवारी दिएका ४९ जनाले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन्। निर्वाचन आयोगमा आज आयोजित पत्रकार सम्मेलनमा आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले ४९ जनाले उम्मेदवारी फिर्ता लिएको जानकारी दिए।...
वास्तविक कारोबार मूल्यमाथि आधारित घोषणा नभए राजस्व चुहावट हुन्छ : राजश्व सचिव बराल
काठमाडौं । अर्थ मन्त्रालयका राजश्व सचिव भूपाल बरालले भन्सारमा मालवस्तुको वास्तविक कारोबार मूल्यका आधारमा सही घोषणा हुनुपर्ने बताएका छन्। नेपाल भन्सार एजेन्ट संघ काठमाडौंले ७४ औं अन्तर्राष्ट्रिय भन्सार दिवसको अवसरमा आयोजना गरेको कार्यक्रममा सचिव बरालले भन्सार प्रशासनमा सुशासन कायम...
कांग्रेस सभापति गगन थापाद्वारा पदभार ग्रहण
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले पदभार ग्रहण गरेका छन्। सभापतिमा निर्वाचित भएपपछि पहिलो पटक पार्टी मुख्यालय सानेपा पुगेर पदबहाली गरेका हुन्। पदभारपछि सानेपामा केन्द्रीय समिति बैठक बस्दै छ। बैठकले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा सभापति...
सुपर हेवा पावरले १९ करोड २५ लाख रुपैयाँको आईपीओ जारी गर्ने
काठमाडौँ। सुपर हेवा पावर कम्पनी लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आईपीओ निष्कासनका लागि आवश्यक प्रत्याभूति व्यवस्थापन कार्य गर्न मुक्तिनाथ क्यापिटल लिमिटेडसँग सम्झौता गरेको हो । सम्झौताअनुसार कम्पनीले कुल १९ करोड २५ लाख रुपैयाँ बराबरको १९ लाख...
जर्मनीको पिआर लिएको कुरा सार्वजनिक भएपछि आशिका तामाङले लिइन् उम्मेदवारी फिर्ता
अपेडटः तर, तामाङले आफ्नो फेसबुक पेजमार्फत पछिल्लो समय फैलाइएका हल्लाप्रति प्रतिक्रिया दिँदै उनले त्यस्ता भ्रमको पछि नलाग्न आग्रह गरेकी छन् । आफुले उम्मेदवारी फिर्ता नगरेको जनाएकी हुन् । काठमाडौं । फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि राष्ट्रिय स्वतन्त्र...
रिलायबल लाइफ इन्स्योरेन्स र कुमारी बैंकबीच भर्चुअल फोनपे क्रेडिट कार्डसम्बन्धी सम्झौता
काठमाडौँ । रिलायबल लाइफ इन्स्योरेन्स लिमिटेड र कुमारी बैंक लिमिटेड बीच तेस्रो नेशनल इन्स्योरेन्स डिस्कोर्सको अवसरमा सम्झौता पत्र मा हस्ताक्षर भएको छ। यस सम्झौतिले नेपालको जीवन बीमा क्षेत्रमा एक महत्वपूर्ण उपलब्धि थपेको छ। यस सहकार्यअन्तर्गत रिलायबल लाईफ इन्स्योरेन्सका बीमा...
डा. बाबुराम भट्टराईद्वारा उम्मेदवारी फिर्ता
काठमाडौँ । प्रगतिशील लोकतान्त्रिक पार्टीका संरक्षक डा. बाबुराम भट्टराईले प्रतिनिधिसभा निर्वाचनका लागि दर्ता गराएको उम्मेदवारी फिर्ता लिएका छन्। फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि डा. भट्टराईले गोरखा–२ निर्वाचन क्षेत्रबाट उम्मेदवारी दर्ता गराएका थिए। यसअघि निर्वाचनमा उम्मेदवार नबन्ने घोषणा गरेका...
पाल्पा सिमेन्टको आईपीओ बाँडफाँड, ५६ हजारले पाए शेयर
काठमाडौं । पाल्पा सिमेन्ट इण्डष्ट्रिज लिमिटेडले पुस २५ गतेदेखि ३० गतेसम्म वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्कासन गरेको आईपीओ बाँडफाँड गरेको छ। निष्कासन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडले आज आईपीओ बाँडफाँड गरेको हो। कम्पनीले वैदेशिक रोजगारीमा रहेका...
सुदूरपश्चिमको महेन्द्रनगरमा लिबर्टी माइक्रो लाइफको नयाँ शाखा उद्घाटन
काठमाडौं । लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडले आफ्नो सेवा विस्तार योजना अनुरुप सदूरपश्चिम प्रदेश अन्र्तगत पर्ने महेन्द्रनगर नयाँ शाखा कार्यालय सञ्चालनमा ल्याएको छ । कम्पनीले भीमदत्त नगरपालिका वडा नम्बर ४–महेन्द्रनगर, कञ्चनपुरमा कम्पनीको उप–शाखा रहने स्थान वडा नं.४ मा कम्पनीका...
प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको एमडिआरटी सम्मान कार्यक्रम सम्पन्न
काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले वित्तीय परामर्शदाताहरुको अन्तराष्ट्रिय फोरम एमडिआरटी २०२६ का लागि छनोट भएका अभिकर्ताहरुलाई सम्मान गरेको छ । रुपन्देहीको भैरहवामा माघ ७ देखि ९ गतेसम्म ३ दिन चलेको कार्यक्रम उल्लास र उत्सवका साथ भब्य रुपमा...
उपत्यकामा एकैदिन १८ फर्ममा बजार छापा, न्यू शिव स्टोरलाई दुई लाखभन्दा बढी जरिवाना
काठमाडौँ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले सीमित समयको बजार अनुगमन तथा निरीक्षणका क्रममा एकैदिन काठमाडौं, भक्तपुर र ललितपुरका १८ वटा फर्ममा छापा मारेको छ। उपभोक्ता हित संरक्षण र बजारमा अनुशासन कायम गर्ने उद्देश्यका साथ गरिएको अनुगमनमा विभिन्न...
चौधरी ग्रुपले काठमाडौं उपत्यकामा हडपेका सरकारी जग्गाबारे फेरि खोजविन शुरु
काठमाडौं । भदौ २३ र २४ को जेनजी आन्दोलनको मौका छोपेर अदालत प्रवेश गरेर विवादित सरकारी जग्गा सम्बन्धका फाइलहरु जलाउन लगाउने भू-माफिया र अदालतका विचौलियाविरुद्ध काठमाडौं उपत्यकाका सम्पदाप्रेमी तथा गुठीयारहरुले फेरि कागजात जुटाएका छन् । उनीहरुले अदालतबाट हराएका वा...
नेपालमा बढ्दो भ्रष्टाचार सम्बन्धी आईएमएफको पहिलो चरणको अध्ययन सम्पन्न
काठमाडौं । नेपालको सुशासन र भ्रष्टाचारको अवस्थाबारे गहिरो अध्ययन गर्न अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) को प्राविधिक टोलीले प्रारम्भिक चरणको काम ‘स्कोपिङ मिसन’ सम्पन्न गरेको छ । नेपाली अधिकारीहरूकै आग्रहमा आएको जोनाथन पाम्पोलिना नेतृत्वको टोलीले माघको पहिलो साता काठमाडौँमा रहेर...
राष्ट्रिय जीवन बीमा कम्पनीले अभिकर्ता तालीम सञ्चालन गर्ने
काठमाडौं । सरकारी स्वामित्वको जीवन बीमा कम्पनी राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेडले जीवन बीमा अभिकर्ताको आधारभूत तालीम सञ्चालन गर्ने भएको छ । कम्पनीको मोरङ जिल्लास्थित विराटनगर शाखा कार्यालयले यही माघ २९ गतेदेखि फागुन २ गतेसम्म जीवन बीमा अभिकर्ताको आधारभूत...
फागुनमा सकिदै स्वस्तिक लघुवित्तको लक इन अवधि
काठमाडौं । स्वस्तिक लघुवित्त वित्तीय संस्था लिमिटेडको लक इन अवधि आगामी फागुन महिनामा समाप्त हुने भएको छ । सामूहिक लगानी कोषका लागि सुरक्षित गरिएको संस्थाको ११ हजार ५५० कित्ता शेयरको लक इन अवधि फागुन ११ गते समाप्त हुन लागेको...
फोर्ड कम्पनीका गाडी गुणस्तरहीन भएको पुष्टि, आगलागी जोखिमका कारण एक लाख १९ हजार सवारी फिर्ता
काठमाडौँ । नेपाली अटो बजारमा विवादीक बन्दै गएका फोर्ड कम्पनीका गाडी अन्तर्राष्ट्रिय बजारमा समेत गुणस्तरहीन भएको तथ्य बाहिर आइरहेको छ । कम्पनीका लाखौं गाडी दुर्घटना, प्राविधिक कमजोरी र आगलागीका कारण फिर्ता अन्तर्राष्ट्रिय बजारबाट फिर्ता (रिकल) भइरहेको हो । अमेरिकामा...
३ लाख नाघ्यो सुनको मूल्य, एकैदिन ९ हजार २ सयले बढेर बनायो नयाँ रेकर्ड
काठमाडौँ । नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । सुन तोलामा ३ लाख रुपैयाँ नाघेको हो । आजएकै दिन तोलामा ९ हजार २०० रुपैयाँले उकालो लागेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला तीन...



















