यी हुन् आज बसेको मन्त्रिपरिषद् बैठकका ४ वटा निर्णय
काठमाडौं । आज बसेको मन्त्रिपरिषद् बैठकले ४ वटा निर्णय गरेको छ। सरकारका प्रवक्ता सस्मित पोखरेलका बैंठकका निर्णय सुनाएका हुन् । ९ विधेयक संसद्मा पेस गर्न मन्त्रिपरिषद्को स्वीकृति दिएको छ । यी हुन ४ निर्णय – यी विधेयकलाई संघीय संसद...
प्रभु बैंककी चिफ बिजनेस अफिसर रश्मी पन्त पक्राउ
काठमाडौं । प्रभु बैंककी मुख्य बिजनेस अफिसर रश्मी पन्त बैंकिङ कसुरसँग सम्बन्धित अनुसन्धानका क्रममा पक्राउ परेकी छन्। केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले कर्जा प्रवाहमा भएको भनिएको अनियमितताको आरोपमा पन्तलाई नियन्त्रणमा लिएको हो। सीआईबीका प्रमुख एआईजी उमाप्रसाद चतुर्वेदीका अनुसार उनलाई...
समस्याग्रस्त सहकारी व्यवस्थापन समितिमा एडराज दाहाल नियुक्त
काठमाडौंँ । सरकारले समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको सदस्यमा एडराज दाहाललाई नियुक्त गरेको छ । आज बसेको मन्त्रिपरिषदको बैठक उक्त निर्णय गरेको हो । सरकारका प्रवक्ता समेत रहेको शिक्षामन्त्री सस्मित पोखरेलले बताए ।
कर्णालीका मुख्यमन्त्री शाहीले लिए पद तथा गोपनीयताको शपथ
काठमाडौँ । कर्णाली प्रदेशका नवनियुक्त मुख्यमन्त्री मंगलबहादुर शाहीले पद तथा गोपनीयताको शपथ लिएका छन्। बुधबार सुर्खेतस्थित कर्णाली प्रदेश प्रमुखको कार्यालयमा आयोजित विशेष समारोहमा प्रदेश प्रमुख यज्ञराज जोशीले नेपालको संविधानको धारा १७२ बमोजिम मुख्यमन्त्री शाहीलाई पद तथा गोपनीयताको शपथ गराएका...
नेपालमा आयो नयाँ टाटा पन्च ईभी, एक चार्जमै ४६८ किमिसम्मको रेन्ज
काठमाडौँ । नयाँ ब्याट्री, बढी रेन्ज, आधुनिक प्रविधि र सुरक्षासहित टाटा पन्च ईभीको फेसलिफ्ट संस्करण नेपाली बजारमा औपचारिक रूपमा प्रवेश गरेको छ। टाटा मोटर्सको नेपालका लागि आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले नयाँ पुस्ताको पन्च ईभी सार्वजनिक गर्दै विद्युतीय सवारी...
कुमारी बैंक एपबाटै अब अन्तर्राष्ट्रिय डेटा र ड्राइभिङ परमिट सेवा
काठमाडौँ । कुमारी बैंक लिमिटेड र नेपालस्थित प्रविधि कम्पनी कुराकानी अनलाइनबीच ग्राहकहरूलाई थप नवीन तथा डिजिटल सेवाहरू उपलब्ध गराउने उद्देश्यले सहकार्य सम्झौता सम्पन्न भएको छ। उक्त सहकार्यसँगै कुराकानी अनलाइनका अन्तर्राष्ट्रिय डेटा तथा अन्तर्राष्ट्रिय ड्राइभिङ परमिट सम्बन्धी सेवाहरू कुमारी बैंकको...
देवानगञ्ज घटनाका मृतकका परिवारलाई कोशी सरकारको २ लाख राहत घोषणा
काठमाडौँ । कोशी प्रदेशमा पछिल्लो समय देखिएको तनावपूर्ण अवस्थालाई मध्यनजर गर्दै मुख्यमन्त्री हिक्मतकुमार कार्कीको पहलमा विराटनगरमा सर्वदलीय बैठक सम्पन्न भएको छ। बैठकले प्रदेशमा सामाजिक सद्भाव, शान्ति र सुरक्षा कायम राख्न सबै पक्ष मिलेर अघि बढ्ने प्रतिबद्धता जनाएको छ। बैठकले...
बुधबार यी १० कम्पनीका लगानीकर्ताले कमाए सर्वाधिक, कुनले कति ?
काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ७.७९ अकंले घटेर २६८८.८८ बिन्दुमा कायम भएको छ । आज ३४३ कम्पनीको ९७ लाख ३९ हजार कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ४८ लाख रुपैयाँको कारोबार भएको हो । बुधबार ७८ कम्पनीको शेयर...
सरकारका प्रयास शेयर बजारमा असफलः फेरी ओरालो यात्रामा मार्केट, अझै गिरावटको डर !
काठमाडौँ । पछिल्ला केही दिनदेखि सुधारको संकेत देखाएको नेपाली शेयर बजार फेरि लगातार ओरालो लाग्न थालेको छ । बालेन शाहसँग शेयर बजारका लगानीकर्ताको भेटवार्ता भएपछि बजारमा सकारात्मक अपेक्षा बढेको थियो र केही दिन सूचकमा सुधार पनि देखिएको थियो ।...
हिमालयन पावर पार्टनर यी कम्पनीको भयो सर्वाधिक कारोबार
काठमाडौं । साताको चौथौ दिन र कारोबारको तेस्रो दिन नेप्से उकालो लाग्न सकेन । शेयर लगानीकर्ताहरुले बजार बढ्ने अपेक्षा राखेपनि सो अनुसार माहोल नबन्दा शेयर बजारमा सुधार हुन सकेन । आज हिमालयन पावर पार्टनरको सर्वाधिक कारोबार भएको छ ।...
सवारी दुर्घटनाको लागि छुट्टै बीमा कोष स्थापना गर्न माग
काठमाडौं । ट्रक यातायात व्यवसायी महासंघले सवारी दुर्घटनाको लागि छुट्टै बीमा कोष स्थापना गर्न माग गरेको छ। उपचार खर्च नपुग्दा अतिरिक्त रकम व्यवसायी, सवारीधनी तथा सम्बन्धित संघ–संस्थाले नै तिर्नुपर्ने भएको कारण सवारी दुर्घटनाको लागि छुट्टै बीमा कोष स्थापना गर्न...
सुरक्षाको माग गर्दै चिकित्सक सडकमा, देशभर सेवा बन्द
काठमाडौं । वीरगञ्जस्थित नारायणी अस्पतालमा चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि भएको हातपात र अस्पतालमा गरिएको तोडफोडको विरोधमा नेपाल चिकित्सक संघको आह्वानमा देशभरका चिकित्सकहरूले बुधबार आकस्मिक बाहेकका सबै सेवा बन्द गर्दै काठमाडौंमा प्रदर्शन गरेका छन्। संघको आह्वानअनुसार देशभरका अस्पतालमा आकस्मिक सेवा सञ्चालनमा...
हिमाल डेन्टल हस्पिटलको आईपीओ प्रक्रिया अघि बढ्यो, मुक्तिनाथ क्यापिटल बिक्री प्रबन्धक नियुक्त
काठमाडौँ । हिमाल डेन्टल हस्पिटल एण्ड इन्स्टिच्युट अफ डेन्टल साइन्स लिमिटेडले सर्वसाधारणका लागि प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) गर्ने प्रक्रिया अघि बढाएको छ। कम्पनीले आफ्नो जारी पुँजीको २० प्रतिशत साधारण शेयर सर्वसाधारणलाई निष्काशन गर्ने तयारी गरेको हो। आईपीओ निष्काशनका लागि...
बालेन शाहद्वारा आज मन्त्रिपरिषद् बैठक आह्वान
काठमाडौँ । प्रधानमन्त्रीले आज साउन १३ गते बुधबार मन्त्रिपरिषद् बैठक आह्वान गरेका छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बस्ने बैठकमा सरकारका नियमित कामकारबाही, समसामयिक राजनीतिक अवस्था तथा प्रशासनिक विषयमा छलफल हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
भक्तपुर सडक डिभिजनका इन्जिनियरको २ करोड २६ लाख अकुत सम्पत्ति, अन्ततः अख्तियारको फन्दामा
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भक्तपुरस्थित सडक डिभिजन कार्यालयका इन्जिनियर शैलेन्द्र कुमार चौधरीविरुद्ध गैरकानुनी रूपमा अकुत आर्जन गरेको आरोपमा विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । आयोगका अनुसार चौधरीको २०६५ पुस ११ गतेदेखि २०८२ असार २९...
कोहलपुरमा सेप्टिक ट्यांकीमा फसेर तीन मजदुरको मृत्यु
काठमाडौँ । बाँकेको कोहलपुर नगरपालिका–३ शान्तिटोलमा निर्माणाधीन सेप्टिक ट्यांकीमा फसेर तीन जना मजदुरको मृत्यु भएको छ। स्थानीय दयाप्रसाद थारुको निर्माणाधीन घरको आँगनमा बनाइँदै गरेको सेप्टिक ट्यांकीमा बुधबार बिहान करिब ९ बजे काम गर्ने क्रममा उनीहरू फसेका थिए। घटनापछि प्रहरी...
मोटर बीमाबाट मात्रै साढे १५ अर्ब बीमाशुल्क संकलन, अन्य बीमालेखबाट कति ?
काठमाडौं । निर्जीवन बीमा व्यवसाय गर्ने कम्पनीहरूले गत आर्थिक वर्षमा कुल ५१ अर्ब ९२ करोड २४ लाख रुपैयाँ बराबरको बीमाशुल्क संकलन गरेका छन् । कम्पनीहरूले ३४ लाख ६७ हजार १६७ वटा बीमा पोलिसी जारी गरी उक्त व्यवसाय गरेका हुन्...
सप्तकोशी बैंकमा ढुकुटीको नगद अपचलन, नारायणीले कर्जा सीमा उल्लंघन
काठमाडौं । नेपाल राष्ट्र बैंकले नियामकीय व्यवस्था उल्लंघन र आन्तरिक नियन्त्रण प्रणालीमा देखिएका कमजोरीका कारण विभिन्न बैंक तथा वित्तीय संस्थाका पदाधिकारी तथा संस्थामाथि कारबाही गरेको छ। राष्ट्र बैंकका अनुसार सप्तकोशी डेभलपमेण्ट बैंकको २०८२ असोज मसान्तको अपरिष्कृत वित्तीय विवरणका आधारमा...
राष्ट्रिय यातायात नीति २०८३ लागू: ईभी, स्मार्ट टिकटिङ र मल्टिमोडल यातायातमा जोड
काठमाडौँ । सरकारले मुलुकको समग्र यातायात प्रणालीलाई सुरक्षित, व्यवस्थित, आधुनिक, दिगो र प्रविधिमैत्री बनाउने दीर्घकालीन लक्ष्यसहित ‘राष्ट्रिय यातायात नीति २०८३’ कार्यान्वयनमा ल्याएको छ। पूर्वाधार विकास मन्त्रालयले तयार पारेको उक्त नीतिलाई मन्त्रिपरिषद्को असार २४ गते बसेको बैठकले स्वीकृति दिएको हो।...
कपिलवस्तुमा ट्रकले तीन सवारीसाधन र एक पैदलयात्रुलाई दियो ठक्कर, तीन जनाको मृत्यु
काठमाडौं । कपिलवस्तुको महाराजगञ्ज नगरपालिका–२ गैडहवास्थित बहादुरगञ्ज–तौलिहवा हुलाकी सडकखण्डमा ट्रकले दुई वटा साइकल र एक पैदलयात्रीलाई ठक्कर दिँदा तीन जनाको मृत्यु भएको छ । नेपालगञ्जबाट विराटनगरतर्फ जाँदै गरेको ना.५ ख २३६४ नम्बरको ट्रकले दुई वटा साइकल र एक पैदलयात्रीलाई...




















