जाँचबुझ आयोगको म्याद २० दिन थप्ने मन्त्रिपरिषद् बैठकको निर्णय
काठमाडौँ । सरकारले भदौ २३ र २४ को घटनासम्बन्धी जाँचबुझ आयोगको म्याद थप्ने निर्णय गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले आयोगको म्याद २० दिन थप्ने निर्णय गरेको हो।
बैतडीमा ट्याक्टर दुर्घटनाः एक जनाको मृत्यु, तीन जना घाइते
काठमाडौं । बैतडीमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने अन्य तीन जना घाइते भएका छन् । धनगढीबाट दार्चुलातर्फ आउँदै गरेको म १ त १०१३ नम्बरको ट्याक्टर आज बिहान दशरथचन्द राजमार्गअन्तर्गत पाटन नगरपालिका–८ अनारखोलीमा दुर्घटनामा परेको हो ।...
डिजिटल कारोबार बढाउन सानिमा बैंकको कदम, बिगमार्ट क्यासब्याक योजना पुनः सञ्चालन
काठमाडौं। सानिमा बैंकले बिगमार्ट क्यासब्याक योजनाको पहिलो चरणपछि समय थप गरी पुनः सञ्चालन गरेको छ। योजनाअन्तर्गत ग्राहकले हरेक शुक्रबार सानिमा डेबिट तथा क्रेडिट कार्डमार्फत बिगमार्टमा सामान खरिद गरी भुक्तानी गर्दा १० प्रतिशत वा अधिकतम २०० सम्मको क्यासब्याक पाउने बैंकले...
सिनर्जी पावरले भन्यो, ‘अराजक समूहको दादागिरी र धाकधम्कीका कारण साधारण सभा स्थगित’
काठमाडौँ । सिनर्जी पावर डेभलपमेन्ट लिमिटेडले केही अराजक समूहको गतिविधिका कारण आजका लागि बोलाइएको वार्षिक साधारण सभा स्थगित भएको जनाएको छ। कम्पनीले विज्ञप्ति जारी गर्दै साधारण सभा सञ्चालन गर्न नसकिएको जानकारी दिएको हो। कम्पनीका अनुसार केही लगानीकर्ताहरूको समूहले साधारण...
शुक्रबारदेखि पश्चिमी नेपालमा वर्षा, उच्च हिमाली भूभागमा हिमपातको सम्भावना
काठमाडौं । जल तथा मौसम विज्ञान महाशाखाले माघ ९ गते (शुक्रबार) रातिदेखि माघ १० गते (शनिबार) बेलुकासम्म देशका केही भूभागमा वर्षा हुने सम्भावना रहेको जनाएको छ । महाशाखाको मौसम पूर्वानुमान शाखाले पश्चिमतर्फबाट बग्ने प्रणालीका कारण विशेषगरी सुदूरपश्चिम, कर्णाली र...
एसवाई प्यानलका लगानीकर्ता मालामाल, यी ३ कम्पनीमा सकारात्मक सर्किट
काठमाडौं । साताको अन्तिम कारोबार अर्थात बिहीबार शेयर बजारमा झिनो अंकको सुधार आएको छ । आज नेप्से परिसूचक ९.२३ अंकले बढेर २७१४.६१ को बिन्दुमा कायम भएको छ । शेयर बजारमा आज विभिन्न सेक्टरका १६२ वटा कम्पनीहरुको शेयरमूल्यमा हरियाली छाएको...
आखुखोला जलविद्युतमा झुम्मिए लगानीकर्ता, यी १० कम्पनीको सर्वाधिक कारोबार
काठमाडौं । साताको अन्तिम कारोबार अर्थात बिहीबार शेयर बजारमा झिनो अंकको सुधार आएको छ । आज नेप्से परिसूचक ९.२३ अंकले बढेर २७१४.६१ को बिन्दुमा कायम भएको छ । शेयर बजारमा आज विभिन्न सेक्टरका कम्पनीहरुको नौ अर्ब सात करोड ३९...
पुँजी बजारमा सकारात्मक माहोलः कारोबार फर्किदै रौनक, मार्केटमा यस कारण आउँछ हरियाली
काठमाडौँ । शेयर बजारमा बुधबार देखिएको गिरावटपछि आज बजारमा केहि सुधार देखिएको छ । नेप्से परिसूचकले सामान्य उकालो लाग्दै पुनः सकारात्मक संकेत देखाएको छ भने कुल कारोबार रकममा पनि वृद्धि भएको छ । राजनीतिक अन्यौल घट्दै निर्वाचन मिति तय...
इनड्राइभले सुरक्षा तालिमद्वारा ड्राइभरलाई बनायो ‘यात्रुमैत्री र सडक–सुरक्षित’
काठमाडौँ । इनड्राइभले ‘इनड्राइभसँग सुरक्षित यात्रा तपाईँको रोजाइमा’ अभियानअन्तर्गत ड्राइभर पार्टनर्सका लागि सुरक्षा तालिम सफलतापूर्वक आयोजना गरेको छ। इनड्राइभले यो पहलमार्फत चालक सशक्तीकरण, सडक सुरक्षा प्रवर्द्धन तथा समुदायको समग्र कल्याणप्रतिको आफ्नो दीर्घकालीन प्रतिबद्धता पुनः पुष्टि गरेको जनाएको छ। तालिम...
मेरो माइक्रोफाइनान्स लघुवित्तको अध्यक्षमा कल्याण विक्रम पाँडे पुनः नियुक्त
काठमाडौं । मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको सञ्चालक समितिको अध्यक्षमा पुनः नियुक्त भएका बैंकर कल्याण विक्रम पाँडेले बिहीबार नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक रामु पौडेलबाट पद तथा गोपनीयताको सपथ ग्रहण गरेका छन्। नेपाल राष्ट्र बैंकमा आयोजित एक कार्यक्रमका बीच...
राष्ट्रिय सुरक्षामा चुनौती थपिएको छ, विश्वपरिवेश जटिल बन्दै : प्रधानसेनापति
काठमाडौँ । प्रधानसेनापति अशोकराज सिग्देलले वर्तमान अन्तर्राष्ट्रिय तथा क्षेत्रीय सुरक्षा अवस्था बहुआयामिक, जटिल र चुनौतीपूर्ण बन्दै गएको बताएका छन् । राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय पूर्वाधार विकास समितिद्वारा आयोजित ‘नेपालको राष्ट्रिय सुरक्षा, राष्ट्रिय एकता र समृद्धिमा प्रतिरक्षा विश्वविद्यालयको भूमिका’ विषयक कार्यक्रममा...
निर्वाचन लक्षित सुरक्षा व्यवस्थापन सम्बन्धी छलफल
काठमाडौं । निर्वाचन आयोगको कार्यालय कान्तिपथमा बुधबार निर्वाचन केन्द्रित सुरक्षा व्यवस्थापन सम्बन्धी छलफल सम्पन्न भएको छ। कार्यक्रममा आसन्न निर्वाचनलाई बिथोल्न सक्ने कुनै पनि आपराधिक गतिविधिलाई नियन्त्रण गर्ने तथा कानूनी दायरामा ल्याउने लगायतका समसामयिक विषयमा वृहत छलफल भएको थियो। साथै...
चुनाव भयरहित बनाउन भरपर्दो सुरक्षा योजना बनाएर परिचालन हुन आईजीपीको निर्देशन
काठमाडौं । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले आसन्न निर्वाचनलाई भयरहित, शान्तिपूर्ण र निष्पक्ष वातावरणमा सम्पन्न गराउन भरपर्दो सुरक्षा योजना तयार गरी प्रभावकारी रूपमा प्रहरी परिचालन गर्न निर्देशन दिएका छन्। नक्सालस्थित नेपाल प्रहरी प्रधान कार्यालयबाट श्रव्यदृश्य माध्यममार्फत आयोजित कार्यक्रममा उनले निर्वाचनको...
भारतमा नेपाली सिमेन्टको प्रभुत्वः ६ महिनामा साढे १ अर्बको निर्यात, व्यवसायीको टाउको दुखाई विद्युत वक्यौता!
काठमाडौँ । मुलुकको चुलिँदो व्यापार घाटामा मलम लगाउँदै आइरहेका सिमेन्ट उद्योगले भारतीय बजारमा आफ्नो ब्रान्डको प्रभुत्व जमाउँदै आइरहेका छन् । लामो समयदेखि आन्तरिक मागमै केन्द्रित देखिएको सिमेन्ट उद्योगले पछिल्ला वर्षहरूमा भारतीय बजारमा आफ्नो उपस्थिति विस्तार लगि रहेका हुन् ।...
आरएसडीसी लघुवित्तले कमायो ७ करोड ६६ लाख नाफा, अन्य सूचक कस्तो?
काठमाडौं । आरएसडीसी लघुवित्त वित्तीय संस्था लिमिटेडले चालू आर्थिक वर्षको ६ महीना (साउनदेखि पुस मसान्तसम्म) मा ७ करोड ६६ लाख रुपैयाँ खुद नाफा कमाएको छ। कम्पनीले गत आवको यसै अवधिमा ४ करोड ४१ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।...
मुक्कुम्लुङ ‘पाथीभरा’मा गिद्देदृष्टी लगाउँदा गुम्यो टिकट, योगेश भट्टराईको संसदीय यात्रामा ‘पूर्णविराम’
काठमाडौं । किराँतहरुको पहिचान र अस्तित्वसँग जोडिएको मुक्कुम्लुङ अर्थात् पाथीभरामा गिद्देदृष्टि लगाएपछि एमाले उपमहासचिव योगेश भट्टराईको संसदीय यात्रामा झण्डै पूर्णविराम लागेको छ । उनकै समकालीन नेता अर्थात् नेपाली कांग्रेसका सभापति गगन थापाले अघि सारेको नीति एमालेले अनुसरण गरेको हो...
८ लाख २० हजारले पाउने सोलु हाइड्रोपावरको आईपीओ कहिले हुन्छ बाँडफाँट ?
काठमाडौं । ८ लाखभन्दा बढीले पाउने सोलु हाइड्रोपावर लिमिटेडको आईपीओमा अर्को साता मात्रै बाँडफाँट हुने भएको छ । कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेण्ट बैंकिङ्ग लिमिटेड र हिमालयन क्यापिटल लिमिटेडले आईपीओ अर्को मात्रै बाँडफाँट गर्ने गरि काम...
नयाँ रेकर्डबाट घट्यो सुनको मूल्य, बिहिबार प्रतितोला कति ?
काठमाडौँ । हालसम्मकै उच्च रेकर्डबाट सुनको मूल्य घटेको छ । सुन आज तोलामा दुई हजार ९०० रुपैयाँले ओरालो लागेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ९२ हजार २०० रुपैयाँमा खरिदबिक्री भइरहेको हो ।...
चुनावी घोषणापत्रमा निजी क्षेत्रको एजेन्डा बिना आर्थिक विकास सम्भव छैनः ढकाल
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले मुलुकको आर्थिक विकासका लागि निजी क्षेत्रले अघि सारेका एजेन्डालाई सबै राजनीतिक दलले आफ्ना चुनावी घोषणापत्रमा प्राथमिकताका साथ समेट्न आग्रह गरेका छन्। नुवाकोटको विदुरमा बुधबार आयोजित नुवाकोट महोत्सवको उद्घाटन समारोहलाई सम्बोधन...
गणपति लघुवित्तले लाभांश वितरण नगर्ने
काठमाडौं । गणपति लघुवित्त वित्तीय संस्था लिमिटेडको माघ ७ गते बसेको सञ्चालक समितिको बैठकले लाभांश वितरण नगर्ने निर्णय गरेको छ। बैठकले आर्थिक वर्ष २०८१/८२ मा शेयरधनीहरूलाई कुनै लाभांश वितरण नगरी सोही बमोजिमको आर्थिक विवरणहरू संस्थाको वार्षिक साधारणसभा प्रयोजनार्थ नेपाल...




















