१२ संघीय कृषि बजारको दैनिक थोक मूल्य अब मोबाइल एपबाटै हेर्न सकिने
काठमाडौं । सरकारले देशका १२ वटा संघीय कृषि बजारमा कारोबार हुने कृषि उपजको दैनिक थोक मूल्य अब मोबाइल एपमार्फत सार्वजनिक गर्न शुरु गरेको छ । नेपाल सरकारको शासकीय सुधार कार्यसूचीअनुसार कृषि, वन तथा पर्यावरण मन्त्रालय अन्तर्गतको कृषि विभागले साउन...
यस्तो छ आज विदेशी मुद्राको विनिमयदर
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज साउन १३ गतेका लागि विदेशी मुद्राको विनिमयर निर्धारण गरेको छ । जसअनुसार एक अमेरिकी डलरको खरीददर १५३.०७ रुपैयाँ र बिक्रीदर १५३.६७ रुपैयाँ तोकिएको छ । त्यसैगरी एक युरोपियन युरोको खरीददर १७३.८३ रुपैयाँ र...
आज माइतीघरमा चिकित्सकले विरोध प्रदर्शन गर्ने, देशभर आकस्मिकबाहेकका स्वास्थ्य सेवा ठप्प
काठमाडौं । नेपाल चिकित्सक संघको आह्वानमा आज काठमाडौंको माइतीघर मण्डलामा चिकित्सक तथा स्वास्थ्यकर्मीहरूले विरोध प्रदर्शन गर्ने भएका छन् । वीरगञ्जस्थित नारायणी अस्पतालमा चिकित्सकमाथि भएको आक्रमण र त्यसपछि वार्ताका क्रममा चिकित्सकमाथि भएको दुर्व्यवहारको विरोधमा हिजोदेखि देशभरका अस्पतालमा आकस्मिकबाहेकका सबै स्वास्थ्य...
दूर–दराजका शिक्षा र स्वास्थ्य क्षेत्रमा योगदान पुर्याउँदै सिटिजन्स बैंक
काठमाडौं । विगत् १९ बर्ष देखि आधुनिक एवं सर्वसुलभ बैंकिङ सेवासुविधा प्रदान गर्दै आइरहेको सिटिजन्स बैंकले संस्थागत सामाजिक उत्तरदायित्वमा पनि समाजमा महत्त्वपूर्ण भूमिका खेल्दै आइरहेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व (सिएसआर) लाई परोपकारी सहयोगमा मात्र सीमित नराखी दिगो...
बालेनपछि अर्थमन्त्री पनि ‘एक्सन मोड’मा: उद्योगीसँग ५ घण्टा संवाद, के के भयो कुराकानी?
काठमाडौं । पछिल्लो समय अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको भूमिकामाथि चौतर्फी प्रश्न उठिरहेका बेला उनले निजी क्षेत्रका उद्योगी–व्यवसायीसँग लामो समयसम्म प्रत्यक्ष संवाद गर्दै सरकार लगानीमैत्री वातावरण निर्माणका लागि प्रतिबद्ध रहेको सन्देश दिएका छन्। बालेन शाहले लगातार निजी क्षेत्रका प्रतिनिधिसँग छलफल...
नेपाल माइक्रो इन्स्योरेन्सका निलम्वित सिईओ मृगेन्द्रनाथ रिमाल २५ लाख धरौटीमा रिहा
काठमाडौं । नेपाल माइक्रो इन्स्योरेन्सका निलम्वित प्रमुख कार्यकारी अधिकृत (सीईओ) मृगेन्द्रनाथ रिमाल आज २५ लाख रुपैयाँ धरौटीमा रिहा भएका छन् । गत साउन ७ गते पक्राउ परेका सिईओ रिमाललाई प्रहरीले आज विशेष अदालतमा थुनछेक बहसका लागि प्रस्तुत गरेको थियो...
नेपाल उद्योग बाणिज्य महासंघका पूर्व अध्यक्ष गोल्छासँग एक करोड धरौटी मागियो
काठमाडौं । नेपाल उद्योग बाणिज्य महासंघका पूर्व अध्यक्ष तथा हिमालयन रि इन्स्योरेन्स कम्पनीका निवर्तमान अध्यक्ष शेखर गोल्छासँग जिल्ला अदालत काठमाडौंले एक करोड धरौटी माग गरेको छ । बीमा कसुर तथा धितोपत्र सम्बन्धी कसुरमा एक करोड रुपैयाँ धरौटीमा रिहा गर्न...
बालेनलाई भारत भ्रमणको निम्तो
काठमाडौं । भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जयसवालले बालेन्द्र शाह (बालेन) लाई भारत भ्रमणको निम्तो दिएको बताएका छन् । उनले भारतीय विदेश मन्त्रालयले गर्ने नियमित पत्रकार सम्मेलनमा त्यस्तो बताएका हुन् । यद्यपि भ्रमणको मिति लगायत अन्य जानकारी भने खुलाइएको...
लगानीमैत्री वातावरण निर्माणमा सरकार प्रतिबद्ध, निजी क्षेत्रलाई ढुक्क भएर लगानी गर्न अर्थमन्त्री वाग्लेको आह्वान
काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सरकारले निजी क्षेत्रलाई लगानीमैत्री वातावरण निर्माण गर्न उच्च प्राथमिकताका साथ काम गरिरहेको भन्दै ढुक्क भएर लगानी विस्तार गर्न उद्योगी तथा व्यवसायीलाई आह्वान गरेका छन् । अर्थ मन्त्रालयमा आयोजित उद्योगी, व्यवसायी तथा निजी क्षेत्रका...
नेपालभर राष्ट्रिय एआई शिक्षा शुरु गर्न क्यान महासंघ र महर्षि कलेजबीच साझेदारी
काठमाडौं । नेपालको डिजिटल इकोसिस्टमलाई तीव्रताका साथ अगाडि बढाउन कम्प्युटर एशोसिएशन नेपाल महासंघ (क्यान महासंघ) र सुदूरपश्चिम विश्वविद्यालयबाट सम्बन्धन प्राप्त महर्षि कलेज बीच पाँच वर्षको रणनीतिक समझदारी पत्रमा हस्ताक्षर भएको छ । यस सहकार्यको मुख्य उद्देश्य कृत्रिम बौद्धिकता (एआई)...
धौलीगङ्गा पावरस्टेसनको बाँध खोलिने, महाकाली तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह
काठमाडौं । जिल्ला प्रशासन कार्यालय बैतडीले धौलीगङ्गा पावरस्टेसनको सिस्ट सरसफाइका लागि बाँध खोलिने भएकाले महाकाली नदी आसपासका बासिन्दालाई आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ । जिल्ला प्रशासन कार्यालय दार्चुलाका अनुसार साउन १३ गते बुधबार बिहान ६ बजेदेखि साउन १४...
स्वास्थ्य सेवा बन्द गर्दा नागरिकको अधिकारमा परेको असरप्रति मानव अधिकार आयोगको ध्यानाकर्षण
काठमाडौ। राष्ट्रिय मानव अधिकार आयोगले देशभर नियमित स्वास्थ्य सेवा बन्द गर्दा नागरिकको स्वास्थ्य अधिकारको उपभोगमा पर्न गएको असरप्रति गम्भीर ध्यानाकर्षण गराएको छ । नारायाणी अस्पताल वीरगञ्जका चिकित्सक डा। प्रमोद राममाथि कुटपिट तथा अस्पतालमा भएको तोडफोडको घटनाको विरोधमा चिकित्सक तथा...
प्रेस स्वतन्त्रता र पत्रकारको अधिकार सुनिश्चित गर्न बालेनलाई पत्रकार महासंघको सातबुँदे ज्ञापनपत्र
काठमाडौं । नेपाल पत्रकार महासंघ उपत्यका प्रदेश समिति तथा मातहतका काठमाडौं, ललितपुर र भक्तपुर शाखाले प्रेस विभिन्न माग गर्दै बालेनलाई सातबुँदे ज्ञापनपत्र बुझाएका छन् । सोमबार जिल्ला हुलाक कार्यालय, ललितपुरमार्फत प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा ज्ञापनपत्र पठाइएको हो । महासंघले...
हकप्रद निष्कासनको माग गर्दै एनआईसी एसिया बैंक र चन्द्रागिरी हिल्सले दिए बोर्डमा आवेदन
काठमाडौँ । नेपाल धितोपत्र बोर्डमा एनआईसी एसिया बैंक लिमिटेड र चन्द्रागिरी हिल्स लिमिटेडले हकप्रद शेयर निष्कासनको अनुमतिका लागि आवेदन दिएका छन् । एनआईसीले हाल कायम चुक्तापूँजीको ५० प्रतिशत अर्थात् २ः१ अनुपातमा हकप्रद शेयर जारी गर्न बोर्डमा आवेदन दिएको हो...
चिकित्सकमाथिको आक्रमणको विरोधमा देशभर आकस्मिकबाहेकका स्वास्थ्य सेवा बन्द, बिरामी मारमा
काठमाडौं । नेपाल चिकित्सक संघले वीरगञ्जस्थित नारायणी अस्पतालमा चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि भएको आक्रमण र त्यसपछिका घटनाको विरोधमा आज देशभरका अस्पतालमा आकस्मिकबाहेकका सबै स्वास्थ्य सेवा बन्द गरेको छ। सेवाबन्दीका कारण उपचारका लागि अस्पताल पुगेका हजारौं बिरामी प्रभावित भएका छन् ।...
मंगलबार यी १० कम्पनीको शेयर मूल्य सर्वाधिक बढ्यो, कुनको कति ?
काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ४.६४ अकंले घटेर २६९६.६७ बिन्दुमा कायम भएको छ । आज ३४२ कम्पनीको १ करोड ४ लाख २१ हजार कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ४२ करोठ ७३ लाख रुपैयाँको कारोबार भएको हो ।...
आईजीनको व्यवस्था अघि नबढाउने तयारीमा धितोपत्र बोर्ड
काठमाडौं । नेपाल धितोपत्र बोर्ड दोहोरो आईजीनको व्यवस्थाबाट पछि हट्ने भएको छ । करिब एक वर्ष अघि नेपालको पुँजी बजारलाई व्यवस्थित बनाउन भन्दै सीडीएस एन्ड क्लियरिङ लिमिटेड (सीडीएससी) ले ‘धितोपत्र अभौतिकीकरण कार्य सञ्चालन निर्देशिका–२०८२’ नयाँ निर्देशिका ल्याएको थियो ।...
सुस्त पुँजी बजारः अर्थमन्त्रीको सक्रियता बन्दै असफल, किन फर्किरहेको छैन उत्साह ?
काठमाडौँ । साताको दोस्रो कारोबार दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) एकल अंकले घट्दा शेयर बजारमा पुनः निराशा छाएको छ । दिनभर उतारचढावपूर्ण कारोबार भए पनि अन्त्यतिर बिक्री दबाब बढेपछि सूचक ओरालो लागेको हो । कारोबार रकमसमेत अघिल्लो दिनको तुलनामा...
आज यी कम्पनीमा झुम्मिए लगानीकर्ता
काठमाडौं । आज नेप्से परिसूचक ४.६४ अंकले घट्दा ४ अर्ब ४२ करोड ७३ लाख रुपैयाँभन्दा बढीको शेयर कारोबार भएको छ । यस दिन सेन्ट्रल फाइनान्स, रिडी पावर कम्पनी, सोलु हाइड्रोपावर, ग्लोबल आइएमई बैंक र रिलायन्स स्पिनिङ्ग मिल्सको शेयर सर्वाधिक...
खाद्य गुणस्तरमा लापरवाही: चार उद्योगविरुद्ध मुद्दा दर्ता
काठमाडौँ । न्यूनस्तरका खाद्य पदार्थ उत्पादन तथा बिक्री गरेको आरोपमा चार उद्योगविरुद्ध पाँच वटा मुद्दा दर्ता गरिएको छ। खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयले खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ अन्तर्गत जिल्ला प्रशासन कार्यालयमा मुद्दा दर्ता गरेको जनाएको...



















