बेनी हाइड्रोपावरको आईपीओ बिक्री खुला
काठमाडौं । बेनी हाइड्रोपावर प्रोजेक्ट लिमिटेडले आज चैत १ गतेदेखि प्रथम चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूमा आईपीओ बिक्री खुला गरेको छ। कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले कुल २० लाख ८० हजार कित्ता आईपीओ...
सानिगाड हाइड्रोले चैत ८ गतेदेखि आईपीओ निष्काशन गर्ने
काठमाडौं । सानिगाड हाइड्रो लिमिटेडले चैत ८ गतेदेखि आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूमा आईपीओ निष्काशन गर्ने भएको छ। कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले कुल ८५ लाख ५० हजार कित्ता आईपीओ निष्काशन गर्न अनुमति पाएको...
दार्चुलामा निर्वाचन ड्युटी सकेर घर फर्किने क्रममा भीरबाट लडेर एक निर्वाचन प्रहरीको मृत्यु
काठमाडौँ । निर्वाचन ड्युटी सकेर घर फर्किने क्रममा भीरबाट लडेर एक निर्वाचन प्रहरीको मृत्यु भएको छ। लेकम गाउँपालिका–२ का ४० वर्षीय प्रकाश धामी भीरबाट लडेर गम्भीर घाइते भएका थिए। उनको उपचारका क्रममा सेती प्रादेशिक अस्पताल, धनगढीमा मृत्यु भएको प्रहरीले...
पेट्रोलमा इथानोल मिश्रणको नीति लागू, १० प्रतिशतसम्म मिसाएर बिक्री गर्न पाइने
काठमाडौं। सरकारले पेट्रोलियम पदार्थको आयात घटाउने र वैकल्पिक ऊर्जा प्रयोग बढाउने उद्देश्यसहित पेट्रोलमा इथानोल मिसाएर प्रयोग गर्ने व्यवस्था लागू गरेको छ। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले ‘पेट्रोलमा इथानोल मिश्रण गरी प्रयोगमा ल्याउने सम्बन्धी आदेश, २०८२’ जारी गर्दै पेट्रोलमा अधिकतम...
इरानी नागरिकलाई आगमन भिसा नदिने गृह मन्त्रालयको निर्णय
काठमाडौँ । इरानी नागरिकहरूलाई नेपाल आउँदा विमानस्थलमै दिइँदै आएको आगमन प्रवेशाज्ञा (अनअराइभल भिसा) सेवा रोक्ने निर्णय सरकारले गरेको छ । गृह मन्त्रालयको निर्णयअनुसार अब इरानी नागरिकले नेपाल आउनुअघि विदेशस्थित नेपाली दूतावास वा कूटनीतिक नियोगबाट भिसा लिएर मात्र नेपाल प्रवेश...
ग्यासको कृत्रिम अभाव गर्नेलाई कारबाही गर्न सरकारलाई मानव अधिकार आयोगको निर्देशन
काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोग ले पेट्रोलियम पदार्थको आपूर्ति सहज बनाउन आवश्यक सबै उपाय अवलम्बन गर्न सरकारलाई निर्देशन दिएको छ। आयोगले बजारमा कृत्रिम अभाव सिर्जना गर्ने, अनावश्यक रूपमा भण्डारण गर्ने तथा अत्यावश्यक वस्तुको आपूर्तिमा अवरोध पुर्याउने गतिविधि रोक्न...
हुलदंगा तथा आतंकवाद बीमाको कमिशन घटाउने नेपाल रिको निर्णय, बीमा कम्पनीहरु आक्रोसित
काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीले हुलदंगा तथा आतंकवाद बीमामा बीमा कम्पनीहरुलाई दिँदै आएको कमिशन उच्च दरले घटाउने एकतर्फी निर्णय गरेपछि बीमा कम्पनीहरु आक्रोसित बनेका छन् । नेपाल पुनर्बीमा कम्पनीका सिईओ सुरेन्द्र थापाले सबै निर्जीवन बीमा कम्पनीहरुलाई पत्र पठाउँदै हुलदंगा...
वायु प्रदूषणको भयावह असर : नेपालमा बर्सेनि ४२ हजारको मृत्यु
काठमाडौं । वायु प्रदूषणका कारण नेपालमा बर्सेनि करिब ४२ हजार मानिसको मृत्यु हुने गरेको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीका अनुसार तीमध्ये करिब २१ प्रतिशत मृत्यु पाँच वर्षमुनिका बालबालिकामा हुने गरेको छ। उनका अनुसार वायु प्रदूषणका...
राष्ट्र बैंकद्धारा चालू पुँजी कर्जाको नीति खुकुलो
काठमाडौं । व्यवसायीहरूको मागलाई सम्बोधन गर्दै केन्द्रिय बैंकले चालू पुँजी कर्जाको नीतिलाई खुकुलो बनाएको छ । राष्ट्र बैंकले चालू पुँजी कर्जा सम्बन्धी मार्गदर्शन, २०७९ संशोधन गर्दै चालू पुँजी कर्जाको नीति खुकुलो बनाएको हो । संशोधित मार्गदर्शन अनुसार अब बैंक...
सन नेपाल लाइफसहित एकैदिन ६ कम्पनीको बोनस शेयर सूचीकृत, कुनको कति ?
काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा एकैदिन ६ वटा कम्पनीको बोनस शेयर सूचीकृत भएको छ। शुक्रबार ३ वटा लघुवित्तसहित ६ वटा कम्पनीको बोनस शेयर नेप्सेमा सूचीकृत भएको हो। सन नेपाल लाइफ इन्स्योरेन्सको ५ प्रतिशतले हुन आउने २५ लाख...
एनआईसी एशिया बैंकद्वारा शान्ति सेवा गृहका १५० भन्दा धेरै विद्यार्थीहरुलाई शैक्षिक सामग्री हस्तान्तरण
काठमाडौँ । एनआईसी एशिया बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत तिलगंगा, काठमाडौंस्थित शान्ति सेवा गृहमा रहेका १५० भन्दा धेरै विद्यार्थीहरुलाई शैक्षिक सामग्री हस्तान्तरण गरेको छ । लामो समयदेखि परोपकारी संस्थाका रुपमा काम गरिरहेको यस संस्था अन्तर्गत रहेका विद्यार्थीहरुको शैक्षिक...
बैंक तथा वित्तीय संस्थालाई राहतः अब १० प्रतिशत ब्याज असुली गरी कर्जा पुनर्संरचना गर्न सक्ने
काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई जारी गरेको एकीकृत निर्देशन २०८२ मा संशोधन र परिमार्जन गरिएको छ। संशोधन अनुसार महेन्द्र राजमार्ग र मध्यपहाडी लोकमार्ग विस्तारका कारण विस्थापित उद्यम वा व्यवसायहरूमा प्रवाहित कर्जा सम्बन्धी व्यवस्था थप गरिएको...
नाफिज सदस्यहरुलाई युरोलोजी तथा किड्नी अस्पतालमा २० प्रतिशत छुट
काठमाडौँ । नेपाल आर्थिक पत्रकार संघ (नाफिज) का सदस्यहरुलाई युरोलोजी तथा किड्नी अस्पतालमा २० प्रतिशत छुट पाउने भएका छन् । बिहीबार नाफिज र अस्पताल बीच छुट सम्बन्धि सम्झौतामा हस्ताक्षर भएको हो । सम्झौतामा नाफिज अध्यक्ष मेनुका कार्की र अस्पतालका...
७ महिनामा वाणिज्य बैंकको नाफा ३८ अर्ब: कुमारी र सिद्धार्थको सर्वाधिक वृद्धि, एभरेष्टलाई पछ्याउँदै प्राइम
काठमाडौँ । चालु आर्थिक वर्ष २०८२।०८३ को ७ महिनामा वाणिज्य बैंकले ३८ अर्बभन्दा बढी मुनाफा आर्जन गर्ने सफल भएका छन् । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको माघ मसान्तसम्मको तथ्याङ्क अनुसार २० वाणिज्य बैंकहरुले ३८ अर्ब १...
रवि र प्रचण्डबीच फोन वार्ता
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्प कमल दाहाल ‘प्रचण्ड’ बीच फोन वार्ता भएको छ। रवि र प्रचण्ड दुवैले निर्वाचनमा विजयी भइसकेपछि फोनमा वार्ता भएको र दुवैले एकअर्कालाई बधाई दिएको...
इनिशा विकलाई न्याय माग्दै सडकमा उत्रिए विद्यार्थीहरू
काठमाडौं । इनिशा विक हत्या प्रकरणको छानबिन र दोषीलाई कडा कारवाहीको माग गर्दै विद्यार्थीहरूले काठमाडौंमा प्रदर्शन गरेका छन्। पद्मकन्या बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनले बागबजारदेखि माइतिघरसम्म विरोध प्रदर्शन गर्दै न्यायका लागि आवाज उठाएका हुन्। प्रदर्शनमा विद्यार्थीहरूले ‘इनिशा विकलाई न्याय...
विधान संशोधन गर्दै बालेन्द्र शाहलाई संसदीय दलको नेता बनाउने रास्वपाको तयारी
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले संसदीय दलको नेता चयन गर्ने प्रक्रिया सहज बनाउन आफ्नो पार्टीको विधान संशोधन गर्ने तयारी गरेको छ। हालको व्यवस्थाअनुसार संसदीय दलको नेता चयन गर्न पार्टीका सम्पूर्ण साधारण सदस्यले मतदान गर्ने प्रावधान रहेकाले त्यसलाई...
खाडी संकटले तेल बजारमा हलचल, स्थिरता ल्याउन अमेरिकाद्वारा रुसी तेलमाथिको प्रतिबन्ध खुकुलो
काठमाडौँ । इरानसँगको अमेरिका–इजरायल युद्धका कारण विश्व ऊर्जा बजारमा देखिएको अस्थिरतालाई कम गर्न अमेरिकाले विशेष अस्थायी निर्णय गरेको छ। युद्धका कारण उत्पन्न आर्थिक प्रभावलाई न्यूनीकरण गर्ने उद्देश्यले अमेरिकाले समुद्रमा रहेका जहाजहरूमा पहिले नै लोड गरिएका प्रतिबन्धित रुसी तेल तथा...
वैदेशिक रोजगारीको प्रलोभनमा पारी ठगी गर्ने ३ जना पक्राउ
काठमाडौं । आकर्षक तलब सहित वैदेशिक रोजगारीमा पठाइदिने प्रलोभन देखाई रकम ठगी गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका–१५ बस्दै आएकी चितवन भरतपुर महानगरपालिका–१५ घर भएकी ४९ वर्षीया कमला देवी सुनुवार, काठमाडौं बुढानिलकण्ठ नगरपालिका–४...
ऋण लिएर मार्केटमा लगानी गर्ने बढ्दैः शेयर धितो कर्जा १ खर्ब ५६ अर्ब नाघ्यो, ठुला लगानीकर्ता आक्रामक
काठमाडौँ । पछिल्लो समय बैंक तथा वित्तीय संस्थाहरूबाट प्रवाह हुने शेयर धितो कर्जा उल्लेख्य रूपमा बढ्दै गएको देखिएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको पछिल्लो तथ्याङ्कले धितोपत्र बजारसँग प्रत्यक्ष सम्बन्धित कर्जामा तीव्र वृद्धि भइरहेको हो । अर्थतन्त्रका अन्य...




















