९ सिटे ईभी भ्यानलाई ११ सिट देखाएर ४ करोड राजस्व छलि
काठमाडौं । रसुवा भन्सार कार्यालयबाट चीनबाट आयात गरिएका विद्युतीय सवारीसाधनमा भन्सार दरको अनुचित वर्गीकरण गरी राजस्व छली भएको भन्दै महालेखा परीक्षकको ६२औं वार्षिक प्रतिवेदनले छानबिन गरी ३ करोड ९१ लाख ५२ हजार असुल गर्न सुझाव दिएको छ। महालेखाका अनुसार...
शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक प्रतिनिधिसभाबाट पारित
काठमाडौं । शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८१ प्रतिनिधि सभाबाट सर्वसम्मत रुपमा पारित भएको छ ।आइतबार बसेको प्रतिनिधि सभाको बैठकले शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८१सर्वसम्मत रुपमा पारित गरेको हो । ‘विधेयकलाई पारित गरियोस्’ भनी...
‘स्काईवेल’ को नयाँ अफर : लक्जरी ईभी एसयूभी खरिदमा युरोप टुर, विशेष छुट र एक्सचेन्ज बोनस
काठमाडौँ । नेपालमा स्काईवेल ब्रान्डका प्रीमियम विद्युतीय एसयूभी सवारीसाधनको आधिकारिक वितरक जी मोटर्स प्रालिले ‘स्काईवेल एक्सचेन्ज अफर– अपग्रेड टु स्काईवेल : ड्राइभ लक्जरी ईभी एसयूभी’ सार्वजनिक गरेको छ। कम्पनीले यो योजना आगामी बजेटले सवारी मूल्यमा असर पार्नुअघि ग्राहकलाई फाइदा...
इन्जिनियर सन्तोष यादव घुससहित रंगेहात पक्राउ, ५ लाख ७० हजार रुपैयाँ लिँदै गर्दा नियन्त्रणमा
काठमाडौँ । ओखलढुंगा स्थित सघन सहरी तथा भवन निर्माण आयोजनामा कार्यरत इन्जिनियर सन्तोष कुमार यादव घुससहित रंगेहात पक्राउ परेका छन्। खोटाङ जिल्लामा निर्माणाधीन सडकको रनिङ बिल भुक्तानीका लागि सेवाग्राहीसँग घुस मागिरहेको सूचनाका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगालबाट खटिएको...
राष्ट्रिय युवा परिषद्को युवा उद्यमशीलता सम्मेलनमा सहभागी हुन आवेदन आह्वान
काठमाडौँ । राष्ट्रिय युवा परिषद्ले युवा उद्यमशीलता प्रवर्धन सम्मेलनमा सहभागी हुन इच्छुक युवाहरूलाई आवेदन दिन आह्वान गरेको छ। परिषद्को आर्थिक वर्ष २०८१/८२ को स्वीकृत वार्षिक कार्यक्रम अन्तर्गत सञ्चालन गरिने सम्मेलन सातै प्रदेशमा आगामी असार महिनाको अन्त्यसम्म सञ्चालन गरिने जनाएको...
मधेश सरकारका पूर्वअर्थमन्त्री विजय कुमारसहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा, २० करोड विगो माग दावी
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मधेश प्रदेश सरकारका तत्कालीन अर्थमन्त्री विजयकुमार यादवसहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । माछा पोखरी निर्माणमा भ्रष्टाचार गरेको आरोपमा अख्तियारले आइतबार विशेष अदालतमा २९ करोड बिगो मागदाबी गर्दै उनीहरूविरुद्ध मुद्दा दायर...
उपभोक्ता ऐन उल्लङ्घन गर्ने एक व्यवसायीलाई ५१ हजार रुपैयाँ जरिवाना, अन्यलाई निर्देशन
काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले उपभोक्ता संरक्षण ऐन उल्लङ्घन गरेको पाइएपछि एक व्यवसायीलाई जरिवाना गरेको छ भने अन्य केही व्यवसायीलाई कागजातसहित विभागमा उपस्थित हुन निर्देशन दिएको छ। विभागबाट शुक्रबार काठमाडौं उपत्यकाका विभिन्न उद्योग तथा फर्महरूको अनुगमन...
घट्यो सुनको मूल्य, अब प्रतितोला कति ?
काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुन तोलामा ६०० रुपैयाँले ओरालो लागेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक लाख ८४ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबारको...
धुलिखेल अस्पताल ट्रमा तथा आपतकालीन केन्द्र सुधार परियोजनाका लागि सहमति पत्रमा हस्ताक्षर
काठमाडौं । धुलिखेल अस्पताल ट्रमा तथा आपतकालीन केन्द्र सुधार परियोजनाका लागि जापानले ५७ करोड ३० लाख येन थप अनुदान दिने सहमति पत्रमा नेपाल र जापानबीच हस्ताक्षर भएको छ । अर्थ मन्त्रालयका सचिव घनश्याम उपाध्याय र नेपालका लागि जापानका राजदूत...
होन्डाका बीएस ६ बिक्री हुनै छोडेपछि व्यापारको नयाँ रणनीति, छुटदेखि एक्सचेन्जसम्म
काठमाडौं । नेपाली अटो बजारमा होन्डाका बीएस ६ मोटरसाइकल र स्कुटरहरूको माग कम हुँदै गएपछि कम्पनीले नयाँ रणनीति अघि सारेको छ । बिक्रीमा आएको गिरावटपछि होन्डाका आधिकारिक वितरक स्याकार ट्रेडिङ कम्पनीले बीएस ६ मोडेललाई पुनः बजारमा सक्रिय बनाउने उद्देश्यले...
गोरखाको पर्यटन र पूर्वाधार विकासमा बजेट सुनिश्चित गर्न सांसद ढकालको माग
काठमाडौं । संघीय सांसद एकनाथ ढकालले ऐतिहासिक जिल्ला गोरखाको समग्र विकासका लागि संसदको प्रतिनिधिसभा बैठकमार्फत सरकारको ध्यानाकर्षण गराएका छन्। शुक्रबारको बैठकमा सांसद ढकालले गोर्खाको पर्यटन, पूर्वाधार र धार्मिक क्षेत्रको समुचित विकासका लागि ठोस बजेट विनियोजन आवश्यक रहेको धारणा व्यक्त...
निजामती कर्मचारीको अवकाश उमेर ६० वर्ष कायम
काठमाडौं । निजामती कर्मचारीको अवकाश उमेर ६० वर्ष कायम गरिएको छ । प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिले शुक्रबार बसेको बैठकमार्फत निजामती सेवा विधेयक पारित गर्दै अब अवकाश उमेर ६० वर्ष नै लागू हुने व्यवस्था गरेको हो...
घरजग्गा मूल्याङ्कनमा राष्ट्र बैंकको विभेदकारी नीति खारेज हुनुपर्छ: सांसद लामा
काठमाडौं । प्रतिनिधि सभाका सांसद छिरिङ डम्डुल लामा (कार्चेन) ले नेपाल राष्ट्र बैंकको हालको घरजग्गा मूल्याङ्कन सम्बन्धी नीतिलाई विभेदकारी भन्दै तत्काल खारेज गर्न माग गरेका छन्। प्रतिनिधि सभामा बोल्दै सांसद लामाले राष्ट्र बैंकले सहरी क्षेत्रका घरजग्गाको मात्रै मूल्य बढाएर...
सगरमाथा संवादबाट प्रधानमन्त्री ओलीको उद्घोष: ‘हिमाल जोगाउनु भनेको मानवता जोगाउनु हो’
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पृथ्वीको सर्वोच्च शिखर सगरमाथाको नामबाट सुरु गरिएको सगरमाथा संवादले केवल चर्चा वा विमर्शमा मात्र सीमित नभई साझा संकल्पको रूप लिनुपर्नेमा जोड दिएका छन्। सगरमाथा संवादको उद्घाटन सत्रमा मन्तव्य दिंदै उनले जलवायु परिवर्तनको संकट...
बढ्यो सुनको मूल्य, शुक्रबार प्रतितोला कति ?
काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन तोलामा तीन हजार रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक लाख ८४ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन...
यी हुन् मन्त्रिपरिषद् बैठकका २२ निर्णय
काठमाडौं । मन्त्रिपरिषदको बैठकका पछिल्ला बैठकहरु (बैशाख २५ गते र बैशाख ३१) ले लिएका निर्णयहरु सार्वजनिक भएका छन् । दुई वटा बैठकमा विभिन्न २२ वटा निर्णय भएका छन् । जसमा नेपाल प्रहरीका एआईजी सुदिप गिरीलाई दुवईमा आयोजना भएको (बैशाख...
अख्तियारको फन्दामा काँग्रेस नेता मोहन बस्नेत, सांसद पद निलम्बन
काठमाडौँ । नेपाली काँग्रेसका नेता मोहनबहादुर बस्नेत सांसद पदबाट निलम्बित भएका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिहीबार बस्नेतसहित १६ जना व्यक्ति र दुई कम्पनीविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेसँगै बस्नेत सांसदबाट निलम्बित भएका हुन् । भ्रष्टाचार निवारण...
पूर्वअर्थमन्त्री प्रकासशरणले गरे समाजवादी उन्मुख अर्थव्यवस्थाको विरोध
काठमाडौं । पूर्वअर्थमन्त्री तथा नेपाली कांग्रेसका नेता डा.प्रकासशरण महतले प्रतिनिधिसभामा बोल्दै समाजवाद उन्मुख अर्थनीति र नारामुखी घोषणाप्रति असन्तुष्टि व्यक्त गरेका छन्। महतले संविधानमै उल्लेख गरिएको समाजवाद उन्मुख भन्ने शब्दलाई अर्थहीन ठहर गर्दै केवल शब्दमै मोह देखाएको आरोप लगाए। उनले...
गभर्नर हुने मेरो मान्छे कोही छैनन्, योग्यताका आधारमा नियुक्त हुन्छः प्रधानमन्त्री ओली
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल राष्ट्र बैंकको रिक्त गभर्नर पदमा योग्यताका आधारमा क्षमतावान व्यक्तिको नियुक्ति गरिने स्पष्ट पारेका छन्। पूर्व योजनाकार मञ्च नेपालको औपचारिक शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। ‘राष्ट्रबैकमा मेरो कोही ल्याउनु छैन।...
छरिएको पुँजी एकीकृत गरी लगानी बढाउने विषयमा सरकार प्रतिवद्ध छ: उद्योग मन्त्री भण्डारी
काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले सरकार छरिएर रहेको पुँजीलाई एकीकृत गर्दै लगानी गर्ने वातावरण बनाइरहेको बताएका छन् । गैर आवासीय नेपाली सङ्घ (एनआरएनए) ग्लोबल कन्फरेन्स २०२५मा बोल्दै मन्त्री भण्डारीले एनआरएनएका तर्फबाट पुँजी एकीकृत गरी लगानीमैत्री...




















