मंगलबार कतिमा हुँदैछ सुनचाँदीको कारोबार ?
काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । जेठ १ गते अर्थात मंगलबार सुनको मूल्य तोलामा ७०० रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन प्रतितोला १ लाख ३७ हजार ४०० रुपैयाँ र तेजावी...
घट्यो सुनको मूल्य, प्रतितोला कतिमा हुँदैछ कारोबार ?
काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुन तोलामा ३०० रुपैयाँले घटेको हो । सोमबार छापावाला सुनको मूल्य एक लाख ३८ हजार १०० रुपैयाँ र तेजावी सुनको मूल्य एक लाख ३७ हजार ४५० रुपैयाँमा कारोबार भइरहेको...
नेपाल टेलिकमको नाफा साढे पाँच अर्ब, कस्ता छन् अन्य सूचक ?
काठमाडौं । नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) ले चालु आर्थिक वर्षको तेस्रो त्रैमासम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले सार्वजनिक गरेको विवरण अनुसार मुनाफामा सुधार देखिएको हो । चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा कम्पनीले ५ अर्ब ५९...
बीमित र बीमा कम्पनी दुवैलाई लाभ उठाउने गरी बीमापोष्टको सशक्त भूमिका रहोस्ः स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक डा. दामोदर बसौलाको शुभकामना
काठमाडौं । स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक डा. दामोदर बसौलाले चौथो बार्षिकोत्सवको अवसरमा शुभकामना दिनुहुँदै बीमित र बीमा कम्पनी दुवैलाई लाभ हुने गरी बीमापोष्टले भूमिका निर्वाहको लागि शुभकामना गर्नु भएको छ । आज चौथो बार्षिकोत्सवको अवसरमा प्राप्त शुभकामना मन्तव्यमा...
वर्ल्डलिंकले अर्बौं राजस्व तिर्नुपर्ने, सर्वोच्चले खारेज गर्यो रिट
काठमाडौँ। इन्टरनेट सेवा प्रदायक वर्ल्डलिंकले सरकारले निर्धारण गरेको राजस्व तथा शुल्क तिर्न नपर्ने माग गर्दै अदालतमा हालेको रिट खारेज भएको छ । आइतबार सर्वोच्च अदालतले वर्ल्डलिंकले हालेका आठ वटै रिट खारेज गरिदिएको हो । हरिप्रसाद फुयाँल र डा.नहकुल सुवेदीको...
काठमाडौँ उपत्यकाका उद्योग अन्यत्र सार्नुपर्छः मन्त्री भण्डारी
काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले काठमाडौँ उपत्यकाको सौन्दर्यताका लागि सकेसम्म यहाँका उद्योगलाई बाहिर सार्नुपर्ने धारणा व्यक्त गरेका छन् । ग्रील तथा स्टील व्यवसायी महासङ्घ नेपालका विभिन्न मागसहितको आज मन्त्रालयमा ज्ञापनपत्र बुझ्दै उनले भने, “विकसित मुलुकमा शहरी...
नियमित विवरण अद्यावधिक नगर्ने सहकारीलाई कारबाही गर्दै काठमाडौँ महानगर
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले आफ्नो कार्यक्षेत्रमा सञ्चालित केही सहकारीले नियमित रूपमा विवरण अद्यावधिक नगरेको भन्दै यस्ता सहकारीलाई पहिचान गरी कारबाही गर्ने जनाएको छ। हाल कामपामा एक हजार नौ सय ५३ सहकारी सञ्चालनमा छन्। जसमध्ये नौ सय ५५ ले मात्रै...
नेपाल बीमा प्राधिकरणद्वारा आयोजित रक्तदान कार्यक्रम सम्पन्न (तस्विरहरु)
काठमाडौं । नेपाल बीमा प्राधिकरणको ५६औं वार्षिकोत्सवको उपलक्ष्यमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । प्राधिकरणको केन्द्रिय कार्यालय कुपण्डोल, ललितपुरमा बैशाख ३० गते (आज) विभिन्न क्षेत्रका कर्मचारीहरुको उपस्थितीमा रक्तदान कार्यक्रम सम्पन्न भएको हो । प्राधिकरणको ५६औं बार्षिकोत्सवको उपलक्ष्यमा जीवन तथा...
चैत महिनामा घट्यो महंगी
काठमाडौँ। चालु आर्थिक वर्षको चैत महिनामा मुद्रास्फीति (महंगी) घटेको छ । आर्थिक वर्ष २०७९।८० को सोही समयमा ७.७६ प्रतिशत रहेको उक्त दर यसपटक ४.६१ प्रतिशत मात्रै रहेको हो । २०८० चैत महिनामा पहाडको मुद्रास्फीति सर्वाधिक ५.३३ प्रतिशत रहेको छ...
१९.८ प्रतिशतले बढ्यो रेमिट्यान्स, नौ महिनामा १० खर्ब ८२ अर्ब भित्रियो
काठमाडौँ । नेपालमा भित्रने रेमिट्यान्स १९.८ प्रतिशतले बढेको छ । नेपाल राष्ट्र बैंकले आज प्रकाशित गरेको देशको वित्तिय अवस्थाको विवरणले रेमिट्यान्समा बृद्धि देखाएको हो । चालु आर्थिक वर्षको ९ महिनामा नेपालमा भित्रने रेमिट्यान्स १९.८ प्रतिशतले बढेर १० खर्ब ८२...
चितवनमा विद्यार्थी लिन हिँडेको बसमा पेट्रोल बम प्रहार
काठमाडौँ । भरतपुर महानगरपालिका–२० दद्राहानी पुलमा विद्यार्थी लिन हिँडेको बसमा पेट्रोल बम प्रहार गरिएको छ । आज बिहान स्मल हेभन बोडिङ स्कुलको बागमती प्रदेश ०६००१ क ००४५ नम्बरको बसमा पेट्रोल बम प्रहार गरी आगजनी गरिएको हो । प्रहरीका अनुसार...
दूरदराजमा काम गर्ने नर्सलाई सरकारले प्रोत्साहन गर्छ, सुविधामा एकरूपता ल्याउन पहल गर्दैछौं: प्रधानमन्त्री
काठमाडौँ । प्रधानन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नर्सहरूको सेवा–सुविधामा एकरूपता ल्याउन सरकारले सकारात्मक पहल गर्ने बताएका छन् । चौधौँ राष्ट्रिय नर्सिङ सम्मेलनलाई आज सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले नर्सहरूको सेवा–सुविधा सन्तोषजनक एवं एकरूपता नभएकाले त्यसलाई सुधार गर्नुपर्ने बताएका हुन् ।...
नोट काण्डमा पूर्वगर्भनर तथा राष्ट्रपतिका सल्लाकार नेपालद्धारा राजीनामा
काठमाडौँ । नेपाल सरकारले एक सय रुपैयाँमा नेपालको आधिकारीक नक्सा प्रकाशित गर्ने निर्णय गरेपछि विरोधाबास पुर्ण अभिब्यक्ति दिने नेपाल राष्ट्र बैंकमा पुर्व गर्भनर तथा राष्ट्रपतिका सल्लाकार डा. चिरञ्जिवी नेपालले पदबाट राजीनामा दिएका छन । राष्ट्रपति जस्तो गरिमामय ब्यक्तिको सल्लाकार...
बढ्यो सुनको मूल्य, एक तोला किन्न कति चाहिन्छ रकम ?
काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन तोलामा ५०० रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुन प्रतितोला १ लाख ३८ हजार ४०० रुपैयाँ र तेजावी सुन एक लाख ३७ हजार...
सूर्योदय वोमी लघुवित्तको आयोजनामा बाख्रा पालन तालिम सम्पन्न
काठमाडौँ । कैलालीको अत्तरियामा सूर्योदय वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडको आयोजनामा एक दिने बाख्रा पालन तालिम सम्पन्न गरेको छ । गोदावरी नगरपालिका – ४, बसन्तपुर अत्तरियामा रहेको सुर्योदय वोमी लघुवित्तले ६९ जना महिलाहरुलाई बाख्रापालन तालिम दिएको हो । तालिमको...
चित्रकार रन्जु यादवले डेनमार्कको राजधानीमा बालबालिकालाई सिकाइन् मिथिला चित्र
काठमाडौं । युरोप भ्रमणमा रहेकी मिथिला चित्रकार रन्जु यादवले डेनमार्कको राजधानी कोपनहेगनमा शुक्रबार मिथिला चित्रकलासम्बन्धी प्रशिक्षण दिएका छिन् । प्रसिद्ध चित्रकार यादवले डेनमार्कमा बस्ने नेपाली र भारतीय बालबालिकालाई मिथिला चित्रसम्बन्धी प्रशिक्षण दिएकी हुन् । चित्रकार यादव अहिले तेतिस दिवसीय...
मुक्तिनाथ कृषि कम्पनीको नाफासँगै इपिएसमा सुधार, यस्तो छ समग्र वित्तीय अवस्था
काठमाडौँ । मुक्तिनाथ कृषि कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । यसअवधिमा कम्पनीको नााफामा सुधार देखिएको हो । चालु आर्थिक वर्षको पहिलो ९ महिनासम्ममा कम्पनीले २ करोड १२ लाख रुपैयाँ खुद नाफा आर्जन...
माल्दिभ्सले हटायो भारतीय सेना, काठमाडौंस्थित विमानस्थलमा भारतीय सेनाको परेड कहिले बन्द होला ?
काठमाडौं । जनयुद्धको उत्तराद्र्धको समयमा तत्कालिन जनमुक्ति सेनाका सुप्रिमोले घोषणा गरे ‘आवश्यक परे भारतसँग सुरुङ युद्ध लड्छौं, जस अनुसार देशैभरि जनमुक्ति सेनालाई सुरुङ खन्न लगाइयो । औपचारिक तथ्याङ्क नभए पनि उतिबेला करिब दुई हजार वटा सुरुङ (साना साना खाल्डा...
नेशनल लाइफका नेपाल टपर एजेन्सी म्यानेजर शंकर लामिछानेलाई पितृशोक
काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीमा तीन पटक नेपाल टप भइसक्नु भएका बरिष्ठ एजेन्सी म्यानेजर शंकर लामिछानेलाई पितृ शोक परेको छ । उहाँको बुवा ऋषिराम लामिछानेको ८० बर्षको उमेरमा आज विहान घरैमा निधन भएको हो । गएराति १२ः२० बजे...
काँग्रेसको अवरोधको कारण प्रतिनिधि सभा बैठक १५ मिनेटको लागि स्थगित
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसको अवरोधको प्रतिनिधिसभा बैठक स्थगित भएको छ। बजेट अधिवेशनको पहिलो प्रतिनिधि सभा बैठक काँग्रेसकै असहमतिको कारण शुक्रबार निर्धारित समय भन्दा दुई घन्टा ढिला गरि सुरु भएको थियो। बैठक सुरु हुनेवित्तिकै प्रतिपक्षी कांग्रेसले उठेर...



















