बीमित र बीमा कम्पनी दुवैलाई लाभ उठाउने गरी बीमापोष्टको सशक्त भूमिका रहोस्ः स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक डा. दामोदर बसौलाको शुभकामना

३१ बैशाख २०८१, सोमबार ०६:३६

काठमाडौं । स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक डा. दामोदर बसौलाले चौथो बार्षिकोत्सवको अवसरमा शुभकामना दिनुहुँदै बीमित र बीमा कम्पनी दुवैलाई लाभ हुने गरी बीमापोष्टले भूमिका निर्वाहको लागि शुभकामना गर्नु भएको छ ।
आज चौथो बार्षिकोत्सवको अवसरमा प्राप्त शुभकामना मन्तव्यमा बीमा क्षेत्रको विकास र विस्तारमा बीमापोष्टले खेलेको भूमिका र बीमा क्षेत्रमा उपयोगी योगदानको लागि लागि धन्यवाद ज्ञापन गर्दै कार्यकारी निर्देशक बसौलाले खवरदारी गर्दै सक्रिय भूमिका खेल्ने विश्वास लिएको उल्लेख छ ।

स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक डा. दामोदर बसौलाले दिनु भएको शुभकामना सन्देशः

शुभकामना

राइनिसी मिडिया एण्ड रिसर्च सेन्टर प्रा.लि.द्वारा सञ्चालित बीमापोष्ट डटकम अनलाईन सञ्चार माध्यम आफ्नो स्थापनाको चौथो वर्षमा प्रवेश गरेको उपलक्ष्यमा सम्पादक तथा संचालक समितिका सदस्यहरू कर्मचारीहरू र उक्त सञ्चार माध्यममार्फत आफ्ना सूचना तथा समाचार प्राप्त गर्नुहुने सम्पूर्णमा सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको हार्दिक शुभकामना व्यक्त गर्दछु । सूचनाको माध्यमबाट बीमा क्षेत्रमा योगदान पुर्याउदै आईरहेको बीमापोष्ट डटकमको योगदान उपयोगी रहेको छ । बीमा क्षेत्रमा अनलाईन सञ्चार माध्यमको भूमिकामा समेत रहेर कलम चलाउदै आईरहेको बीमापोष्टलाई आगामी दिनमा समेत अगाडी बढ्न हौसला मिलोस् भन्ने चाहान्छु ।

बीमा कम्पनीहरूले अनलाईन सञ्चार माध्यमलाई उपयोग गरेर समय, अर्थ र श्रमको बचत गर्न सक्दछन्। यस अनलाईन सञ्चार माध्यमले बीमा क्षेत्रको विकास र विस्तारमा आफ्नो ठाउँबाट खेलेको भूमिका प्रति धन्यवाद व्यक्त गर्दछु ।

आगामी दिनमा समेत यस्ता सञ्चार माध्यमहरूले ग्राहक तथा बीमा कम्पनीहरू दुवैलाई लाभ उठाउन मद्दत गर्नुका साथै वीमा क्षेत्रमा हुन सक्ने बेथिति र विकृतिहरूको खबरदारी गर्न सशक्त र सक्रिय भूमिका खेल्ने विश्वास लिएको छु ।

बीमापोष्टले मनाउन लागेको चौथो बार्षिकोत्सवको अवसरमा बधाई तथा सफलताको हार्दिक शुभकामना व्यक्त गर्दछु ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*