महालक्ष्मी लाईफ इन्स्योरेन्सको साधारणसभा सम्पन्न, आईपिओि जारी गर्ने

३ फाल्गुन २०७७, सोमबार १६:३७

काठमाडौं । कान्छो बीमा कम्पनीको रुपमा २०७५ साल माघ २७ गतेबाट औपचारिक रुपमा कारोबार सुरु गरेको महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडको तेस्रो वार्षिक साधारणसभा आज सम्पन्न भएको छ । कम्पनीले आईपिओ जारी गर्ने भएको छ । प्रस्ताव पारित गरेको छ । यद्यपि यस वर्ष भने आईपिओ जारी गर्न पाउने छैन । आज सम्पन्न भएको साधारणसभामा आईपिओ जारी गर्ने सम्बन्धमा प्रस्ताव पारित गरेको छ ।

धितोपत्र नियमावली अनुसार दुई आर्थिक वर्ष पूर्ण कारोबार भएको हुनुपर्ने प्रावधानका कारण महालक्ष्मी लाईफ इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्ष सम्पन्न भई लेखा परिक्षण सम्पन्न गरेपछि मात्रै आईपिओ जारी गर्न पाउने हुँदा यस वर्ष आईपिओ जारी नगर्ने भएको बुझिएको छ ।

आज सम्पन्न भएको तेस्रो बार्षिक साधारण सभाले कम्पनीको वार्षिक प्रतिवेदन सहित आ.व. २०७५।७६ को वासलात, नाफा नोक्सान हिसाब र अन्य वित्तीय विवरण पास गरेको सो बीमा कम्पनीले जनाएको छ । आजको साधारणसभाबाट आगामी ४ वर्षका लागि नयाँ सञ्चालकहरु चयन गरेको छ । जसमा मनोरञ्जन रमण शर्मा, उमेशलाल श्रेष्ठ, शुरेश सापकोटा, सम्झना अर्याल र विश्वचन्द्र घिमिरे निर्विरोध निर्वाचित भएको कम्पनीले जानकारी दिएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*