ज्योति लाईफको आर्ईपिओमा फागुन २१ गतेबाटै आवेदन दिन सकिने, कहिलेसम्म पाइन्छ भर्न ?

१८ फाल्गुन २०७७, मंगलवार २३:४४

काठमाडौं । अनलाईनबाट आईपिओमा आवेदन गर्नेहरुको चाप अत्याधिक भई भार वहन क्षमताले नधान्ने भएपछि ज्योति लाईफ इन्स्योरेन्स कम्पनीको आईपिओ यसअघि सूचना जारी गरी खुल्ला गरिएको मितिभन्दा दुई दिन अघि नै भर्न पाइने भएको छ ।

अनलाईनबाट आईपिओ भर्ने मेरो शेयरको माऊ कम्पनी सिडिएस एण्ड क्लीयरिङ हाउसले आगामी शुक्रबारबाटै आईपिओ भर्न पाउने व्यवस्था गरिएको जनाएको छ । सो अनुसार अब ज्योति लाईफको आईपिओमा फागुन २१ गतेदेखि फागुन २६ गतेसम्म छ दिन आवेदन दिन पाइनेछ । यसअघि निफ्राको शेयर आवेदन दिने अन्तिम दिन सर्भरमा समस्या आएको कारण केही घण्टा समय थप गरेर आवेदन लिनु परेको थियो । नयाँ व्यवस्था अनुसार आगामी फागुन २१ गते विहान ११ बजेदेखि खुल्ला हुने आवेदन फागुन २६ गते अपरान्ह ५ बजेसम्म आवेदन भर्न पाइनेछ ।

ज्योति लाइफ इन्स्योरेन्स कम्पनीले कूल ६६ करोड रुपैयाँ बराबरको ६६ लाख कित्ता आइपीओको लागि आवेदन आह्वान गरेको छ । सो मध्ये ३ लाख ३० हजार कित्ता कर्मचारी र ३ लाख ३० हजार कित्ता म्युचुअल फण्डहरुलाई छुट्याएर बाँकी हुन आउने ५९ लाख ४० हजार कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्ने सो बिक्री प्रबन्धक एनएमबी क्यापिटलले जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*