नयाँ डेपुटी सिईओको खोजीमा गुराँस लाईफ, अन्य चार उच्च कर्मचारी भर्ना गरिदै

२० फाल्गुन २०७७, बिहीबार २२:१४

काठमाडौँ । गुराँस लाइफ इन्स्योरेन्स कम्पनीले नयाँ डेपुटी सिईओ नियुक्त गर्ने भएको छ । कम्पनीले आज सार्वजनिक सूचनामार्फत डेपुटी सिईओको लागि बिज्ञापन गरेको हो । सो कम्पनीले डेपुटी सिईओको लागि कुनै योग्यता निर्धारण नगरी बीमा समितिले जारी गरेको संस्थागत सुशासन सम्बन्धी योग्य व्यक्तिलाई आवेदन दिन भनिएको छ ।

त्यस्तै गुराँस लाईफ इन्स्योरेन्स कम्पनीले कानुन र बजार सम्बन्धी ज्ञान भएको व्यक्तिलाई कम्पनी सचिवको रुपमा भर्ना गर्ने आज प्रकाशित सूचनामा जनाइएको छ । कम्पनीले मार्केटिङ डिपार्टमेन्ट हेडका लागि एक जना, चार्टर्ड अकाउन्टेन्टका लागि एक जना र चार्टर्ड अकाउन्टेन्ट फ्रेसरका लागि एक जना कर्मचारी भर्ना गरिने भएकोले खुल्ला विज्ञापन आह्वान गरेको हो ।
सो कम्पनीले विज्ञापन प्रकाशित भएको मितिले ७ दिनभित्र आवेदन दिन भनेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*