महालक्ष्मी लाईफको मध्यपश्चिम क्षेत्रका कार्यालय प्रमुखहरुलाई सम्पत्ति शुद्धिकरण तालिम

६ चैत्र २०७७, शुक्रबार १९:०३

काठमाडौं । महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीले मध्यपश्चिम क्षेत्रका कार्यालय प्रमुख सहितका कर्मचारीलाई सम्पत्ति शुद्धिकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निवारण सम्बन्धमा तालिम दिएको छ । बिहीबार पोखराको कुटी रिसोर्ट होटलमा आयोजित तालिम कार्यक्रममा साविक गण्डकी, धौलागिरी र लुम्बीनी क्षेत्रका सम्पुर्ण कार्यालय प्रमुखहरुलाई सम्पत्ति शुद्धिकरण सम्बन्धी कानुनी व्यवस्थाबारे जानकारी गराइएको थियो ।

तालिममा कम्पनी नायव प्रमुख कार्यकारी अधिकृत रामेश्वर श्रेष्ठले सम्पत्ति शुद्धिकरण अनुसन्धानको क्रममा अपनाउनुपर्ने विधि, गैर कानूनी रुपमा आर्जित रकम कसरी बैंक र बीमाको माध्यमले शुद्धिकरण गर्ने प्रयास हुन्छ भन्दै प्रष्ट पार्ने प्रयास गरेका थिए । आपराधिक र आतंकवादी क्रियाकलापबाट आर्जित रकमको पहिचान गर्ने र शंकास्पद कारोबारको अध्ययन, अनुसन्धान तरिका बारेमा तालिम दिएका थिए ।

गण्डकी, धवलागिरी क्षेत्रका कार्यालय प्रमुखहरुको सहभागिता रहेको तालिम आज समापन भएको छ । शुक्रवार हुने दोस्रो चरणको तालिममा जीवन बीमा प्रोडक्ट र जीवन बीमा पोलिसी बिक्री गर्ने क्षेत्रहरु, प्रभावकारी अण्डराइटिङका तरिकाहरु बारेमा तालिम सञ्चालन गरिएको सो कम्पनीले जनाएको छ । शुक्रबार सञ्चालन गरिएको तालिममा अण्डरराइटिङ विभाग प्रमुख प्रभाकर न्यौपानेले दिएको महालक्ष्मी लाईफ इन्स्यारेन्स कम्पनीले जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*