नेपाल लाइफका २६७ जना एजेन्सी एमडिआरटीमा, २० जना सिओटी, ९ जना टिओटी

७ चैत्र २०७७, शनिबार २३:३२

काठमाडौं। नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडमा कार्यरत २६७ जना एजेन्सी म्यानेजरहरू मिलियन डलर राउन्ड टेबल २०२१ बन्न सफल भएका छन् । साे कम्पनीले शुक्रवार आयाेजित एक भव्य समाराेहका बीच  सिनिएर एजेन्सीहरूलाई सम्मान गरेको छ। राजधानीको हायात होलटमा आयोजित एक भब्य समारोहका बीच एमडिआरटीमा परेका २३८ जना,  सिओटी २० जना र टिओटी नाै जना समेत गरि कुल २६७ जना एजेन्सी म्यानेजरहरू सम्मानित भएका हुन् ।

नेपाल लाईफ इन्स्योरेन्स कम्पनीले उत्कृष्ट एजेन्सीहरुलार्ई कम्पनीका कार्यबाहक सिईओ सन्तोषराज प्रसाई, उप प्र्रमुख कार्यकारी अधिकृत सुशिल कुमार चौधरी, उप महाप्रबन्धक उमापति पोखरेल, बरिष्ठ सहायक महाप्रबन्धक दिग्बिजय सिंघल र बरिष्ठ सहायक महाप्रबन्धक सोन आलेको उपस्थितिमा सम्मानित गरिएको हो ।

उत्कृष्ट अभिकर्ताहरुलाई सम्मान गर्दै कार्यबाहक सिईओ सन्तोष प्रसाईले अभिकर्ता, एजेन्सी, सिनियर एजेन्सीहरुको योगदान अभूतपूर्व रहेको बताउँदै उहाँहरुको संघर्षकै कारण नेपाल लाइफ उत्कृष्ट प्रतिफल दिने कम्पनी बन्न सफल भएको बताए । उप प्रमुख कार्यकारी अधिकृत सुशिल कुमार चौधरीले एमडिआरटी प्लेटफर्ममा पुग्न सफल सबैलाई बधाई ज्ञापन गर्दै अन्तर्राष्ट्रिय अनुभवद्वारा सिद्ध भई थप उर्जाका साथ काम गर्ने विश्वास व्यक्त गरे ।

सम्मान कार्यक्रममा पेशागत बिमा अभिकर्ता संघ नेपालका अध्यक्ष नन्द प्रसाद तिवारीले नेपाल लाइफलाई अग्रणी र अब्बल बीमा कम्पनीका रुपमा स्थापित गर्न अभिकर्ताहरुको अतुलनीय भूमिका रहेको बताउँदै एकताबद्ध भई, आपसमाम सहकार्य गर्दै, काधमा काध मिलाएर अघि बढ्दा जस्तोसुकै चुनौति सामना गर्न सकिने बताए ।

कार्यक्रममा पेशागत बिमा अभिकर्ता संघ नेपालका उपाध्यक्ष तथा बीमक समिति नेपाल लाइफका अध्यक्ष राजेन्द्र अमात्यले नेपाल लाइफले एमडिआरटीको लक्ष्य चुम्न सफल भएका अभिकर्ताहरुलाई बधाई दिँदै आगामी दिनमा नयाँ सदस्यहरुलाई लक्ष्य प्राप्ति गर्र्न उत्साह र हौसला मिलेको बताए ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*