सिंगटी हाइड्रो इनर्जीमा १२ लाख बढिको आवेदन, कतिले पाउँछन् शेयर ?

९ चैत्र २०७७, सोमबार १८:११

काठमाडौं । भोलिसम्म आवेदन दिने पाइने सिंगटी हाइड्रो इनर्जीको आइपीओमा आज अपरान्ह १७ः०० बजेसम्म १२ लाख भन्दा बढिले आवेदन दिएका छन् । बिक्री प्रबन्धक मेगा क्यापिटलका अनुसार आज अपरान्हसम्ममा मेरो शेयरबाट १२ लाख २२ हजार ८३२ जनाले आवेदन दिएको जनाएको छ ।

सो आईअिपोमा माग भन्दा बढि सात गुणा बढि अर्थात एक अर्ब ८८ करोड ७२ लाख ९० हजार रुपैयाँ बराबरको आवेदन परेको कम्पनीले जनाएको छ ।

सिंगटी हाइड्रो इनजी कम्पनीको बिक्री प्रबन्धक मेगा क्यापिटलका अनुसार सर्वसाधारको लागि बिक्री खुला गरिएको कुल २६ लाख ४० हजार कित्ता आईपिओको लागि लागि आज साँझ ५ बजेसम्ममा १२ लाख २२ हजार ८३२ जनाले १ करोड ८८ लाख ७२ हजार ९०० कित्ताका लागि आवेदन दिएका हुन् ।

कम्पनीले चैत ६ गतेबाट १०० रुपैयाँ दरको कुल २९ लाख कित्ता आइपीओ निष्कासन गरेको छ । यसमध्ये ५८ हजार कर्मचारी र १ लाख ४५ हजार कित्ता म्युचुअल फन्डहरुलाई छुट्याइएको छ । बाँकी २६ लाख ४० हजार कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् । गोलाप्रथाबाट जम्मा दुई लाख ६४ हजार जनाले १० कित्ता मात्रै पाउने सो आईपिओमा कम्तीमा १० लाख जनाको हात खाली हुने देखिएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*