प्रभु बैंकद्धारा चार विद्यालयका विद्यार्थीहरुलाई बैंकिङ्ग ज्ञान प्रदान

१० चैत्र २०७७, मंगलवार ११:२४

काठमाडौं । प्रभु बैंकले वित्तिय साक्षरता कार्यक्रम अन्तर्गत विद्यार्थीहरुलाई बैकिङ्ग ज्ञान प्रदान गरेको छ ।

बैंकले मिति २०७७/१२/०९ गतेका दिन सिन्धुपाल्चोक जिल्ला स्थित तेर्षे माध्यमित, श्री महेन्द्र माध्यमिक, श्री पाल्चोक माध्यमिक र भुमेश्वरी माध्यमिक विद्यालय गरी ४ विद्यालयका ७, ८ र ९ मा अध्यनरत ४८ जना विद्यार्थीहरुलाई ज्ञान प्रदान गरेको हो । बैंकको बबरमहलस्थित प्रधान कार्यालयमा विद्यार्थीहरुले अवलोकन भ्रमण गरी बैंकिङ्ग साक्षरता/ज्ञान हासिल प्राप्त गरेका हुन् ।

बैंकको प्रधान कार्यालय र बैंकबाट सञ्चालन/सम्पादन हुने विभिन्न क्रियाकलापहरुको अवलोकन तथा अध्ययनका लागि ४८ जनाको संख्यामा आएका विद्यार्थीहरुलाई विभिन्न समुहमा विभाजन गरी बैंकको प्रधान कार्यालय बबरमहल अन्तर्गतका विभिन्न विभागहरुको स्थलगत अवलोकन गराईएको थियो ।

उक्त अवसरमा विद्यार्थीहरुले प्रमुख कार्यकारी अधिकृत समक्ष विभिन्न किसिमका बैंकिङ्ग तथा वित्तीय जिज्ञाशाहरु समेत राखेका थिए ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*