अमेरिकी डलरमा खाता खोल्न पाइने, नबिल बैंकले ल्यायो यस्तो सुविधा

११ चैत्र २०७७, बुधबार ०८:३५

काठमाडौँ । अबदेखि नेपालीहरुले अमेरिकी डलरमा खाता खोल्न पाउने भएका छन् । व्यक्तिगत तथा अन्य प्रयोजनको लागि बार्षिक ५०० अमेरिकी डलर बराबरको सामान अनलाईनबाटै आयात गर्न पाउने व्यवस्था राष्ट्र बैंकले गरेसँगै नबिल बैंकले अमेरिकी डलरमा खाता खोल्न सकिने सुविधा सुरु गरेको हो ।

सो बैंकमा खाता भएका ग्राहकहरुले उक्त कार्ड मार्फत वार्षिक अधिकतम अमेरिकी डलर ५०० बराबरको इकमर्श साइट मार्फत अनलाइन सपिङ गरी विश्व भर (भारत बाहेक) भुक्तानी गर्न सक्ने बैंकले जनाएको छ । सो कार्ड लिनको लागि ग्राहकहरुको खातासंगै प्यान कार्ड पनि अनिवार्य हुने छ । ग्राहकले एकै पटक वा पटक पटक गरि एक बर्षमा अमेरिकी डलर ५०० बराबर को परिवर्त्य विदेशी मुद्राको सटही गर्न सक्ने नबिल बैंकले जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*