बैंक अफ काठमाण्डूले गर्यो मोबाइल बैंकिङ्ग सेवा परिस्कृत

१२ चैत्र २०७७, बिहीबार ११:५३

काठमाडौं । बैंक अफ काठमाण्डू लिमिटेडले मोबाइल बैंकिङ्ग सेवा परिस्कृत गरेको छ । बैंकले आफ्ना ग्राहक महानुभावको सेवालाई मध्यनजर गर्दै उक्त सेवा परिस्कृत गरेको हो ।

यस मोबाईल बैंकिङ्ग सेवा पश्चात् ग्राहक महानुभावलाई डिजिटल कारोबार गर्न अझ उत्साहित गर्ने विश्वास बैंकले लिएको छ । विश्व बैंकिङ्ग बजारमा निकैनै परिचित यस ओम्नी च्यानल (omni channel) सेवा यस बैंक अफ काठमाण्डू लिमिटेडका खाता बहाक ग्राहक महानुभाव तथा यस बैंकमा खाता नभएका सम्पूर्ण महानुभावहरुले समेत उपयोग गर्न सक्ने बैंकले जनाएको छ ।

यस परिस्कृत सेवाले हाल ग्राहकमहानुभावहरुले अनुभव गरिरहनु भएको विभिन्न समस्याहरुको निवारण गर्नेछ । हाल बैंकहरुले ग्राहक महानुभावहरुलाई प्रदान गरेको मोबाईल बैंकिङ्ग सेवा प्रयोग गर्न प्रयोगकर्ता महानुभावहरुले आफ्नो मोबाईलमा सम्बन्धित बैंकको एप डाउनलोड गर्न पर्नेछ तर यस बैंकको परिस्कृत सेवा मोबाईल एपबाट मात्र नभई बिना एप पनि प्रयोग गर्न सकिनेछ ।

यस परिस्कृत सेवाबाट ग्राहक महानुभावहरुले विभिन्न माध्यम मार्फत विभिन्न बैंक खाताहरुमा खाता नम्बर वा मोबाईल नम्बर प्रयोग गरी रकमान्तर गर्न, विभिन्न वालेटहरुमा रकमान्तर गर्न, मोबाईल, इन्टरनेट, टेलिभिजन, विधुत, खानेपानी, तथा टेलिफोन सेवाहरुको सेवा शुल्क भुक्तानी गर्न, ग्राहक महानुभावहरु आफ्नो खाताको विवरण हेर्न, बैंकको विभिन्न सेवाहरुको बारेमा विस्तृत जानकारी लिन, ग्राहक महानुभावहरुको समस्यालाई सम्बोधन गर्न बैंकको सम्बन्धित प्रतिनिधीहरुसंग भेटको लागि समय मिलाउन, डिजिटल टोकन लिई आफ्नो तोकिएको समयमा सेवा उपयोग गर्न, आफ्नो पासवड भुलवस विर्सिएमा आफैले परिर्वतन गर्न, बैंकको शाखा कार्यालय तथा एटिएम सेवाहरुको जानकारी लिन, विदेशि विनिमय दरको जानकारी लिन आदी सेवाको उपयोग गर्न सकिने छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*