माछापुच्छ्रे बैंकको वीरगंज तरकारी बजारमा क्युआर कोड सेवा

१२ चैत्र २०७७, बिहीबार १२:२१

 

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले आफ्नो ग्राहकमहानुभावहरुलाई विभिन्न सेवा सुविधा दिँदै आइरहेको छ । यसै क्रममा बैंकले वीरगंज तरकारी तथा फलफुल बजारमा क्युआर कोड सेवा संचालनमा ल्याएको छ ।

डिजिटल बैंकिङ्ग कारोबारलाई प्रोत्साहन गर्ने उद्देश्यले उक्त तरकारी बजारमा क्युआर कोड सेवा संचालनमा ल्याएको बैंकले जनाएको छ । वीरगंज तरकारी तथा फलफुल बजार स्थित क्यूआर हस्तान्तरण कार्यक्रममा नेपाल राष्ट्र बैंकका निर्देशक श्री डा.राजन कृष्ण पन्त र वीरगंज महानगरपालिकाका मेयर श्री विजय कुमार सरावगीज्यूले संयुक्त रुपमा क्यूआर कोड सेवाको सुरुवात गर्नुभएको हो ।

क्युआर कोड सेवा संचालनपछि वीरगंज तरकारी तथा फलफुल बजारमा तरकारी तथा फलफुल किन्नको लागि जाने उपभोक्ताले आफ्नो बैंकको मोबाइल बैंकिङ एप्लिकेसन प्रयोग गरी आफुले खरिद गरेको तरकारी तथा फलफुल रकम पसल संचालकलाई सिधै खातामा भुक्तानी गन सक्नेछ ।

आफुले प्रयोग गरेको बस्तु तथा सेवाको आफ्नै बैंक खाता मार्फत डिजिटल भुक्तानी गर्दा ग्राहकको साथै व्यापरीलाई समेत खुद्रा पैसाको झन्झट नहुने, बचत गर्ने बानीको बिकास हुने, व्यापारीलाई हरेक दिन आफुले गरेको व्यापारबाट आएको पैसा जम्मा गर्न बैंकसम्म जानुनपर्ने लगायतका थुपै सुविधाहरुको कारणले गर्दा क्यु. आर. कोड सेवाको पछिल्लो समय सवै वर्ग र क्षेत्रमा आर्कषण बढ्दै गएको छ । यहि कुरालाई मध्यनजर गर्दै माछापुच्छ्रे बैंकले पछिल्लो समय देशका धेरैजसो स्थानहरुमा आक्रमक रुपमा यो सेवा प्रदान गर्दै आइरहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*