१५.७८% लाभांश दिने सिद्धार्थ इन्स्योरेन्सको घोषणा, साधारणसभा छिट्टै

१२ चैत्र २०७७, बिहीबार १८:०८

काठमाडौं । सिद्धार्थ इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०७६।०७७ मा आर्जित मुनाफाबाट शेयरधनीहरुलाई १५.७८९४ प्रतिशत लाभांश दिने घोषणा गरेको छ ।

बुधवार सम्पन्न सो कम्पनीको संचालक समितिकोे बैठकले १२ प्रतिशत बोनस शेयर तथा कर प्रयोजनका लागि ३.७८९४ प्रतिशत नगद लाभांश दिने निर्णय गर्दै आवश्यक प्रक्रिया अघि बढाउने जनाएको छ । यद्यपि हाल सञ्चालक समितिबाट पारित भई प्रस्तावित रुपमा रहेको १२ प्रतिशत बोनस शेयर तथा ३.७८ प्रतिशत नगद लाभांश बीमा समितिबाट स्वीकृत भई तथा कम्पनीको आगामी साधारण सभाले पारित भएपश्चात् मात्र शेयरधनीले पाउनेछन् । कम्पनीको साधारणसभाको काम समेत छिट्टै हुने जनाएको छ ।

कम्पनीको हालको चुक्तापूँजी १ अर्ब रुपैयाँ रहेको छ । बोनस शेयर पश्चात कम्पनीको चुक्ता पूँजी १ अर्ब १२ करोड पुग्ने छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*