राजश्व चुहावट नियन्त्रणमा सम्भौता नगर्न अर्थमन्त्रीको निर्देशन

१२ चैत्र २०७७, बिहीबार १८:३४

काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले राजस्व चुहावट नियन्त्रणमा कुनै प्रकारको सम्झौता नगर्न निर्देशन दिएका छन् । बिहिवार केन्द्रीय राजस्व चुहावट नियन्त्रण समितिको बैठकलाई सम्बोधन गर्दै अर्थमन्त्री पौडेलले भने ‘राजस्व चुहावटप्रति सहिष्णु हुन सक्दैनौं । शक्तिका साथ प्रस्तुत हुन्छौ ।’

अर्थमन्त्रालयका उच्च पदस्थ अधिकारीहरु, गृहमन्त्रालयका सचिव महेश्वर न्यौपानेसहितको उपस्थितिमा आयोजित कार्यक्रममा अर्थमन्त्री पौडेलले निर्दोष नपरुन र दोषीले उन्मुक्ति नपाउने गरी काम गर्न निर्देशन दिँदै राजस्व परिचालनमा नकारात्मक असर नपर्ने गरी आवश्यक समन्वयका साथ काम गर्न राजश्व विभागहरु र सुरक्षा निकायलाई आग्रह गरेका छन् ।

कार्यक्रममा अर्थ सचिव शिशिरकुमार ढुंगानाले मन्त्रालय, विभाग र सुरक्षा निकायबीच सूचना आदान प्रदान गर्न आवश्यक भएको धारणा व्यक्त गरे । राजस्व सचिव रामशरण पुडासैनीले चुहावट नियन्त्रणका लागि नीतिगत र प्रणालीगत सुधार गरिरहेको बताए ।

कार्यक्रममा गृहसचिव महेश्वर न्यौपानेले दोषीलाई कानुन अनुसार कारवाही गर्ने बताए ।नेपाल प्रहरीका महानिरीक्षक शैलेश थापाले राजस्व चुहावट नियन्त्रणका लागि आवश्यक सबै सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दै नियमित रुपमा छलफल गरि अघि बढ्ने बताए ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*