ठमेलस्थित मेगा बैंकको एटिएम ह्याक, एक विदेशी पक्राउ

१८ चैत्र २०७७, बुधबार २२:२५

काठमाडौं । मेगा बैंकको ठमेलस्थित एक एटिएम मेशिन ह्याक गरी रकम निकाल्ने प्रयास भएको छ । प्र्रहरीले मेगा बैंकको एटिएम बुथबाट रकम निकाल्दै गरेको अवस्थामा एक चिनियाँ नागरिकलाई पक्राउ गरेको छ ।

महानगरीय प्रहरी परिसर काठमाडौं र दरबारमार्गको टोलीले मंगलबार काठमाडौंको ठमेल नजिकै अवस्थित मेगा बैंकको एटिएम बुथबाट २९ वर्षीय चिनियाँ नागरिकलाई नियन्त्रणमा लिइएको छ । निज विदेशी नागरिकले सो एटिएम मेशिन ह्याक गरी रकम निकाल्ने प्रयास गर्दै गर्दा रंगेहात पक्राउ गरिएको हो ।

ठमेलस्थित एक होटलमा बस्दै आएका ति चिनियाँ नागरिकले सोही स्थानको एटिएम मेशिन ह्याक गरी रकम निकाल्ने प्रयास गर्दै गर्दा प्रहरीलाई सूचना पुगेपछि तत्कालै पक्राउ गरी नियन्त्रणमा लिइएको हो ।

ति व्यक्तिले प्रयोग गरेको कोठाबाट विभिन्न किसिमका १० चाबीको झुप्पा, १० थान एटीएम कार्ड, ड्रिल मेसिन र त्यसमा प्रयोग हुने काटी लगायतका अन्य एटिएम मेशिन ह्याक तथा फुटाउन प्रयोग हुने सामाग्रीहरु बरामद गरिएको प्रहरीले जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*