बीमा अभिकर्ताहरुलाई कस्दै बीमा समिति, उपत्यकाको अभिकर्ता तालिम बीमा समितिभित्र मात्रै हुने !

२९ चैत्र २०७७, आईतवार १७:४४

काठमाडौं । बीमा अभिकर्ताहरुलाई लगातार कस्ने क्रममा रहेको बीमा समितिले आज पुनः अर्को निर्णयमार्फत थप कडाई गरेको छ । बीमा समितिले उपत्यकाभित्र हुने बीमा अभिकर्ताको तालिम बीमा समिति परिसरभित्रै रहेको इन्स्योरेन्स इन्स्टिच्यूटमा मात्रै हुनुपर्ने कडा नियम बनाउने तयारी गरेको छ ।

बीमा समितिको समेत लगानी रहेको इन्स्योरेन्स इन्स्टिच्यूटलाई व्यवसाय दिन यस्तो निर्णय गरिएको हुनसक्ने एक बीमा अभिकर्ताले बीमा पोष्टलाई जानकारी दिए । बीमा समिति स्रोतका अनुसार इन्स्योरेन्स इस्टिच्यूटमा अबदेखि बीमा अभिकर्ताको तालिम सञ्चालन गरिनेछ । दक्ष बीमा जनशक्ति उत्पादन गर्ने लक्ष्य राखेर स्थापना गरिएको सो इन्टिच्यूटमा पछिल्लो समय कोभिडका कारण तालिमहरु घटेको र सोही कारण उपत्यकाभित्रको अभिकर्ता तालिम सोही इन्टिच्यूटमा गर्न लागिएको जनाइएको छ ।

बीमा समितिले अभिकर्तालाई थप कडाई गर्न लागेको विषयमा बीमा अभिकर्ताहरुले भने छलफल गरेर उचित निर्णय लिने जनाएका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*