बीमा संस्थान कर्मचारी संघमा श्रेष्ठको नेतृत्वमा नयाँ कार्यसमिति

३० चैत्र २०७७, सोमबार ११:३७

काठमाडौं । राष्ट्रिय बीमा संस्थानको कर्मचारी संघमा रविन्द्र श्रेष्ठको नेतृत्वमा नयाँ कार्य समिति चयन भएको छ । नेपाल वित्तीय संस्था कर्मचारी संघ, राष्ट्रिय बीमा संस्थानको आठौं केन्द्रीय अधिवेशनले श्रेष्ठको नेतृत्वमा १७ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत निर्वाचित गरेको हो ।

नेपाल वित्तीय संस्था कर्मचारी संघका केन्द्रीय अध्यक्ष नेपाल राष्ट्र बैंकका कर्मचारी पदमराज रेग्मीको प्रमुख अतिथित्वमा लमजुङको घलेगाउँमा चैत्र २७ र २८ गते सम्पन्न भएको अधिवेशनले रविन्द्र श्रेष्ठको अध्यक्षतामा सर्वसम्मत रुपमा नयाँ कार्यसमिति निर्वाचित गरेको हो । कर्मचारी संघको उपाध्यक्षमा अर्जुन पराजुली, महिला उपाध्यक्षमा कमला बस्नेत, महासचिवमा कृष्णप्रसाद प्याकुरेल, उप–महासचिवमा ध्रुव रेग्मी, सचिवमा वासु दाहाल, सह–सचिवमा रमेश उपाध्याय, कोषाध्यक्षमा शोभा पन्थी र सह–कोषाध्यक्षमा पशुपति दंगाल निर्वाचित भएका छन् ।

त्यस्तै, सदस्यहरुमा वालकृष्ण अधिकारी, विमल घिमिरे, रामप्रसाद मिश्र, हमबहादुर सरुमगर, सरिता भट्टराई, दिपेन्द्र प्रसाद गुप्ता, राजकुमार भडेल, नारायण गिरी निर्वाचित भएका छन् ।

सो कर्मचारी संघको केन्द्रीय अधिवेशनमा आयोजित कार्यक्रममा नेपाल वित्तीय संस्था कर्मचारी संघका अध्यक्ष रेग्मीले संघले चाल्नुपर्ने कदमहरु, भावी रणनीति तथा युनियनको भूमिकाबारे प्रष्ट पार्दै सबै कर्मचारीहरुलाई संगठनात्मक हितलाई सर्वोपरी ठानेर सम्पूर्ण कर्मचारीहरुको हकहित, वृतिविकासका लागि काम गर्न आग्रह गरेका छन् । साथै उनले कर्मचारी भएपछिका दायित्व र अधिकार दुवैलाई समान रुपमा सम्झनुपर्ने सुझाव समेत दिएका छन् ।

नेपाल वित्तीय संस्था कर्मचारी संघका केन्द्रीय वरिष्ठ उपाध्यक्ष धर्मराज खनालले नवनियुक्त पदाधिकारीहरुलाई बधाई दिँदै ट्रेड युनियन र श्रम ऐनको विधान भित्र रहेर काम गर्न आह्वान गरेका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*