नयाँ कार्यालयको खोजीमा पुनर्बीमा कम्पनी, त्रिपुरेश्वर–थापाथली–बानेश्वरमा सर्ने

१ बैशाख २०७८, बुधबार १३:५३

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनी हाल रहेको स्थानबाट सर्ने भएको छ । थापाथलीस्थित सेन्ट्रल बिजनेश पार्कबाट नयाँ स्थानमा सर्न कम्पनीले घर बहालमा लिन सूचना जारी गरेको छ ।

आज प्रकाशित सूचना अनुसार अधिकतम आठ हजार स्क्वाएर फिट क्षेत्रफल भएको १५ वटासम्म गाडी र ५० वटासम्म मोटरसाइकल अटाउन सक्ने पार्किङ सुविधा भएको घरलाई प्राथमिकता दिइने जनाइएको छ । हाल थापाथलीमा रहेको कार्यालयको सम्झौता सकिएकोले नयाँ सम्झौताको लागि पुनः सूचना जारी गरेको हो ।

कम्पनीले सकेसम्म छुट्टै घर भाडामा पाएमा प्राथमिकता दिएर सर्ने तयारी भइरहेको सो कम्पनीका एक जना अधिकारीले बीमा पोष्टलाई जानकारी दिए । कम्पनीले सार्वजनिक खरिद नियमावली २०६४ को नियम ४९ बमोजिम सम्झौता गरी नयाँ भवन भाडामा लिने जनाएको छ । कम्पनीले १५ दिनभित्र घरको विवरणसहित आवेदन दिन भनेको छ ।

पुनर्बीमा कम्पनी स्थानान्तरण गर्नको लागि नयाँ बानेश्वर, बबरमहल, माइतीघर, पतुलीसडक, थापाथली, त्रिपुरेश्वर क्षेत्रमा घर खोज्ने कार्य भइरहेको सो कम्पनीले जनाएको छ । सुरक्षा व्यवस्था, पानी, पार्किङलाई प्राथमिकतामा राखेर कार्यालयको लागि घर खोज्ने काम भइरहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*