काठमाडौंसहितका दर्जनबढि जिल्लामा शक्तिशाली हुरीबतास्, लाखौं रुपैयाँ बीमा दावी पर्ने

३ बैशाख २०७८, शुक्रबार ०६:३४

काठमाडौं । हिजो साँझदेखि मध्यरातिसम्म राजधानी काठमाडौंसहितका दर्जनबढि जिल्लाहरुमा शक्तिशाली हुरीबतासले बितण्डा मच्चाएको छ । हिजो साँझ पाँच बजेदेखि गण्डकीबाट सुरु भएको हुरीबतास्, राजधनी काठमाडौंसहित पूर्व क्षेत्रका जिल्लाहरुमा मध्यरातिसम्म चलेको थियो ।

हिजोको हुरीबतासबाट लाखौं रुपैयाँको भौतिक सम्पत्तिमा क्षति पुगेको प्रहरीले जनाएको छ । कैयौं स्थानमा घर तथा टहराहरमा क्षति पुगेको छ । सडकमा गुडिरहेका सवारी साधन तथा घरका झ्यालका सिसाहरु फुटेपछि राजधानीमा काठमाडौं उपत्यकाको ललितपुर र भक्तपुरसहितका जिल्लाहरु प्रभावित भएको प्रहरीले जनाएको छ ।

हिजोको आँधीसहितको हुरीमा लाखौंको धनमालको क्षति भएपनि एकिन विवरण प्राप्त हुने क्रममा रहेको प्रहरीले जनाएकोछ । घटनामा लाखौं रुपैयाँका घर तथा भवनमा पुगेको क्षति तथा सवारी साधनमा पुगेको क्षतिको बीमा दावी पर्ने अनुमान गरिएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*