बीमा समितिद्वारा नयाँ पुनर्बीमा कम्पनी दर्ताको लागि प्रस्ताव आह्वान, शंकाको घेरामा नयाँ कम्पनी दर्ता प्रक्रिया

१६ बैशाख २०७८, बिहीबार ११:०५

काठमाडौं । बीमा समितिको नयाँ अध्यक्षको नियुक्ती नेपाली बीमा कम्पनीहरुका लागि सधैं घातक, चलखेल हुने गर्दछ । यस पटक पनि पूर्व सचिव सूर्य प्रसाद सिलवाल नयाँ अध्यक्ष भएर आएपछि पुनः नयाँ कम्पनी दर्ता गर्ने प्रक्रिया सुरु गरेका छन् । यसअघिका अध्यक्ष चिरञ्जीवी चापागाईले डेढ दर्जन नयाँ बीमा कम्पनी दर्ता गर्दा करोडौं रुपैयाँ घुस खाएको आरोपमा अख्तियारमा परेको मुद्दाको छानविन नहुँदै नयाँ आएका अध्यक्ष सिलवालले पनि नयाँ कम्पनी दर्ताको लागि टेण्डर खुल्ला गरेका छन् ।

बीमा समितिका अध्यक्षका रुपमा पदभार ग्रहण गरेपछि पहिलो नीतिगत कामको रुपमा पुनर्बीमा कम्पनी दर्ता गर्न लागेको सिलवालको नयाँ पुनर्बीमा कम्पनी दर्ता सम्बन्धी कार्य शंकाको घेरामा परेको छ । अनेकन आशंका, शेयर माफियाहरुको चर्को चलखेलका बीचमा अन्ततः नयाँ पुनर्बीमा कम्पनीको दर्ता खुल्ला गरिएको हो । स्रोतका अनुसार अर्थमन्त्री विष्णु पौडेलको हतारोको कारण पनि अध्यक्ष सिलवालले जतिसक्दो छिटो पुनर्बीमा कम्पनी दर्ता गर्ने अभियानमा रहेको बताइन्छ । अर्थमन्त्री पौडेलले वर्तमान अध्यक्ष सिलवाललाई एउटा पुनर्बीमा कम्पनी दर्ता गर्ने शर्तमा अध्यक्ष पदमा नियुक्त गरिएको चर्चा यसअघि नै सिंहदरवारभित्र चलेको थियो ।

बीमा समितिले आज सार्वजनिक सूचनामार्फत नयाँ पुनर्बीमा कम्पनी दर्ताको लागि प्रस्ताव आह्वान गरिएको हो । आज प्रकाशित सूचना अनुसार उत्कृष्ट विस्तृत कार्ययोजना पेश गर्ने जम्मा एउटा कम्पनीलाई पुनर्बीमाको अनुमति दिइनेछ ।

बीमा समितिले जारी गरेको सूचना अनुसार नेपाल पुनर्बीमा कम्पनीको शेयरसँग क्रसहोल्डिङ नभएको हुनुपर्ने पूर्व शर्त राखिएको छ । पुनर्बीमा व्यवसायलाई प्रतिस्पर्धी बनाई सेवा विस्तारको लागि भन्दै माग गरिएको प्रस्तावमा पुनर्बीमा कम्पनीको कूल चुक्ता पुँजि १० अर्ब हुनुपर्ने प्रस्ताव अघि सारिएको छ ।\

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*